काठमाडौं, २ जेठ-राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले २ वर्षको अवधिमा उत्साहावर्धक उपलब्धि हासिल गरेको दाबी गरेकी छन् ।
‘सरकार २ वर्षको छोटो अवधिकामा उत्सहावर्दध उपलब्धि हाँसिल गर्न सफल भएको छ’ उनले भनिन् ‘यसअवधिमा भएका सामाजिक विकास १४ भन्दा बढी विश्व सूचक एवं सूचांकहरूमा नेपालले हासिल गरेको प्रगति नीतिगत प्रभावकारीको परिणाम हो।’
सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले सामाजिक विकास र भौतिक प्रगति तीव्र गरेको बताएकी छन् । उनले विश्वव्यापरी १४ भन्दा बढी सूचकमा सरकारले सुधार गरेको दाबी गरेकी छन् । सरकार समृद्ध नेपालको अभियानअन्तर्गत अघि बढेको दाबी गरेकी छन् । देशमा स्थायित्व छाएको उनले बताएकी छन् । संविधान पूर्ण कार्यान्वयन भएको दाबी राष्ट्रपतिको छ ।