सांसदहरूले भने : एसईई परीक्षालाई खारेज गरौँ

 न्यूज विराट
सांसदहरूले भने : एसईई परीक्षालाई खारेज गरौँ

काठमाडौं, २४ वैशाख-कोरोना भाइरसका कारण प्रभावित माध्यामिक शिक्षा परीक्षा (एसईई) लाई खारेज गर्नुपर्ने माग सांसदले गरेका छन् । नयाँ शिक्षा नीति बनिसकेपछि पनि एसईईलाई एसएलसी जस्तै महत्व दिएर परम्परागत ढंगबाट सञ्चालन गर्न नहुने माग सांसदले गरेका हुन् । बुधबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा सांसदले एसईई परीक्षाको अवधारणा परिवर्तन गर्ने अवशर अहिले मिलेको उल्लेख गर्दै नयाँ शिक्षा नीतिअनुसार अगाडि बढ्नुपर्ने बताएका हुन् ।

सांसद गगन थापाले अहिले एसईई परीक्षा खारेज गर्नुपर्ने बताउनुभयो । अहिले त्यसका लागि कोरोना भाइरस संक्रमणले एउटा मौका दिएकोले यसको प्रयोग गर्नुपर्ने बताए । उनले भने, ‘यो मौका हो । एसईई परीक्षालाई खारेज गरौँ । यो मौकाको प्रयोग गरौँ । यो परीक्षाको ढाँचा हामीलाई चाँहिदैन् । आन्तरिक मूल्याङ्कनका आधारमा विद्यार्थीलाई कक्षा ११ मा लिएर जाउँ । बोर्ड इक्जाम भनेको १२ को हो ।’

सांसद जीवनराम श्रेष्ठले शिक्षा नीति र ऐन नयाँ बनेपनि एसईई परम्परागत ढंगबाट सञ्चालनमा रहेको बताए । अहिलेको परिस्थितिले अवशर प्रदान गरेको उल्लेख गर्दै उनले नयाँ शिक्षा नीति र ऐनअनुसार यसलाई नयाँ ढंगले अगाडि बढाउनुपर्ने उनले बताए । सरकारले निर्णय गरेर नीतिगतरूपमै यसलाई अगाडि बढाउनुपर्ने श्रेष्ठको भनाइ छ ।

सम्बन्धित समाचार

तेस्रो पटक सांसद चुनिए अमनलाल मोदी

विराटनगर । मोरङको क्षेत्र नं. ४ मा प्रतिनिधि सभातर्फ माओवादी केन्द्रका नेता अमनलाल मोदी विजयी भएका छन् । सार्वजनिक अन्तिम मतपरिणाम अनुसार मोदीले ३० हजार ६१२ मतका साथ बाजी मारेका छन् । उनका प्रतिस्पर्धी नेकपा...

धनुषामा ५८ सहित प्रदेश २ मा थप २५० जनामा कोरोना

जनकपुरधाम,  १७ भदौ-प्रदेश २ मा पछिल्लो २४ घण्टामा थप २५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार बुधवार धनुषामा ५८, महोत्तरीमा २९, सिरहामा १३, बारामा ५२, पर्सामा १४, सर्लाहीमा ५१,...

सुनको भाउ आज पनि ताेलामा १ हजार रुपैयाँ घट्याे, चाँदीकाे स्थिर

सुनको भाउ मंगलबार प्रतितोलामा १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९७ हजार २ सय रुपैयाँ कायम भएको छ । सोमबार सुन तोलाको ९८ हजार २ सय रुपैयाँमा...

कोशी प्रदेशका सांसदलाई बिद्युतीय चुलो

विराटनगर । कोशी प्रदेशका प्रदेशसभा सदस्यहरूलाई चुलो वितरण गरिएको छ । जनतालाई विद्युतको खपत बढाउन भन्दै प्रदेशसभा सदस्यलाई चुलो वितरण गरिएको हो । प्रदेश सरकारको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले खाना पकाउने ग्यास प्रतिस्थापन र...

घरेलु तथा साना उद्योग कार्यालय विराटनगरमा ‘हेल्प डेस्क’ सञ्चालन

विराटनगर, १८ साउन । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले ‘हेल्प डेस्क’ स्थापना गरेको छ । विराटनगरस्थित घरेलु तथा साना उद्योग कार्यालयमा उद्यमीहरुको सहयोगका लागि महासंघ मोरङले हेल्प डेस्क स्थापना गरेको हो । मोरङका...

विधेयकले निम्त्यायो विवाद

काठमाडौं, फागुन २२–प्राधिकरणमार्फत यातायात सञ्चालन गर्नका लागि सरकारले शहरीक्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण ऐनको तयारी गरेको छ । संघीय सरकारले गाइडलाइन ऐन बनाएसँगै प्रदेश सरकारले त्यही ऐनको मर्मअनुसार आफ्ना प्रदेशका नयाँ ऐन जारी गर्न सकिने...

सप्तरीमा खाद्यान्‍न भन्दै मदिरा ओसार्ने पक्राउ

सप्तरी, ५ वैशाख-लकडाउन र सीमा नाका बन्द गरेर देश कोरोना महामारीविरुद्ध लडिरहेका बेला सप्तरीमा भने लागुऔषध र मदिरा कारोबारी सक्रिय भएका छन् । अत्यावश्यक वस्तुका नाममा प्रदेश २–०१–००१ त ०५२८ नम्बरको ट्याक्टरमा मदिरा ओसार्ने महादेवा...

सफ्ट टेनिस राष्ट्रिय प्रतियोगिता, तीन वटा फाइकल खेल्ने एक महिला

विराटनगर । सफ्ट टेनिस खेलको राष्ट्रिय प्रतियोगितामा भएका पांच बिधाका स्पर्धामा एक महिला खेलाडीले तीन वटा फाइनल खेल खेलेकी छन् ।बागमती प्रदेशबाट खेलेकी जर्जिया चौधरीले तीन बिधामा फाइनल खेल खेल्दै महिला एकलमा प्रथम स्थान हासिल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्