कोरोनासँग हारे दोस्रो विश्वयुद्धका विजेता

 न्यूज विराट
कोरोनासँग हारे दोस्रो विश्वयुद्धका विजेता

एजेन्सी, बैशाख २६-कुनै कुराले संसारलाई परिवर्तन गरिदिन्छ भने त्यो हो– युद्ध । दोस्रो विश्वयुद्धका क्रममा सन् १९४५ को ८ मे अर्थात् ‘युरोपमा जितको दिन’ थियो । तर, त्यो युद्धको अन्तिम दिन थिएन ।

जापान पूर्ण रूपमा पराजित भइसकेको थियो भने नाजी जर्मनीको सेनाले मित्रदेशको सेनालाई कुनै शर्तबिना हतियार बुझाएको थियो । अब इतिहास नयाँ युगमा प्रवेश गरेको छ ।

महाशक्तिहरूबीच शक्ति सन्तुलनका आधारमा एक नयाँ विश्व व्यवस्थाको दिशामा संसारले नयाँ कदम चाल्यो । युद्ध सकिएपछि अमेरिका एक सैन्य सुपर पावरका रूपमा देखा पर्‍यो । परमाणु हतियारको विकासको मामलामा अमेरिका रुसभन्दा अघि देखियो ।

नेटोको गठन

त्यसपछि परमाणु शक्ति नै संसारमा शक्तिशाली भएको मापनको आधार बन्यो । तत्कालीन सोभियत संघ तत्काल यो दौडमा सामेल भयो । पूर्वी युरोपमा आफ्नो दबदबा पुनः हासिल गर्ने रुसको चाहनाले कम विवाद भएको नयाँ विश्व व्यवस्थाको महत्वाकांक्षी सपनालाई तोडिदियो र अमेरिकासहित पश्चिमा पुँजीवादी व्यवस्थाको विकल्प बनेर खडा भयो ।

यसै कारण नेटो (उत्तर एट्लान्टिक सन्धि संगठन) को गठन भयो र अमेरिका र पश्चिम युरोपबीच सैन्य र कूटनीतिक विषयमा स्थायी मिलन कायम भयो ।

यसै साता रोयल युनाइटेड सर्भिसेज इन्स्टिच्युट (आरयूएस) ले आयोजना गरेको अनलाइन सेमिनारमा पत्रकार तथा इतिहासकार एनी एप्पलेबमले स्मरण गराए की यो घटनाक्रमले पश्चिमीको अवधारणालाई जन्म दियो । मूल्यमा आधारित यी गठबन्धन केबल सीमालाई लिएर नभई विचारमा पनि आधारित थिए ।

शून्यदेखि सुरुवात

नेटोलाई लिएर मात्रै यस्तो भन्न सकिँदैन । प्राध्यापक माइकल क्लार्क यी संगठन एक पूरा नेटवर्कजस्तो भएको स्मरण गराउँछन् ।

प्राध्यापक क्लार्क भन्छन्, ‘युद्धअघि अन्तर्राष्ट्रिय संगठनको जुन ढाँचा थियो, त्यो अब धेरै कम मात्र बाँकी छ । नयाँ विश्व व्यवस्थाको स्थापनाका लागि शून्यबाट सुरुवात गर्नुपर्ने कुरामा सन् १९१९ को समयमा भन्दा राम्रो समझदारी थियो ।’

‘संयुक्त राष्ट्रसंघ यो दिशामा एक उपलब्धि थियो । फेरि ब्रिटेन वुड्स इकोनोमिक सिस्टम (अमेरिका, क्यानडा, पश्चिम युरोपका देश, अस्ट्रेलिया र जापानबीचको व्यापारिक सम्झौता), विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष । बेलायत यी सबै प्रक्रियामा शक्तिशाली थियो तर अमेरिकाको निर्णायक शक्ति थियो,’ उनी स्मरण गर्छन् ।

करिब सबै अन्तर्राष्ट्रिय संगठन अमेरिकाले स्थापनाका लागि कति जिम्मेवारी र समर्थन गर्छ भन्नेमा निर्भर थिए । पश्चिमी देशको वर्चस्व रहेको संगठनको दायराबाहिर ५०–६० को दशकमा फरक अन्तर्राष्ट्रिय व्यवस्था सामुन्ने आयो । यो अन्तर्राष्ट्रिय व्यवस्था अब दबाबमा छ । किनकि यसको राजनीतिक आधार तीव्र गतिमा परिवर्तन भइरहेको छ ।

एसियामा आर्थिक सत्ता

एसिया आर्थिक सत्ताका रूपमा रहेकाले आजकल हरेक दिन समाचारको एजेन्डा बन्छ । त्यो हो, आर्थिक केन्द्र बन्दै गरेको चीन । यसले सुदूर पूर्व र एसियामा आर्थिक सत्ताको धुरी परिवर्तन गरिरहेको छ ।

