प्रदेश १ का ३१ संक्रमितकाे स्वास्थ्य अवस्था सामान्य, ७५ स्वास्थ्यकर्मी क्वारेन्टाइनमा

 न्यूज विराट
प्रदेश १ का ३१ संक्रमितकाे स्वास्थ्य अवस्था सामान्य, ७५ स्वास्थ्यकर्मी क्वारेन्टाइनमा

विराटनगर, बैशाख २२-विराटनगरस्थित कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत ३१ जना कोरोना संक्रमितको अवस्था सामान्य छ । अस्पतालका अनुसार १८ देखि ६५ वर्षसम्म उमेर समूहका संक्रमितको कोभिड–१९ उपचार केन्द्रमा उपचार भइरहेको छ ।

अस्पतालमा उपचार गराइरहेका उदयपुरका २८, भोजपुरका १ र झापाका २ जना संक्रमितकाे अवस्था सामान्य रहेको काेसी अस्पतालका मेडिकल सुपरिटेन्डेट डा. संगीता मिश्राले जानकारी दिइन् ।

अस्पतालमा रहेकाहरूमा कोरोनाको सामान्य लक्षण पनि देखा नपरेको चिकित्सकले बताएका छन् । सामान्यतः कोरोना सङक्रमितमा उच्च ज्वरो, घाँटी दुख्ने तथा सास फेर्न गाह्रो हुनेजस्ता लक्षण देखिन्छ । तर, प्रदेश १ का संक्रमितमा यस्ता कुनै पनि लक्षण नदेखिएकाे मेडिकल सुपरिटेन्डेन्ट डा. मिश्राले बताइन् ।

उनका अुनुसार अस्पतालमा उपचाररत ३१ जना कोरोना सङक्रमितमध्ये २९ जना मुस्लिम समुदायका हुन् । उनीहरू सबैको नियमित परीक्षण र उपचार भइरहेको छ । संक्रमितमध्ये ६० वर्षमाथिका ३ जनामा मधुमेह र १ जनामा उच्च रक्तचापको समस्या भए पनि उनीहरूमा समेत काेराेनाकाे लक्षण देखिएकाे छैन ।

संक्रमितहरूमध्ये पहिलो चरणमा भर्ना भएका उदयपुरका १३ जनाको शुक्रबार स्वाबको नमूना संकलन गरी परिक्षण गरिएको थियो । सोमबार पुनः दोस्रो पटक परीक्षण गरिएकाे मेसु डा. मिश्राले जानकारी दिइन् । उनले रिपोर्ट अहिले नै सार्वजनिक गर्न नमिल्ने बताइन् ।

संक्रमित बिरामीको हरेक १४ दिनमा स्वाब परीक्षण गर्ने गरिन्छ । यो परीक्षणमा पोजेटिभ रिपोर्ट आए थप १४ दिन उनीहरू अस्पताल बस्नुपर्ने हुन्छ भने नेगेटिभ रिपोर्ट आएमा लगातार दुई परीक्षण गरी डिस्चार्ज गरिन्छ ।

७५ स्वास्थ्यकर्मी क्वारेन्टाइनमा

उपचारमा खटिएका स्वास्थ्यकर्मीहरूले पूर्ण सुरक्षा र सर्तकताका साथ कोरोना संक्रमित बिरामीहरूकोे उपचार गरिरहेका छन । यद्यपि, उपचारको क्रममा चिकित्सक तथा स्वास्थ्यकर्मीहरू स्वयं पनि कोरोना संक्रमणको उच्च जोखिममा रहेको मेसु डा.मिश्राले बताइन् ।

कोभिड १९ उपचार केन्द्रमा संक्रमितको उपचारमा खटिएका ७५ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बसेका छन् । संक्रमितको नियमित जाँच तथा रेखदेखमा खटिएका चिकित्सक तथा नर्ससहितका स्वास्थ्यकर्मी क्वारेन्टाइनमा रहेको मेडिकल सुप्रिटेन्डेन्ट डा. मिश्राले जानकारी दिइन् ।

डा. मिश्राका अनुसार पहिलोपटक ५ गते मध्यरातमा उदयपुरबाट १२ जना संक्रमित ल्याएदेखि स्वास्थ्यकर्मीको टोली परिचालित रहेको छ । त्यसयता हालसम्म केन्द्रमा १ हप्ताको फरकमा २६ जनाको ३ वटा टोली प्रत्यक्ष रूपमा संक्रमतिको उपचारमा संलग्न रहँदै आएको छ । उनीहरूको शुक्रबार स्वाब नमूना परीक्षण गर्दा नेगेटिभ रिर्पोट आएको डा. मिश्राले बताइन् ।

उदयपुरबाट संक्रमित भर्नासँगै पहिलो साता खटिएका चिकित्सकहरूको सुरुवाती एकसाताको क्वारेन्टाइन समयको गणना नहुने भएकाले दोस्रो साताबाट मात्र उनीहरूको क्वारेन्टाइन समय जोडिने डा. मिश्राले बताइन् । सबै स्वास्थ्यकर्मीको क्वारेन्टाइन बसाईको समय पूरा भइनसकेको बताउँदै डा. मिश्राले क्वारेन्टाइनमा प्रक्रिया पूरा भएपछि सबैजना काेसी अस्पतालको नियमित काममा फर्कने बताइन् ।

