लकडाउनमा केराले पाएन बजार

 न्यूज विराट
लकडाउनमा केराले पाएन बजार

जनकपुरधाम, ७ जेठ-नवलपरासी (पश्चिम सुस्ता पश्चिम) जिल्लामा उत्पादित केराले बजार नपाएपछि किसान चिन्तित भएका छन् । बन्दाबन्दीका कारण काठमाडौं पोखरा र पहाडी क्षेत्रलगायत ठूलाठूला बजारसम्म वजारीकरणका लागि केरा पुर्‍याउन निकै समस्या भएको  छ।

नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाको दक्षिणी भेग विशेष गरी  केरा खेतीका लागि उपयुक्त मानिन्छ । बन्दाबन्दीमा नेपाल सरकारले कृषि उपजलाई सहजै वजारीकरणका व्यवस्था भएको जनाए पनि वजारीकरणमा समस्या देखिएको केरा उत्पादक संघका जिल्ला अध्यक्ष लख्खु यादव बताउँछन् ।

स्थानीय बजारमा सामान्य मात्रामा केरा बिक्री हुँदै आए पनि ठूला शहर बजारसम्म केरा पुग्न नसकेको प्रतापपुर–५ कठहवामा २० बिघा क्षेत्रफलमा केरा खेती गर्दै आएका किसान मोतीलाल कोइरीको भनाइ छ । ऋण लिएर खेती गर्दै आएका किसानलाई केरा बिक्री नहुँदा झन् ठूलो समस्या हुँदै आएको प्रतापपुर–६ का किसान  इन्द्राज पासीको भनाइ छ ।

खेतमा तयार भएको केराले बजार पाएको छैन । भारतीय बजारबाट सहजै रुपमा केरा भित्रिने गरे तर नेपाली उत्पादनले बजारीकरण गर्न नपाउँदा समस्या भएको प्रतापपुर–५ कठहवामा किसान चन्द्रिका कोहार बताउँछन् ।

कृषि ज्ञान केन्द्र नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) कार्यालयका अनुसार  जिल्लामा ३ सय हेक्टर क्षेत्रफलमा वार्षिक ४ हजार २०९ मेट्रिक टन केरा उत्पादन  हुँदै आएको छ । यहाँका किसानको आम्दानीको दरिलो स्रोत केरा खेती मानिएको छ । किसानले ५० देखि ६० रुपैयाँसम्ममा १ दर्जन काँचो केरा बेच्छन् । रासस  

सम्बन्धित समाचार

विराटनगरबाट बरामद गरिएको चाँदी र सुनको परिणाम पत्ता लगाउन राष्ट्र बैंक पठाइयो

विराटनगर । विराटनगरबाट संयुक्त अनुगमन टोलीले बरामद गरेको अवैध चाँदी र सुन एक क्वीन्टलभन्दा धेरै रहेको पुष्टि भएको छ । विराटनगर महानगरपालिका–११ पिचरामा भारतीय नागरिकले सञ्चालन गरेको पशुपति ज्वेलर्स सुन–चाँदी पसलमा सरकारी टोलीले छापा हानेर...

‘बरगाछी’ पत्रिकाको १६ औं अंक विमोचन

विराटनगर, ११ माघ । गुराँस पुस्तकालय विराटनगरद्वारा प्रकाशित बरगाछी पत्रिकाको १६ औं अंकको आज विमोचन गरिएको छ । प्रजातन्त्रका कमाण्डर मुक्तिप्रसाद–यदुनाथ चापागाईं विशेषाङ्कका रुपमा प्रकाशित १६ औं अंकको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र...

पाल्पाको खुर्सानेमा दुर्घटना, ६ जनाको मृत्यु

रुपन्देही । पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं ८ खुर्सानेमा भएको सवारी दुर्घटनमा ६ जनाको ज्यान गएको छ । रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुर्साने जाँदै गरेको यात्रुबहाक बस खुसार्ने पुग्नै लाग्दा राति साढे ९ बजे...

विराटनगर महानगरद्वारा तीजको अवसरमा शुभकामना आदानप्रदान

विराटनगर, १२ भदौ । विराटनगर महानगरपालिकाले नेपाली महिलाहरुको चाड हरितालिका तीज पर्वका अवसरमा शुभकामना आदानप्रदान आयोजना गरेको छ । महानगरको सभाहलमा आइतबार आयोजित कार्यक्रममा महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा २५५ संक्रमित थपिए, २८७ डिस्चार्ज

विराटनगर, १७ असोज—प्रदेश १ म पछिल्लो २४ घण्टामा २ सय ५५ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । सुनसरीमा १२२, मोरङमा १०२, झापामा ६, उदयपुरमा ५, खोटाङमा...

करका दर घटाउने सकारको निर्णय

काठमाडौं, १५ असोज-सकारले करका दर घटाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्का निर्णयहरू सुनाउँदै सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले आर्थिक ऐन २०७७ को दफा १८ को उपदफ १ बमोजिम करका दर घटाउने निर्णय भएको बताए...

इटलीका प्रधानमन्त्री कोन्टेद्वारा राजिनामा, राष्ट्रपति मातारेलाद्वारा स्वीकृत

रोम, १३ माघ (रासस/सिन्ह्वा)-इटलीका प्रधानमन्त्री जुसेप कोन्टेले मङ्गलबार राष्ट्रपति सर्जियो मातारेलालाई भेटी सरकार प्रमुखबाट राजिनामा दिने जानकारी गराउनुभएको छ । सरकारद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्री कोन्टेले राजिनामा दिने इच्छा राष्ट्रपतिसँग प्रकट गर्नुभएको छ...

स्रोत नखुलेको ३८ लाख रकमसहित एक युवक पक्राउ

जनकपुर, २२ पुस । धनुषामा स्रोत नखुलेको ३८ लाख ३५ हजारसहित बुधबार एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोडाका २३ वर्षीय अमितकुमार यादव रहेका छन् । भारतबाट नेपाल आउँदै गरेको अवस्थामा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्