घूस माग्ने विद्युत् प्राधिकरणका सुपरभाइजरविरुद्ध मुद्दा

 न्यूज विराट
घूस माग्ने विद्युत् प्राधिकरणका सुपरभाइजरविरुद्ध मुद्दा

काठमाडौं, १ जेठ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण रत्नपार्क वितरण केन्द्रका इलेक्ट्रिकल सुपरभाइजर कैलाशप्रसाद दाहालविरुद्ध मुद्दा दायार गरेको छ । अख्तियारले बिहीबार विशेष अदालतमा उनीविरुद्धको मुद्दा दायार गरेको हो ।

रत्नपार्क वितरण केन्द्रका इलेक्ट्रिकल सुपरभाइजर दाहालले नयाँ क्षमता वृद्धिको मिटर जडानका लागि नियमानुसार राजस्व तिरी प्रक्रिया अगाडि बढाउँदा झन्झटिलो हुन्छ भनी काममा आलटाल गरेको गुनासो अख्तियारमा परेका आधारमा अख्तियराको टोलीले घूससहित नियन्त्रणमा लिएको छ । अख्तियारका अनुसार दाहाललाई सेवाग्राहीसँग २० हजार घूस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको बताएकाे छ।

दाहालले सेवाग्राहीको काम छिट्टो गरिदिने प्रयोजनका लागि २० हजार  रूपैयाँ घूस लिएको स-प्रमाण पुष्टि भएको भन्दै अख्तियारले २० हजार बिगो दाबीसहित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को बमोजिमको कारबाहीको माग गरेको छ  । अनुसन्धानका क्रममा उनलाई ४० हजार धरौटी लिई तारेखमा राखेकोमा अख्तियारले कसुरको अनुसन्धानसम्बन्धी नियमावलीबमोजिम बिहीबार मुद्दा दायार गरेको छ ।

सम्बन्धित समाचार

१०३ घर परिवारलाई एउटै मात्र धारो !

गलेश्वर,२८ असोज-देशैभर ‘एक घर एक धारो’ कार्यक्रमले व्यापकता पाइरहेको समयमा म्याग्दीको पुरण्य गाउँ वासीका लागि एउटा मात्रै धारोले काम चलाउनु पर्ने बाध्यता छ ।जिल्लाको बेनी नगरपालिका वडा नं ५ स्थित सो गाउँमा १०३ दलित परिवारको...

औषधिको दुरुपयोग ‘भयावह’, कोशी प्रदेशमा १६ महिनामा ६३ वटा मुद्दा दायर

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ विराटचोकमा रहेको एरिका मेडिकल हलका सञ्चालक मनोज खत्री औषधिको दुरुपयोग गरेको आरोपमा केही महिनाअगाडि पक्राउ परे । औषधि व्यवस्था विभाग (डिडिए) विराटनगर र इलाका प्रहरी कार्यालय बेलबारीले गरेको अनुगमनको क्रममा...

लक्षण नभएकालाई अस्पताल भर्ना नगरिने

काठमाडौं, ५ भदौ-अब लक्षण नभएका बिरामीलाई होम आइसोलेसनमै राखिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए । सरकारले लक्षण नभएका र सामान्य लक्षण नभएका व्यक्ति...

अपाङ्गता अधिकार सुनिश्चित गर्न कोशी प्रदेशमा कार्यशाला सम्पन्न

विराटनगर । स्थानीय शासन प्रणालीमा अपाङ्गता समावेशीकरण परियोजना सम्बन्धी योजना निर्माण कार्यशाला आइतबार विराटनगरमा सम्पन्न भएको छ। राष्ट्रिय अपाङ्ग महासंघको आयोजनामा भएको यस कार्यक्रममा कोशी प्रदेशका विभिन्न अपाङ्गता क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो।कार्यक्रममा राष्ट्रिय...

तेस्रो प्रयासमा गणेश उप्रेती प्रदेश संसद बन्न सफल

विराटनगर । मोरङको क्षेत्र नंः २(१) बाट नेकपा माओवादी केन्द्र प्रदेश १ का सचिव गणेश उप्रेती प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । उप्रेतीले १५ हजार ३३ मतले विजय भएका हुन् । उनका प्रतिस्पर्धि एमालेका...

जगदम्बा समूहका कार्यकारी निर्देशकको घर र कार्यालयमा प्रहरीको छापा

जगदम्बा समूहका कार्यकारी निर्देशक सुलभ अग्रवालको घरमा प्रहरीले छापा हानेको छ । मंगलबार बिहान ज्वरो नाप्ने थर्मल गनमा कालाे बजारी गरेकाे आराेपमा पक्राउ परेका अग्रवालको घरमा प्रहरीले दिउँसो छापा होनेको हो । महानगरीय प्रहरी अपराध...

सुर्य चिन्ह प्रधानमन्त्री ओलीलाई

काठमाडौं, फागुन २३-तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विवादको मुख्य केन्द्रविन्दु रहेको सुर्य चिन्ह अन्तत केपी शर्मा ओलीले प्राप्त गर्नुभएको छ । सर्वोच्च अदालतले नेकपा नामको पार्टी ऋषि कट्टेललाई प्रदान गर्दै तत्कालीन नेकपा एमाले र नेकपा...

विमानस्थलबाट नेपालीसहित ६०० यात्रु बोकेर उडे कतारका २ विमान

शनिबार १० बजे र ११ बजे काठमाडौंमा ल्याण्ड गरेका कतार एयरका दुई बिमानले केही नेपाली सहित ६ सय ६ जना यात्रु बोकेर बाहिरिएका छन् । ३ सय ५ सिटे क्षेमताका दुबै जहाजर फूल प्यासेन्जर बोकेर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्