घरेलु तथा साना उद्योगीहरुद्धारा सरकारसँग राहतको ‘प्याकेज’ ल्याउन माग

 न्यूज विराट
घरेलु तथा साना उद्योगीहरुद्धारा सरकारसँग राहतको ‘प्याकेज’ ल्याउन माग

विराटनगर, बैशाख २१-मोरङका घरेलु साना उद्योगीहरुले सरकारसँग राहतको ‘प्याकेज’ ल्याउन माग गरेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको अगुवाईमा प्रदेश १ सरकारका उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासलाई विभिन्न १३ बँुदे मागसहितको ज्ञापनपत्र बुझाउँदै घरेलु साना उद्योग क्षेत्रलाई राहतको प्याकेज घोषणा गर्न माग गरेका हुन् ।

उनिहरुले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) संक्रमणको जोखिम न्युनिकरण गर्न सरकारले जारी गरेको लामो अवधीको बन्दाबन्दीका कारण सानो पुँजीबाट सञ्चालीत घरेलु तथा उद्योगहरु धारासायी बन्दै गएकाले बन्दाबन्दी अझ थप गरिए सो क्षेत्रका लागि राहतको माग गरेका हुन् ।

घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष नरेन्द्र हुमागाईँ, वरिष्ठ उपाध्यक्ष जयकमल अग्रवाल, उपाध्यक्ष चेतन निरौलाको टोलीले मन्त्री विश्वासलाई भेटेर ज्ञापनपत्र बुझाएको हो ।

घरेलु तथा साना उद्योग संकटग्रस्त अवस्थामा रहेकाले आगामी बजेटमा सो क्षेत्रका समस्या सम्बोधन हुनेगरी योजना तर्जुमा गर्न समेत आग्रह गरिएको नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका उपाध्यक्ष चेतन निरौलाले बताए ।

उनले बन्दाबन्दीले घरेलु तथा साना उद्योग क्षेत्रमा चरमा आर्थिक संकट उत्पन्न हुँदै गएकाले सुरक्षित र सामाजिकदुरी कायम गरि व्यापार व्यवसाय सञ्चालन गर्न प्रदेश सरकारले अनुमति दिनुपर्ने समेत माग गरिएको जानकारी दिए ।

ज्ञापन पत्रमा तीनै तहका सरकारले १ वर्षका लागि आयकर लगायतका राजश्वमा छुट, लघु उद्योग एक ठाउँ मात्र दर्ता, घरेलु तथा साना उद्योगले तेस्रो मुलुकबाट कच्चा पदार्थ तथा औद्योगिक मेशिनरी सामान आयात गर्न नसक्ने भएकाले नेशनल ट्रेडिङमार्फत हुनुपर्ने, बैंक तथा वित्तिय संस्थाहरुले १ वर्षका लागि ऋण अशुली रोक्का गरि ऋणको अवधि बढाउनुपर्ने, बैंकहरुको ब्याज राज्यले अनुदान दिनुपर्ने, बैंकको लगानीमा अनुदान वा सुविधायुक्त लगाउनुपर्ने, रुग्ण उद्योगलाई थप लगानी गराउने व्यवस्था राष्ट्रबैंकले गर्नुपर्ने माग गरिएको छ ।

त्यसैगरी उद्योगले उधारोमा उत्पादन विक्रि गरेकाले अशुलीमा समय लाग्ने हुँदा ६ महिना सम्म चेक बाउन्स नहुने व्यवस्था गरिनुपर्ने, श्रमिलकको सामाजिक सुरक्षा कोष र बैंक मार्फत पारिश्रमिक दिइने नियम १ वर्षका लागि स्थगित गरिनुपर्ने, बैंकहरुले १ देखि २ प्रतिशत सम्म लिने सेवा शुल्क कडाइका साथ निगरानी गरि रोक लगाउनुपर्ने, राज्यले दिने अनुदान सहकारीहरु मार्फत उद्योगमा लगानी गर्ने मौका दिइनुपर्ने, सुरक्षित र सामाजिक दुरी कायम गरि व्यापार÷व्यवसाय सञ्चालन गर्न दिनुपर्ने र सामाजिक दुरी कायम गरि ढुवानी सञ्चालन गर्न एवम ढुवानीमा खटिने कामदारका लागि बाटोमा तयारी खाना÷खाजा खानका लागि होटलहरु सञ्चालनको अनुमति दिनुपर्ने समेत माग गरिएको उपाध्यक्ष निरौलाले बताए । ज्ञापनपत्र बुझ्दै उद्योग राज्यमन्त्री विश्वासले घरेलु तथा साना उद्योगिका उचित माग सम्बोधन गरिने आश्वासन दिए ।