यहाँ सम्म कि पश्चिमी देशको लोकतान्त्रिक व्यवस्थामा पनि लोकप्रिय राजनीतिक धाराको रूपमा उदाउँदै थियो । उदाहरणका लागि नेटोभित्रको आन्तरिक लडाइँलाई हेर्न सकिन्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटोको आवश्यकतामाथि नै प्रश्न उठाइसकेका छन् र टर्की र हंगेरीजस्ता सहयोगी देशले पहिलेभन्दा बढी अधिकारवादी रवैया देखाइरहेका छन् ।

एनी एप्पलेबम भन्छन्, ‘अमेरिकी विदेश नीतिमा आएको पृथकतावादी नीतिलाई रिपब्लिकन पार्टीको प्रभुत्वसँग जोडेर हेर्न सकिन्छ ।’ उनका अनुसार पश्चिमी व्यवस्थामा आधारित व्यवस्थामा दरार उत्पन्न भइरहेको छ र यसलाई चलाउने नेताहरूको नयाँ पिँढीले अब निर्णय गर्न थालेका छन् । अब दोस्रो विश्वयुद्ध र त्यसलगत्तै विश्व राजनीतिलाई हाँकेको नेतृत्वको पुस्ता संसारमा छैन ।

समकालीन इतिहाससँग तुलना

अन्तर्राष्ट्रिय राजनीतिमा चीनको पदार्पण भर्खरै भएको होइन । ऊ सुरुदेखि नै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको स्थायी सदस्य हो । माइकल क्लार्क भन्छन्, ‘युद्धभन्दा पहिले पनि र युद्धको क्रममा पनि अमेरिकाको मनमा चीनलाई लिएर चिन्ता थियो । अहिले मात्रै नभएर नयाँ विश्व व्यवस्थामा अमेरिकाले चीनलाई सधैँ महाशक्तिका रूपमा हेरेको थियो । त्यो शक्तिका रूपमा, जो ब्रिटेन र फ्रान्सको पुरानो राज्यसत्ताका विरुद्ध सन्तुलन राख्ने शक्तिका रूपमा लिइन्थ्यो ।

सन् १९४९ मा चीनको नियन्त्रण साम्यवादीको हातमा गएपछि अमेरिकालाई ठूलो धक्का लाग्यो । अमेरिकालाई सन् १९७२ सम्म यो समस्या कायमै रह्यो । संसारमा चीनको भूमिका बढ्दै जाँदा अब अमेरिकालाई चीनसँग पुनः मोहभङ्ग भएको देखिन थालेको छ ।’

भारत–चीनजस्ता देश

माइकल क्लार्कको भनाइमा बेलायतको किङ्स कलेजका प्राध्यापक लरेन्स फ्रिडम्यान सहमत देखिन्छन् । उनी शीतयुद्धका क्रममा चीनको अलग मुद्दा भएकोमा जोड दिन्छन् ।

‘आजको जस्तो २०औँ शताब्दीलाई चीनको आर्थिक र प्राविधिक खतराको रूपमा हेरिँदैन थियो । युद्धपछि विश्व व्यवस्थाको अन्त्यकाे कारण अमेरिका कमजोर हुनु होइन, बरु यसको लक्षण हो । अमेरिका अब फेरि पुरानो गन्तव्य हासिल गर्ने दिशामा छ ।’

नयाँ विश्व व्यवस्थामा सीधा रूपमा जनसंख्यासँग पनि सम्बन्ध रहन्छ । विश्वको आधाभन्दा बढी जनसंख्या भारत, चीन र दक्षिण पूर्वी एसियाका देशमा छ । यसैबाट विश्वको आर्थिक भूगोल तय हुन्छ । उनीहरूको शक्तिले राष्ट्रिय राजनीतिक सत्तामा परिवर्तन हुन्छ र संसारको राजनीतिक ढाँचामा सोही हिसाबले स्थान बनाउँछ ।

कोरोना–१९ को महामारी

के कोभिड–१९ को महामारीले संसारमा केही परिवर्तन ल्याइरहेको छ ? माइकल क्लार्क भन्छन्, ‘महामारीपछि संसार ‘एसियाको शताब्दी’ सम्म समेटिएर रहन सक्छ । तर, यसको असर हुनेछ र आगामी केही दशकमा केही वास्तविक परिवर्तन देखिनेछ ।’

कोरोना महामारीले दोस्रो विश्वयुद्धका विजेता शक्तिलाई नराम्ररी माथ दिएको छ । अमेरिका, रुस, बेलायत, फ्रान्सजस्ता दोस्रो विश्वयुद्धका मित्रशक्ति कोरोनाविरुद्धको युद्धमा ठूलो क्षति भोग्न बाध्य भएका छन् ।

उनी भन्छन्, ‘चीनलाई पनि लामो समयका लागि नोक्सान हुनेछ । पहिलो भनेको महामारी नियन्त्रणमा चीनले प्रभावकारी भूमिका सुरुमै नखेलेको भन्दै राजनीतिक आलोचना भइरहेको छ र अर्को भनेको व्यापार संयन्त्रणमा अन्य देशसँगको निर्भरतालाई कसरी समाधान गर्छ ?’

