११३ वर्षीया मारियाले जितिन कोरोना

 न्यूज विराट
११३ वर्षीया मारियाले जितिन कोरोना

एजेन्सी, बैशाख ३१-स्पेनकै सबैभन्दा वृद्ध ठानिएकी एक ११३ वर्षीया वृद्धा कोरोना भाइरसमुक्त भएकी छन् । अवकाश जीवन बिताउने केएर होममा बस्दै आएका अरु धेरै जना वृद्धवृद्धाको मृत्यु भए पनि ११३ वर्षीया वृद्धाले कोरोना भाइरसलाई परास्त गर्न सफल भएकी हुन् ।

अमेरिकामा जन्मिएकी मारिया ब्रानयासलाई गत अप्रिलमा कोरोना संक्रमण भएको थियो । उनी विगत २० वर्षदेखि स्पेनको पूर्वी शहर ओलोटको सान्टा मारिया डेल टुरा केएर होममा बस्दै आएकी थिइन् । उनमा श्वासप्रश्वासको समस्या देखिएको थियो ।

केएर होमकी प्रवक्ताले मारिया बाँच्न सफल भएको र अहिले स्वास्थ्य अवस्था निकै राम्रो रहेको बताएकी छन् । उनले भनिन्, ‘मारियाको गत साता स्वास्थ्य परीक्षण गरिएको थियो र उहाँको नतिजा नेगेटिभ देखिएको थियो ।’

तीन बालबच्चाकी आमा ब्रानयासलाई केही साता उनकै कोठामा आइसोलेसन (एकान्तबास) मा राखिएको थियो । उनको हेरचाहका लागि एक जना कर्मचारीलाई व्यक्तिगत सुरक्षा सामग्री लगाएर खटाइएको थियो । क्याटालान टेलिभिजन टिभी३ ले शताब्दी वृद्धाको समाचार कथा प्रशारण गरेको छ ।

सम्बन्धित समाचार

ट्रम्प प्रशासनका पूर्वअधिकारीले भने,–अमेरिका आधुनिक इतिहासकै भयावह अवस्थामा छ

एजेन्सी, जेठ २-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा काम गरेका पूर्व स्वास्थ्य अधिकारी रिक ब्राइटले अमेरिका कोरोना भाइरसका कारण आधुनिक इतिहासको सबैभन्दा भयावह अवस्थामा रहेको टिप्पणी गरेका छन् । रिक ब्राइट कोरोना भाइरसको खोप निर्माण गर्ने...

थप १ जनामा कोरोना भाइरस फेला

काठमाडौं, माघ १४–कोरोना भाइरसको आशंकामा मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा थप एक जना बिरामी भर्ना भएका छन् । चीनको वुहान शहरमा अध्ययन गरी फर्किएकी २५ वर्षीया नेपाली छात्रा भर्ना भएको...

मकै बारीमा शव फेला, हत्याको आशंका

महोत्तरी, २९ वैशाख-महोत्तरीको गौशाला नगरपालिका–४ बिर्ताका ४६ वर्षीय दिलीप ठाकुर आइतबार साँझ मृत फेला परेका छन् । बिर्ता बस्तीकै मकै बारीमा ठाकुरको शव साँझ फेला परेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । मृतक ठाकुरको...

रोटरी क्लब अफ विराटनगर डाउनडाउनद्वारा निःशुल्क आँखा शिविर, १२० जनाले गराए परिक्षण

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले निःशुल्क आँखा शिविर आयोजना गरेको छ । विराटनगर वन कार्यालय नजिकै रहेको मानव सेवा आश्रममा क्लबले निःशुल्क आँखा शिविर आयोजना गरेको हो । रामलाल गोल्छा आँखा अस्पतालको सहकार्यमा...

आज ४ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, २९ साउन-आज पनि देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका १/२ स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।...

प्रधानमन्त्री कप क्रिकेट छनोटमा आठ अंक जोड्दै सुनसरी शीर्ष स्थानमा

विराटनगर । प्रधानमन्त्री कप क्रिकेट २०८१ को छनोट प्रतियोगिता सबै खेलमा विजयी हुँदै सुनसरी शीर्ष स्थानमा उक्लिएको छ। कोशी प्रादेशिक क्रिकेट संघको आयोजनामा भएको बिहीबारको अन्तिम खेलमा पनि जीत निकाल्दै आठ अङ्कका साथ सुनसरी शीर्ष...

जलेको अवस्थामा वृद्धको शव फेला

तेह्रथुमको आठराई गाउँपालिका–६ चुहानडाँडाका एक वृद्धजंगलमा जलेको अवस्थामा मृत फेला परेका छन् । मंगलबारदेखि हराइरहेका चुहानडाँडाका ८३ बर्षीय फौदराज पौठाक लामा चौतारी सामुदायिक वनमा जलेको अवस्थामा बुधवार फेला परेका हुन् । मंगलवार सो जंगलमा आगलागी समेत...

पाथीभरामा २० हजारभन्दा बढी भक्तजनले गरे पूजापाठ

फुङ्लिङ, ६ कात्तिक-दसैँको समयमा २० हजारभन्दा बढी भक्तजनले ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गरेका छन् । दसैँको नवरात्रदेखि कोजाग्रत पूर्णिमाको अवधिभित्र उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन् । दसैँमा देशविदेशबाट पाथीभराको दर्शन गर्न भक्तजन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्