विराटनगर, जेठ ७–सामाजिक सञ्जालमा मुस्लिम समुदाय विरुद्ध अपमान जनक टिका टिप्पणी गर्ने माथि कारवाही गर्न मुस्लिम संगठन नेपालले सरकारसँग माग गरेको छ ।
केही समययता सामाजिक सञ्जालमा सिंगो मुल्लिम समुदायका विरुद्धमा भ्रम छर्दै धर्म विषेशलाई लक्षित गरि सामाजिक सदभाव खलबल्याउने प्रयास भइरहेको भन्दै त्यस्ता व्यक्ति र संस्था माथि कारवाहीको माग गरेको हो ।
संगठनका संयोजक सेराज अहमद फारुकी र सह–संयोजक अतहर हुसैनले बुधबार एक विज्ञप्ती प्रकाशित गर्दै सद्भाव विथोल्न खोज्नेलाई कारवाही गर्न माग गरेका हुन् ।
विज्ञप्ती मार्फत उनीहरुले. कोरोना संक्रमणसँग जोडर धर्मका नाममा झुटो एवम भ्रामक भिडियो बनाई सामाजिक सञ्चालमा गलत प्रचार गर्नेलाई कारवाहीको माग गरेका छन् । संगठनले कुनै व्यक्तिका कमि कमजोरीलाई लिएर सिंगो मुृस्लिम समुदायप्रती नकारात्मक टिका टिप्पणी गर्नेलाई समेत छानबिन गरि कारवाही गर्न माग गरेको हो ।
हेर्नुहोस विज्ञप्ती