वैज्ञानिकले पत्ता लगाए पृथ्वीजस्तै अर्काे ग्रह

 न्यूज विराट
वैज्ञानिकले पत्ता लगाए पृथ्वीजस्तै अर्काे ग्रह

एजेन्सी, जेठ १-न्युजिल्यान्डका वैज्ञानिकहरूले अद्भूत खोज गर्दै पृथ्वीबाट २५ हजार प्रकाश वर्ष टाढा पृथ्वीजस्तै ग्रह पत्ता लागेको बताएका छन् । ग्रह पत्ता लगाएको बताए पनि वैज्ञानिकहरूले हालसम्म कुनै नाम राखेका छैनन् । तर, यो पत्ता लगाउने माइक्रोलेन्सिङको नाम ओजीएलई–बीएलजी–०६७७ हो ।

वैज्ञानिकले सूर्यको १० भागको एक भागबराबरको एक ताराको यस ग्रहले चक्कर लगाइरहेको बताएका छन् । न्युजिल्यान्डको केन्टरबरी विश्वविद्यालयका वैज्ञानिकले यस्तो अद्भूत खोज १० लाखमा एक पटक हेर्न पाइने दाबी गरेका छन् ।

खगोलविद्हरूले सौर्य प्रणालीभन्दा बाहिर हालसम्म यस्ता ४ हजार ग्रह भेटिएको  बताएका छन् । यिनीहरूमध्ये एकतिहाइ मात्रै ग्रहमा चट्टान पाइएको छ । जसमध्ये केही ग्रहको कक्ष मात्रै पृथ्वीको जस्तो रहेको छ ।

अनौठो ग्रहको खोजी गर्ने वैज्ञानिकले यो ग्रहले परिक्रमा गरिरहेको तारा धेरै सानो रहेको र यसबारेमा कुनै थप जानकारी प्राप्त हुन नसकेको बताएका छन् ।

न्युजिल्यान्डको केन्टबरी विश्वविद्यालयमा अनुसन्धान गर्ने प्रमुख वैज्ञानिक हेरेरा मार्टिनले नयाँ ग्रहको आकार, कक्ष र अवस्थितिको खोज निकै महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार

सोती घटनामा जनप्रतिनिधिकै संलग्नता 

काठमाडौं, १ असार-रुकुम चौरजहारीको सोती घटनामा स्थानीय जनप्रतिनिधिकै संलग्नता रहेको खुलेको छ । १० जेठमा रुकुम पश्चिमको चौरजहारी गनरपालिका–८ को भेरी नदीमा ६ जनाको ज्यान जाने गरी भएको हत्या प्रकरणमा स्थानीय जनप्रतिनिधिकै संलग्नता रहेको खुलेको...

सरस्वती स्कुलको अध्यक्षमा खगेन्द्र बराइलीलाई दोर्‍याउन अभिभावको माग

कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका – ६ मुलागाउँमा रहेको श्री सरस्वती आधरभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा खगेन्द्र बराइलीलाई पुन : दोर्‍याउन अभिभावकहरुले माग गरेका छन् । तीन वर्षको एक कार्यकाल अध्यक्ष भएर विद्यालय सुधारको लागि...

६८ औँ प्रहरी दिवशको अवसरमा मोरङ ट्राफिकको विराटनगरमा सचेतना

विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले ६८ औँ प्रहरी दिवशको अवसरमा ट्राफिक सचेतना मुलक प्रभातफेरी निकालेको छ । विराटनगरमा आइतबार विहान ट्राफिक सचेतनामुलक प्रभातफेरी निकालेको हो । विराटनगरको बसपार्कबाट निस्किएको ¥यालीले नगरको विभिन्न भाग...

पूर्वप्रधानमन्त्री खनालले गरे इलाम अस्पताललाई पीपीइ सहयोग 

 इलाम, ९ असोज-पूर्वप्रधानमन्त्री एवं  इलाम क्षेत्र नम्वर १ का सङ्घीय सांसद झलनाथ खनालले इलाम अस्पताललाई पीपीइ वितरण गरेका छन् । आफ्नो गृह जिल्लाको एकमात्र सरकारी अस्पतालमाका स्वास्थ्यकर्मीलाई सुरक्षित भएर काम गर्ने वातावरण बनोस् भनेर सहयोग...

उदयपुरमा चट्याङ लागेर वृद्धको मृत्यु

उदयपुर, २ जेठ-उदयपुरमा चट्याङ लागेर १ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा उदयपुरको कटारी नगरपालिका–३ राजावासका ६१ वर्षीय लिबहादुर सुनुवार रहेका छन् । बिहीबार दिउँसो जंगलमा गाईवस्तु चराउन गएका सुनुवार साँझपख घर फर्कने क्रममा...

कोरोनाविरुद्ध खोपको आशा, युरोपले ४० करोड डोज पाउने

एजेन्सी, जेठ ३२-कोरोना भाइरसको खोप बन्ने कार्य पूर्ण नहुँदै युरोपका लागि इन्क्लुसिभ भ्याक्सिन अलायन्सले औषधि निर्माता कम्पनी अस्त्राजेनेकासँग सम्झौता गरेको छ । यो सम्झौताअनुसार खोप बनेपछि युरोपले ४० करोड डोज प्राप्त गर्ने जर्मन सरकारले जानकारी...

साह कांग्रेस प्रदेशको आमन्त्रित सदस्यमा मनोनित

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशको आमन्त्रित प्रदेश सदस्यमा अमरेन्द्र कुमार साह मनोनीत भएका छन् । मोरङको सुनवर्षी निवासी साह संग मोरङको निर्वाचन क्षेत्रनम्बर २ का उम्मेदवार सुजाता कोईरलाले निर्वाचनको बेला गरेको सहमति अनुसार साहलाई...

नाट्यकला परिषदमा डोमी कामत

विराटरनगर । स्थानीय स्तरमा सवै भाषा भाषिका कविहरु बिच आपसी भाईचारको माध्यमले कला संस्कृतिलाई जर्गेना गर्ने विराट मैथिल नाट्य कला परिषदको अध्यक्षमा डोमी कामत चयन भएका छन् ।पूर्व निर्धारित कार्यक्रम मासिक काब्य गोष्ठीको अवसरमा आयोजना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्