भारतकै ३ नक्सामा कालीको मुहान लिम्पियाधुरा

 न्यूज विराट
भारतकै ३ नक्सामा कालीको मुहान लिम्पियाधुरा

काठमाडौं, १ जेठ-नेपालको भूमि अतिक्रमण गर्दै भारतले चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको कैलाश, मानसरोवरसम्म जाने गरी निर्माण गरेको सडक वैशाख २६ गते उद्घाटन गरेपछि लामो समयदेखिको नेपाल–भारत सीमा विवाद पुनः चर्किएको छ ।

सन् २०१५ मे १४/१६ मा भएको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणताका भारत र चीनबीच नेपालको लिपुलेक हुँदै उक्त सडक निर्माण गर्ने सम्झौता भएको थियो । नेपाली भूमि हुँदै निर्माण गर्ने भनिएको उक्त सम्झौताबारे नेपालसँग सोधखोज पनि गरिएको थिएन । त्यसबारे नेपाल सरकारले दुवै देशलाई कूटनीतिक पत्र पठाएर उक्त कार्यको त्यसबेला नै विरोध जनाएको थियो । उक्त विरोधको बेवास्ता गर्दै सडक निर्माण भने रोकिएन ।

सडक उद्घाटन भएपछि नेपाल सरकारले कडा विरोध जनायो तर भारतले भने वार्ताका लागि बस्ने भन्दै सडक भारतीय भूमिमा नै निर्माण भएको दाबी गर्‍यो । त्यही विषयलाई लिएर परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वैशाख २९ गते नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रालाई परराष्ट्र मन्त्रालयमा बोलाएर नेपालको कूटनीतिक विरोध पत्र पनि भारत सरकारलाई दिए । संसद् र सडकमा पनि भारतीय कदमको विरोध भएका छन् ।

सन् १८१६ मा नेपाल र ब्रिटिस इन्डिया

(तत्कालीन भारतका शासक) बीच भएको सुगौली सन्धि अनुसार नेपालको पश्चिमी सीमा काली नदीले निर्धारण गर्दछ । सन् १९९६ फेब्रुअरी १२ मा नेपाल र भारतबीच भएको महाकाली सन्धिले पनि महाकाली नदीलाई सीमा र साझा नदी मानेको छ । महाकाली पहिले काली भनेर चिनिएको नदीको नै पछिल्लो नाम हो । लिम्पियाधुराबाट कुटी हुँदै बग्ने सिरानमा यसलाई कुटियाङ्दी पनि भनेर चिनिन्छ ।

सन्धिहरूले सीमा नदी माने पनि त्यसपछिका नक्साहरूमा तत्कालीन बेलायत शासक र हालको भारत सरकार काली नदीको मुहानबारे नै कि त स्पष्ट नभएको कि आन्तरिक र बाह्य प्रयोजनका लागि बेग्लाबेग्लै रणनीतिमा रहेको पाइएको छ ।

लिम्पियाधुराबाट निकै नै पूर्वमा रहेको कालापानी आसपासको सानो खोल्सी नै कालीको मुहान हो भन्दै भारतले त्यस क्षेत्रमा आफ्नो गतिविधि गर्ने गरेको छ । त्यस्तै नेपालसँग तर्क गर्दा र चीनसँग सम्झौता गर्दासमेत त्यही खोल्सीलाई काली भन्दै आएको छ तर भारतकै केही नक्साहरूमा उक्त खोल्सी काली नभएको पाइन्छ । तीमध्ये यहाँ तीनवटा नक्सा प्रस्तुत गरिएको छ ।  गोरखापत्र दैनिकबाट

सम्बन्धित समाचार

बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु

काठमाडौं, २४ वैशाख-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा सुरु भएको छ । नेकपामा पछिल्लो समयमा विवाद बढेको छ । विवादका कारण नेकपाले २५ वैशाखमा स्थायी कमिटीको बैठक बोलाएको छ...

प्रचण्डको दबाबपछि संवैधानिक परिषद्को बैठक स्थगित

साँझ ५ बजेका लागि डाकिएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । अध्यादेश फिर्ता नगरिएसम्म प्रमुख दलका नेता शेरबहादुर देउवा बैठकमा नजाने अडान लिएपछि आजको बैठक स्थगित भएको हो । पार्टीको निर्णयविपरीत प्रधानमन्त्री केपी शर्मा ओलीले...

ससुराको हत्या आरोपमा ज्वाईँ पक्राउ

विराटनगर । ससुराको हत्या आरोपमा ज्वाइँ पक्राउ परेका छन् । मोरङको पथरीशनिश्चरे नगरपालिका–७ स्थित मायालु चोकका ६० वर्षीय चन्द्रबहादुर तामाङको हत्या आरोपमा २७ वर्षीय रविन राई पक्राउ गरेका हुन् ।प्रहरीले उनलाई धनकुटाको मूलघाटबाट आइतबार बिहान...

माधवलाई शंकरको जवाफ- पार्टी एकताको सहमति भए भ्याकेटको औचित्य रहँदैन

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टी एकतामा सहमति भए भ्याकेटको औचित्य नरहने बताएका छन् । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओली पक्षले भ्याकेटमा जाने निर्णय गरेर पार्टी एकता भंग गर्न खोजेको आरोप लगाएलगत्तै...

नवराज विक हत्या प्रकरण : वडाअध्यक्षसहित २४ जनालाई जन्मकैद

विराटनगर । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८, सोती गाउँमा गैरदलित प्रेमिका भगाउन खोज्दा नवराज विकसहित ६ जनाको हत्या भएको मुद्दाको फैसला आएको छ। जिल्ला अदालत रुकुमका न्यायाधीश खड्गबहादुर केसीको इजलासले एकजना वडाअध्यक्षसहित २४ जनालाई जन्मकैदको सजाय सुनाएको...

विश्वासको मत पाउँछु : मुख्यमन्त्री थापा

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाउने दाबी गरेका छन् । प्रदेशसभाको बैठक पछि शुक्रवार सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । ‘विश्वासको मत प्राप्त गर्नका लागि गठबन्धनसँग ४७ सङ्ख्या छ...

अपाङ्गता भएका व्यक्तिको क्षमता विकासमा लाग्छौँ ः मन्त्री यादव

विराटनगर, १७ मंसिर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले अपाङ्गता भएका व्यक्तिको क्षमता विकासमा प्रदेश सरकार लाग्ने बताएका छन् । अपाङ्गता भएका व्यक्तिहरुको ३० औं अन्र्तराष्ट्रिय दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा मन्त्री...

कोरोना संक्रमित बालिकाको सम्पर्कमा रहेका १ सय १ जनाको स्वाब संकलन

धनगढी, ३१ वैशाख-बर्दियाकी कोरोना भाइरस संक्रमित बालिकाको सम्पर्कमा रहेका कैलालीका १ सय १ जनाको स्वाब संकलन गरिएको छ ।बर्दियाको राजापुर नगरपालिका-५ की ११ बर्षिया बालिकामा कोरोना पुष्टि भएपछि उनको सम्पर्कमा आएकाहरूको मंगलबार स्वाब परीक्षण गरिएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्