काठमाडौं, जेठ ४-प्रहरीले सांसद डा. सुरेन्द्र यादव अपहरण घटनाको अनुसन्धान पूरा गरेको छ । पूर्वआईजीपी सर्वेन्द्र खनाल, सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ ‘किसान’ संलग्न अपहरण मुद्दाको अनुसन्धान पूरा भएको काठमाडौं प्रहरीले जानकारी गराएको हाे ।
प्रहरीका अनुसार अपहरण गरिएको भनिएको सो घटनाको अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयमा कागजात पेस गरिएको छ ।
प्रहरीले घटनावारे जाहेरी लिन नमानेपछि यादवले सरकारी वकिलकाे कार्यालयमार्फत जाहेरी दर्ता गराएका थिए । अपहरण अभियोग लागेका ३ जनाले गत १० वैशाखमा यादवलाई महोत्तरीबाट काठमाडौं ल्याएर एक होटलमा राखेको यादवको दाबी छ ।