यद्यपि कोरोना भाइरसको महामारी चलिरहेको बेला भविष्यको अन्तर्राष्ट्रिय व्यवस्था कस्तो हुन्छ भनेर भविष्यवाणी गर्नु हतार हुनेछ । तर, यति प्रस्टसँग भन्न सकिन्छ कि दोस्रो विश्वयुद्धपछि सार्वजनिक सेवा र भाइचाराको भावना जसरी बनेको थियो, अब पनि यस्तै रह्यो भने राम्रो हुन्छ । तर, त्यो सम्भावना कम देखिन्छ ।

सम्बन्धित समाचार

करलाई वैज्ञानिक र व्यवहारिक बनाउनुपर्नेमा कटहरीको जोड

विराटनगर । सरकारले लगाउने कर वैज्ञानिक ढङ्गबाट समायोजन गरिनुपर्ने यहाँ आयोजित एक कार्यक्रममा सरोकारवालाहरुले जोड दिएका छन् । मोरङको कटहरी गाउँपालिकाले बिहीबार आयोजना गरेको राजस्व सम्भाव्यता अध्ययन परामर्श कार्यक्रममा सरोकारवाहरुले यस्तो बताएका हुन् । उनीहरुले...

पहिचान पक्षधरलाई बार्तामा आउन प्रदेश सरकारको आग्रह

विराटनगर । कोशी प्रदेश खारेजीको माग राख्दै आन्दनोलनमा उत्रिएका पहिचान पक्षधरहरुलाई बार्तामा आउन कोशी प्रदेश सरकारले आग्रहा गरेको छ । कोशी प्रदेश सरकारका प्रवक्ता भक्तिप्रसाद सिटौलाले मंगलबार प्रेस विज्ञाप्ती जारी गर्दै कोशी प्रदेश सरकारले आन्दोलनरत...

औषधी व्यवसायीको स्थापना दिवसमा सप्ताहव्यापी कार्यक्रम सुरू, पहिलो दिन कोशी अस्पतालमा फलफूल वितरण

विराटनगर । नेपाल औषधी व्यवसायी संघको ५० औं स्थापना दिवसको अवसर पारेर आयोजना गर्ने सप्ताहव्यापी कार्यक्रम सुरू भएको छ । नेपाल औषधी व्यवसायी संघ मोरङले विविद्य कार्यक्रम आयोजना गरी एक हप्ताभरी मनाउने कार्यक्रमको सुरूवात बुधबारबाट...

मेसीले छाडे बार्सिलाेना

काठमाडौं, २२ साउन । विश्व फुटबलका महानतम खेलाडीमध्ये एक अर्जेन्टिनी लियाेनल मेसीले स्पेनिस क्लब बार्सिलाेना छाडेका छन् । दुई दशक बार्सिलाेनाका लागि खेलेका मेसी सम्झाैता नवीकरण नभएपछि क्लबबाट बाहिरिएका हुन् ।  क्लबले विज्ञप्ति जारी गर्दै मेसीसँग भएकाे सम्झाैता...

विराटनगरमा ११ सहित प्रदेश १ मा २९ जनामा कोरोना संक्रमण

विराटनगर, २९ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २९ जनामा कोरोना संक्रमण भएको छ । ३८५ जनाको पीसीआर परीक्षण गर्दा २७ र १५१ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको सामाजिक विकास...

राहतमा कुहिएको दाल बाँड्ने वडाध्यक्ष पक्राउ

जनकपुर, ८ वैशाख-कुहिएको दाल राहतमा बाँडेको आरोपमा प्रहरीले कलैया उपमहानगरपालिकाका ३ जना वडाध्यक्षलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा वडा नम्बर ११ का वडाध्यक्ष सर्वनारायण चौधरी, १३ नम्बरका वडाध्यक्ष राजनप्रसाद कुर्मी र २६ नम्बरका वडाध्यक्ष महेश...

अहिलेकै अवस्थामा एमसीसी संसदमा आउँदैनः सभामुख सापकोटा

काठमाडौं, चैत ३–सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक दलहरूले टुंगो लगाएपछि मात्रै मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बारे संसदीय प्रक्रिया अघि बढ्ने स्पष्ट पारेका छन् । सोमबार सिंहदरबारमा भएको पत्रकार भेटघाट कार्यक्रममा सभामुख सापकोटाले राजनीतिक दलहरूबीच नै सहमति जुटिनसकेकाले...

अब कालापानीमा सशस्त्र प्रहरीको गुल्म, १ सय ६० प्रहरी खटिने

काठमाडौं, १ जेठ-दार्चुलाको कालापनीमा अब सशस्त्र प्रहरी बलको गुल्म स्थापना गर्ने भएको छ । सशस्त्र प्रहरीको गुल्म स्थापनाका लागि प्रक्रिया थालिएको हो । हिजो कालापानी नजिकै छाङ्गरुमा सशस्त्र प्रहरीले बोडर आउट पोस्ट स्थापना गरेकोमा अब...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्