३ ठाउँबाट स्वाव परक्षण, २ ठाउँबाट उपचार

संक्रमणको जोखिम न्यूनीकरण तथा रोकथामका लागि प्रदेश सरकारले विराटनगरमा कोभिड–१९ उपचार केन्द्र तथा धरानको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना विशेष उपचारकाे व्यवस्था गरेकाे छ ।

आवश्यक परेको खण्डमा धरानको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेड क्षमता वृद्धि गरेर १ हजार बेडको कोरोना विशेष अस्पताल बनाउन सकिने प्रदेशका सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहता बताउँछन् ।

उनले विराटनगरस्थित कोभिड अस्पताल, पशु क्वारेन्टाइन ल्याब र बीपी प्रतिष्ठान धरानबाट नियमित स्वाबको नमूना परीक्षण भइरहेको जानकारी दिए । कोरोना संक्रमणको जोखिम न्यूनीकरण तथा रोकथाम गर्न प्रदेश सरकारले विशेषतः आफ्नो उपचार क्षमता बढाउने विषयमा जोड दिएको छ ।

सम्बन्धित समाचार

विराटनगरमा उल्लासपूर्ण होली (फोटो फिचर)

विराटनगर । विराटनगरलगायत तराईमा आज भव्य रुपमा होली पर्व मनाइएको छ । हर्षौल्लासका साथ होली पर्व मनाइएको हो । सोही क्रममा आज विराटनगर पनि होलिमय भएको छ ।सर्वसाधारणले भव्य रुपमा होली पर्व मनाइरहेका छन् ।...

मोरङमा ५.९५ प्रतिशत मत बदर, कुन क्षेत्रमा कति बदर ? (सुचिसहित)?

विराटनगर । मंसिर ४ गते भएको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा मोरङमा ५.९५ प्रतिशत मत बदर भएको छ । मोरङमा ४ लाख ८५ हजार ४९९ मत अर्थात ६६.१ प्रतिशत मत खसेको मध्ये १८ हजार ८६५...

मुख्यमन्त्री राउतद्वारा प्रदेशबासीका नाममा सम्बोधन

जनकपुर, जेठ ५-कोरोनाको संकटबाट गुज्रिरहेको प्रदेश २ का जनतालाई मुख्यन्त्री लालबाबु राउतले आइतबार सम्बोधन गरेका छन् । कोरोना महामारीकाबीच १ सातादेखि जनता समाजवादी पार्टीको आन्तरिक कार्यक्रममा व्यस्त रहेका मुख्यमन्त्री राउतले काठमाडौंबाट प्रदेश फर्किएलगत्तै आइतबार प्रदेशवासीलाई...

जलेको अवस्थामा मृत फेला

झापा, माघ १७–झापाको बाह्रदशी गाउँपालिकामा आज एक महिला मृतवस्थामा फेला परेकी छन् । बाह्रदशी–१ की ६० वर्षीया तलामयी मणि आफ्नै घरभित्र बिहान ७ः३० बजे जलेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ...

विद्युत प्राधिकरणको लापरवाहीले चार जनाको मृत्यु

विराटनगर । ताप्लेजुङमा नेपाल विद्युत प्राधिकरणको लापरवाहीका कारण चार जनाको ज्यान गएको छ । सडकमा लत्रिएको बिजुलीको तारमा छोएर जीप दुर्घटना हुँदा चालकसहित तीन यात्रुको मृत्यु भएको हो । सोमबार बिहान पाथीभरातर्फ जाँदै गरेको मे...

डीएनए परीक्षण गर्ने सहमतिपछि निहारिकाले अनशन तोडिन्

काठमाडौं, ६ भदौ । आफ्नो बच्चाको ‘डीएनए’ परीक्षणको माग राख्दै आमरण अनसन बसेकी निहारिका राजपुत र सरकार बीचमा तीन बुँदे सहमति भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र राजपुतबीच आइतबार राति तीन...

सीमावर्ती सवै वडा सिल गर्ने रतुवामाईको निर्णय

विराटनगर, जेठ १०–भारतबाट आएका दुई जनामा कोरोना संक्रमणको पुष्टि भएपछी भारतसँग सीमा जोडिएका रतुवामाई नगरपालिकाका सवै वडा सिल गरिएको छ । रतुवामाई नगरपालिकामा शनिबार स्थानीय सुरक्षा निकायका प्रमुखहरुसँगको छलफलपछि नगर क्षेत्रमा कोरोना संक्रमण रोक थाम...

जनकपुरका मस्जिदमा रहेका भारतीयमा देखिएन कोरोना संक्रमण

जनकपुर, १३ वैशाख-उदयपुर र पर्सामा भारतबाट फर्किएका जमातीमा कोरोना संक्रमण भेटिएपछि सचेतना स्वरुप प्रदेश–२ को अस्थायी राजधानी जनकपुरधामस्थित एक मस्जिदमा रहेका भारतीयको कोरोना परिक्षण गरिएको छ । कोभिड–१९ क्राइसीस म्यानेजमेन्ट सेन्टरको निर्णय बमोजिम सचेतना स्वरुप...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्