सम्बन्धित समाचार

विराटनगर आएर डा. शेखर कोइरालाले भने–देउवा पक्ष गलत मानसिकताबाट अघि बढीरहेको छ

विराटनगर, ६ मंसिर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १४ औं महाधिवेशनका लागि बनाइएको निर्वाचन समिति निष्पक्ष नभएको आरोप लगाएका छन्। सोमबार विराटनगरस्थित कोइराला निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले यस्तो आरोप लगाएका हुन्...

विराटले क्यान्सरविरुद्धको जनचेतना जोगाउने ‘आशा’ कार्यक्रम गर्दै, एकै दिन १५ कार्यक्रम हुने

विराटनगर । मोरङको बुढीगंगा–२ टंकीसिनुवारीमा रहेको रेवन्त रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले क्यान्सर विरुद्धको सचेतना मुलक कार्यक्रम गर्ने भएको छ । माघ २१ गते आईतबारका दिन विश्व क्यान्सर दिवसको अवसरमा १५ वटा भन्दा बढी जनचेतनामुलक...

कोरोना निको भएपछी डाक्टरले फूल दिएर विदा गरे

एजेन्सी, चैत १३-भारतको महाराष्ट्रमा कोरोना भाइरस संक्रमित एक परिवार पूर्ण रूपमा निको भएको छ । परिवारका चार सदस्यमध्ये तीन जनामा कोरोनाको संक्रमण भएको थियो । अस्पतालबाट उनीहरू बुधबार साँझ ४ बजे घर फर्किएका छन् ।...

जनपुरधामका पूर्वमेयर गिरीको कोरोनाबाट निधन

जनकपुरधाम, २८ साउन-जनकपुरधामका पूर्वमेयर तथा होटल रामाका सञ्चालक कृष्ण गिरीको कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु भएको छ ।उनको मंगलबार राति मृत्यु भएको उनका छोरा डा. सन्तोष गिरीले जानकारी दिए । कोरोना पुष्टि भएपछि गिरी काठमाडौंको...

१५ करोडको लगानीमा जनरल हस्पिटल आफ्नै भवनमा, बुधबार हुदैछ उद्घाटन

विराटनगर । विराटनगर १३ मलायरोड (साल्ट टेडिङ्ग) स्थित जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर हस्पिटल आफ्नै भवनमा सञ्चालनमा आउने भएको छ । बुधबार बिहान ९ बजे एक कार्यक्रम आयोजना गरी नयाँ भवनमा हस्पिटल सञ्चालनमा आउने...

प्रदेश २ मा थपिए १०७ संक्रमित

जनकपुरधाम, ३१ जेठ-प्रदेश २ मा पछिल्लो २४ घण्टामा ६ महिला र १ सय १ जना पुरुषगरी कुल १ सय ७ जना व्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । समाजिक विकास मन्त्रालयका अनुसार महोत्तरीका १, सर्लाहीका...

प्रदेश १ मा आज २६ सयको परिक्षण गर्दा ४९८ जनामा कोरोना

विराटनगर, २२ कात्तिक-प्रदेश १ मा शनिबार ४ सय ९८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २ सय २, सुनसरीमा १ सय ३८, झापामा ९२, खोटाङ र उदयपुरमा १६÷१६, इलाममा आठ, धनकुटामा तीन, पाँचथर, सोलुखुम्वु,...

बाँकेका सिडिओले दिएको पास बोकेर काठमाडौं आएकी थिइन् चन्द्रागिरीकी कोरोना संक्रमित

काठमाडौं, ३१ वैशाख-काठमाडौंको चन्द्रागिरी नगरपालिका-९ मच्छेनारायानकी कोरोना संक्रमित महिलालाई जिल्ला प्रशासन कार्यालय बाँकेले नै पास दिएर काठमाडौं पठाएको खुलेको छ । भारत घुमेर नेपालगन्ज हुँदै उपत्यका छिरेकी ति महिलालाई प्रशासनले नै पास दिएर पठाएको खुलेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्