‘सीमा क्षेत्रमा अलपत्र परेका नेपालीकाे उद्धार गर्नू, लकडाउन खुकुलाे पार्नू’

 न्यूज विराट
‘सीमा क्षेत्रमा अलपत्र परेका नेपालीकाे उद्धार गर्नू, लकडाउन खुकुलाे पार्नू’

काठमाडाैं, २९ वैशाख-संसदीय समितिले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि पीसीआर प्रविधिबाट गरिने परीक्षणलाई वृद्धि गरी लकडाउन खुकुलो पार्न सरकारलाई निर्देशन दिएको छ ।

प्रतिनिधिसभाकाे राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकले कोरोना भाइरस राेकथामका लागि पीसीआर प्रविधिबाट गरिने परीक्षण बढाउन सरकारलाई निर्देशन दिएको हो ।

समितिले स्थानीय स्तरमा निर्माण गरिएका क्वारेन्टाइनलाई मापदण्डअनुसार बनाउनुपर्ने, आइसोलेसन बेडहरू पर्याप्त मात्रामा निर्माण गर्नुपर्ने, किसानहरूलाई मल तथा बीउबिजन उपलब्ध गराउनु पर्ने र उत्पादित वस्तु बजारसम्म पुर्‍याउन सहज वातावरण बनाउन पनि निर्देशन दिएको छ ।

विदेशमा अलपत्र परेका कामदार र भारतसँगको सीमावर्ती क्षेत्रमा बसेका मानिसहरूलाई संक्रमण नियन्त्रणसम्बन्धी विश्वव्यापी मापदण्डअनुसार व्यवस्थित रूपमा घर फर्कने व्यवस्था मिलाउनसमेत निर्देशन दिइएको समिति सभापति शशी श्रेष्ठले जानकारी दिइन् ।

विदेशमा रहेका नेपालीहरूको समस्या समाधानका लागि प्रधानमन्त्रीस्तरबाटै सम्बन्धित देशमा कुरा भइसकेको र कुनै समस्या भए सम्बन्धित देशले नै समाधान गर्ने उपप्रधानमन्त्री एवम् कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिका संयोजक इश्वर पोखरेलले बताए ।

गृह मन्त्रीरामबहादुर थापाले भारतीय सीमा पारी करिब २१ सय नेपाली क्वारेन्टाइनमा रहेको जानकारी दिए । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सरकारसँग उपलब्ध भएका परीक्षण किटहरूको आधारमा कन्ट्याक ट्रेसिङको मापदण्ड बनाई परीक्षण भइरहेकाे जानकारी गराए । उनले केही दिनयता पीसीआर प्रविधिबाट गरिने परीक्षणलाई पनि बढाइएको बताए ।

सम्बन्धित समाचार

श्री हस्पिटलमा नयाँ व्यवस्थापन, सर्जरीमा ल्यायो प्याकेज

विराटनगर । विराटनगरको हस्पिटल चोकमा रहेको श्री हस्पिटल नयाँ व्यवस्थापनको टिम आएको छ । ६ जनाको नयाँ टिम भित्र्याएर अस्पतालले स्वास्थ्य उपचार सेवा सुरु गरेको हो । २५ शैय्याको श्री हस्पिटलमा सुनिल राय, सुरेन्द्र कुमार...

पारस हस्पिटलमा ‘आमा र छोरी बचाउ’ कार्यक्रम, गर्भवतीको निःशुल्क उपचार

विराटनगर । विराटनगरस्थित पारस मल्टीस्पिसियालिटी हस्पिटलमा ‘आमा र छोरी बचाउ’ कार्यक्रम सुरू भएको छ । हस्पिटलले पत्रकार सम्मेलन गरी बिहीबारदेखि लागू हुनेगरी आमा र छोरी बचाउ’ कार्यक्रम सुरु भएको जानकारी गराएको हो । ‘आमा र...

१५ बैशाखसम्म लकडाउन थप गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं, २ बैशाख-सरकारले १५ बैशाखसम्म लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको छ । मंगलबार (आज) प्रधामन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधि बढाएर १५ बैशाखसम्म पुर्‍याएको हो । सरकारले पहिलो पटक चैत्र ११ गते देखि...

चौथो मिल्स गोल्डकप : प्रहरीलाई हराउँदै पेमा युवा क्लब फाइनलमा

विराटनगर । चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टिम पेमा युवा क्लब विराटनगर फाइनलमा पुगेको छ ।विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार सम्पन्न भएको अन्तिम सेमिफाइन खेलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै...

एसइइ रनिङ्ग शिल्ड प्रतियोगिता : मोरङ र सुनसरीका पाँच स्कुल विजयी

विराटनगर । दोस्रो संस्करणको एसइइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा सुनसरी र मोरङका पाँच वटा स्कुल विजय भएका छन् । विराटनगर – १ स्थित डन बस्को स्कूलको खेल मैदानमा बुधबार भएको खेलमा...

खुकुलो पार्दै मोरङमा एक साता निषेधाज्ञा लम्बियो

विराटनगर, १० भदौ–जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरलगायत मोरङ जिल्लाभरी केही खुकुलो प्राबधानसहित निषेधाज्ञा एक साता थप गरेको छ । बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले गएको भदौ ५ गतेदेखि जारी गरिएको निषेधाज्ञालाई केही खुकुलो बनाएर...

कोरोना नियन्त्रणका लागि मन्त्रीहरूको जिम्मेवारी थप

सरकारले कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिमा नभएका मन्त्रीहरूलाई थप जिम्मेवारी दिएको छ ।सरकार प्रवक्ता रहेका अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री खतिवडाका अनुसार भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बसन्त नेम्वाङलाई प्रदेश नम्बर १, भूमि,...

हतियारसहित २ जना पक्राउ

जनकपुर, ४ जेठ-धनुषाबाट हतियारसहित २ युवक पक्राउ परेका छन् । उनीहरू जिल्लाको शहिदनगर नगरपालिका-३ झण्डा चौकबाट पक्राउ परको हुन् ।पक्राउ पर्नेमा कमला नगरपालिका ८ हरिने बस्ने १८ वर्षीय अक्षय पासवान र सोही ठाउँ बस्ने २०...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्