सप्तरीमा पनि १ जनालाई देखियो कोरोना संक्रमण

 न्यूज विराट
सप्तरीमा पनि १ जनालाई देखियो कोरोना संक्रमण

काठमाडौं, २९ वैशाख-नेपालमा कोरोना भाइरसका संक्रमित संख्या १२१ पुगेको छ । सोमबार दिउँसो थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यसअघि सोमबार बिहान मात्रै १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य मन्त्रालयले सप्तरीका १ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको हो  । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा एक जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयले सोमबार दिउँसो एक विज्ञप्ति जारी गर्दै सप्तरी डाक्नेश्वोरी नगरपालिका-३ निवासी १८ वर्षीय पुरुषमा कोरोना देखिएको जनाएको छ । उनी स्वास्थ्य कर्मीको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्था पनि सामान्य रहेको मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए । नेपालमा अहिलेसम्म ३३ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् भने अन्यको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार

अमेरिकामा वर्किङ भिसा रोक, ग्रीन कार्ड पनि रोक्न सक्ने

एजेन्सी, असार ९-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ कामदारलाई अमेरिकामा वर्किङ भिसा दिन लगाइएको प्रतिबन्ध यो वर्षको अन्त्यसम्म कायम राख्ने भएका छन् । व्हाइट हाउसका एक वरिष्ठ अधिकारीका अनुसार दक्ष कामदारका लागि एच १बी भिसा, कम्पनीमा...

मोरङमा १२ सहित प्रदेश १ मा ८६ संक्रमित थपिए

विराटनगर, २५ भदौ–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा २३, संखुवासभामा २२, मोरङमा १६, झापामा १२, पाँचथरमा ४, भोजपुरमा ३, उदयपुर, इलाम र प्रदेश १ बाहिरका २÷२ जना...

कटहरी–२ लाई सुकुम्बासी मुक्त बनाइने

विराटनगर, जेठ २१–मोरङको कटहरीमा जनता आवास कार्यक्रम अन्र्तगत १५ वटा घर निर्माण हुने भएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत १५ लाख रुपैयाँ र जीवन विकास...

पर्सामा ४ पत्रकार समेत कोरोना संक्रमित

बीरगञ्ज, बैशाख ३०-नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित भेटिएको पर्सामा पुष्टि भएका सबै संक्रमित वीरगन्जका स्थानीय नै भएको अस्पतालले जनाएको छ । नारायणी उपक्षेत्रीय अस्पतालका वीरगन्जमा मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले वीरगन्जमा स्थानीयबाट संकलन गरिएको...

तरकारी तथा फलफुल बेच्ने महिलाहरुलाई रोटरी क्लब अफ विराटनगर डाउनटाउनले दियो छाता

विराटनगर, ८ भदौ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले महिलाहरुलाई छाता वितरण गरेको छ । एक कार्यक्रमकाबिच डाउनटाउनले सडक छेउमा तरकारी बिक्रि गरेर जिविकोपार्जन गर्दै आएका १५ जना महिलाहरुलाई रोटरी प्रतीक र क्लबको नाम छापिएको...

सक्षम जनशक्तिलाई अब राहत होइन, श्रम र रोजगारी

काठमाडाैं, २८ वैशाख-उपत्यका नगरपालिका फोरमले सक्षम जनशक्तिलाई श्रम र रोजगारीसँग जोड्दै अर्थतन्त्रलाई चलायमान बनाउन संघीय सरकारलाई सहयाेग गर्ने निर्णय गरेको छ । उपत्यकाका दुई महानगर र १६ नगरपालिकाका मेयर–उपमेयरहरूको साझा संस्था नगरपालिका फोरमको बैठकले यस्तो...

तुलसीपुरका कोरोना संक्रमित युवक टिचिङ अस्पतालका स्वास्थ्यकर्मी

काठमाडौं, जेठ ३-दाङ स्थायी ठेगाना भएका ३ कोरोना संक्रमितमध्ये १ जना काठमाडौं त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) का स्वास्थ्यकर्मी रहेको खुलेको छ । तुलसीपुर उपमहानगरपालिका-७ घर भएका ३४ वर्षीय संक्रमित ति पुरुष काठमाडौंमै रहेको तुलसीपुर...

आज हरिशयनी एकादशी, घर-घरमा तुलसीको बिरुवा रोपिँदै

प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारि चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदै छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्