लकडाउनका कारण स्थगित आयोजनाको सुरु गर्न पास वितरण

 न्यूज विराट
लकडाउनका कारण स्थगित आयोजनाको सुरु गर्न पास वितरण

काठमाडौं, २४ वैशाख-लक डाउनका कारण निर्माण कार्य स्थगित भएका आयोजनाहरु सुचारु हुन थालेका छन् । लक डाउनले निर्माण सामग्री ढुवानीमा समस्या भएपछि बन्द भएका कतिपय आयोजनाहरुको निर्माण कार्य सुरु भएको छ ।

लक लकडाउनपछि रोकिएका आयोजनाका कामहरु सुचारु गर्न जनप्रतिनिधिहरुले नै चासो देखाउन थालेका छन् । काम स्थगित भएको काठमाडौं महानगरपालिका अन्तर्गतको चमती जग्गा एकीकरण आयोजनाको निर्माण कार्य सुचारु गर्न सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले पहल थालेका छन् ।

राज्यमन्त्री मानन्धरको पहलमा निर्माण सामग्री ढुवानीका लागि निर्माण कम्पनीलाई सवारी पास उपलब्ध गराइएको छ । समयमै कम सम्पन्न गर्ने प्रतिवद्धता पुरा गर्न सात दिने सवारी पास उपलब्ध गराइएको उनले बताए ।

काठमाडौं महानगरपालिका प्रवक्ता समेत रहेका वडा नम्बर १५ का वडाध्यक्ष ईश्वरमान डंगोलले पास उपलब्ध भएपछि निर्माण कार्य अगाडी बढ्ने संकेत देखिएको बताए । लकडाउनका कारण रोकिएको काम अब समयमै सम्पन्न हुनेमा उनले विश्वास व्यक्त गरे ।

निर्माण कम्पनी गौरीसंकर हिमालय कन्सट्रक्सनका दिलिपबहादुर मोक्तानले तोकिएको समयमै काम सम्पन्न गर्ने प्रतिवद्धता जनाए । २०७६ जेठमा सम्झौता भएको आयोजना २ वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने छ । २४ करोडमा ठेक्का सम्झौता भएको थियो ।

सम्बन्धित समाचार

पश्चिमी वायुको प्रभाव, वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले आगामी तीन दिनसम्म देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना...

उमानाथ भट्टराईको महाकाव्य ‘अचल’ सार्वजनिक

विराटनगर । साहित्यकार उमानाथ भट्टाईको ‘अचल’ महाकाव्य विमोचन गरिएको छ ।पूर्वाञ्चल साहित्य प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्रा. कविराज न्यौपाने, पूर्वाञ्चल साहित्य प्रतिष्ठानका उपाध्यक्ष भूषण ढुंगेल, विराट साहित्य संगमका अध्यक्ष मधु...

अस्पतालबाट शिशु गायब प्रकरण , डाक्टर कर्ण र बच्चाको बावुविरुद्ध ‘व्यक्ति बेपत्ता पारेको कसुरमा’ म्याद थप

विराटनगर । विराटनगरस्थित ग्रीनक्रस हस्पिटलमा एकदिनकोे नवजात शिशु हराएपछि पक्राउ परेका उपचारमा संलग्न चिकित्सकसहित दुई जनालाई प्रहरीले म्याद थप गरेर अनुसन्धान सुरू गरेको छ । पक्राउ परेका उपचारमा संलग्न स्त्री तथा प्रसूती रोग विशेषज्ञ विराटनगरका...

खाना पकाउन ग्यासको तुलनामा विद्युतीय उर्जा ५० प्रतिशत सस्तो

विराटनगर, २६ भदौ । विद्युतको निरन्तरा एवं गुणस्तरीय विद्युतीय चुल्होको उपलव्धताबाट मुलुकमा एलपिजी ग्यास न्यूनिकरण गर्न सकिने सुझाव सहभागीहरुले दिएका छन् । राष्ट्रिय योजना आयोग काठमाडौ र क्लिन कुकिङ्ग एलाइन्सद्वारा संयुक्त्त रुपमा आज यहाँ आयोजित...

बुद्ध जयन्तीमा विराटनगरमा विविद्य कार्यक्रम, भव्य भयो प्रभातफेरी

विराटनगर । २५६८ औं बुद्ध जयन्तीको अवसर पारेर विराटनगरमा विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।बुद्ध धर्मका प्रबर्तक बुद्धको जन्म जयन्ती बुद्ध पूर्णिमाका दिन मनाउने चलन छ । विराटनगरमा तमु ह्युल छोंज धी गुरूङ राष्ट्रि...

मोरङ–३ मा पूर्वमन्त्री ढकाल र शर्माबिच चुनावी भिडन्त पक्का

विराटनगर, १९ भदौ । मोरङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) बाट पूर्वमन्त्री भानुभक्त ढकाल र नेपाली कांग्रेसबाट सुनिल शर्माबिच प्रतिष्पर्धा हुने पक्का भएको छ । सो क्षेत्रबाट एमालेले ढकाल र शर्मालाई...

विश्वभर कोरोना भाइरसको संक्रमणबाट ३ लाख १३ हजारको मृत्यु

काठमाडौं, जेठ ४–विश्वभर कोरोना भाइरस(कोभिड–१९) को संक्रमणका कारण ३ लाख १३ हजार बढीले ज्यान गुमाएका छन् । आइतबार नेपाली समय अनुसार साँझ सवा ६ बजेसम्म ३ लाख १३ हजार ७ सय ६७ जनाको मृत्यु भएको...

न्यूरो अस्पताल र विराटमा मेडिकल कलेजले कोरोना संक्रमितको निशुल्क उपचार गर्ने

विराटनगर, २४ भदौ–विराटनगरस्थित न्युरो अस्पताल र बुढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेजले कोरोना संक्रमितको निशुल्क उपचार गर्ने भएका छन् । कोभिड उपचारका लगि छुट्टै अस्पताल सञ्चालनमा ल्याएका दुवै स्वास्थ्य संस्थाले कोरोना संक्रमितको निशुल्क उपचार गर्ने भएका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्