काठमाडौं, २ जेठ-बाँकेमा एकै दिन ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेको नैनापुर गाउँपालिका-१, ३ र ५ वडाका १८, २०, २२, २५, २५, २७, ३२ र ३६ वर्षीय युवकमा कोरोना पुष्टि भएको हो । यो;सहित बाँकेमा कुल कोरोना संक्रमितको संख्या ३३ पुगेको छ ।
त्यस्तै, आज नै पहिलाे पटक मकवानपुरका व्यक्तिमा पनि कोरोना संक्रमण भेटिएकाे छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा मकवानपुरका ३७ वर्षीय पुरुषमा कोरोना देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनको विस्तृत ठेगाना खुलाएको छैन । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार आज थपिएका ९ जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको छ ।