काठमाडौं, ३ जेठ-नेपाल पत्रकार महासंघ पर्साका सभापति श्याम बन्जाराको परिवारका सदस्यको कोरोना भाइरस (कोभिड-१९) रिपोर्ट नेगेटिभ आएको छ । उनले सामाजिक संजाल फेसबुकमार्फत् आफ्ना परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएइका हुन् ।
उनले आफ्नो सम्पर्कमा आएका सहकर्मीको पनि रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका छन् । उनले एउटा युद्ध जितिएको र बाँकी रहेको युद्ध पनि जितिने पनि विश्वास व्यक्त गरेका छन् । ‘मेरो सम्पर्कमा रहेका सबै पत्रकार घर परिवारको रिपोर्ट नेगेटिभ आएको छ, एउटा युद्ध जतियो अर्को बाँकी छ जितिन्छ’ उनले सामाजिक संजालमा लेखेका छन् ।
प्रदेश-२ मा मात्रै ३ जना पत्रकार कोरोना संक्रमित रहेका छन् । संक्रमित हुनेमा जनकपुरधामका पत्रकार वीरेन्द्र रमण, बन्जारा र अनलाइन खबरका पर्सा समाचारदाता सुरेश बिडारी रहेका छन् । वीरेन्द्रलाई प्रादेशिक अस्पताल जनकपुरधाम तथा बन्जारा र बिडारीलाई नारायणी अस्पताल वीरगञ्जमा राखिएको छ ।