काठमाडौं, ४ जेठ-आज बिहान कोरोना संक्रमण पुष्टि भएका रौतहटका १० मध्ये ७ जना एकै वडाका बासिन्दा रहेको खुलेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा पुष्टि भएकामध्ये ७ जना रौतहटको राजपुर नगरपालिका फरहदवा–९ का बासिन्दा रहेको खुलेको हो । उनीहरू १८, ३२, ३६, ३९, ३९, ४२ र ४८ वर्षीय पुरुष रहेका छन् ।
त्यस्तै, आज नै रौतहटको रौतहटको इशनाथ नगरपालिका-३ र ५ निवासी २८, ३० र ३३ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या २ सय ९१ पुगेको छ । तिमध्ये ३६ जना स्वस्थ भएर घर फकिँदा १ संक्रमितको मृत्यु भएको छ ।