महिला जागृती वृद्धा आश्रमका जेष्ठ नागरिकलाई औषधी र खाद्यान्य वितरण

 न्यूज विराट
महिला जागृती वृद्धा आश्रमका जेष्ठ नागरिकलाई औषधी र खाद्यान्य वितरण

विराटनगर, बैशाख १९–नेपाल औषधी व्यवसायी संघ मोरङले बुढीगंगा गाउँपालिका – १ पुष्पलालचौक स्थित महिला जागृती वृद्धा आश्रममा आश्रीत जेष्ठ नागरिकहरूलाई औषधी तथा खाद्यान्य वितरण गरेको छ ।

विश्वव्यापी महामारिका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) का कारण समस्या भएपछी संघका पदाधिकारीहरूले शुक्रबार आश्रममा पुगेर एक महिनासम्म पुग्ने औषधी र खाद्यान्य वितरण गरेको हो ।

लकडाउनको समयमा आश्रममा रहेका वृद्धाहरूलाई औषधी खरिद गर्न समस्या भइरहेको अवस्थालाई मध्यनजर गर्दै औषधी र खाद्यान्य सहयोग गरेको औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले जानकारी दिए । उनका अनुसार आश्रममा रहेका दुई दर्जन जेष्ठ नागरिकलाई एक महिनासम्म पुग्ने औषधी र खाद्यान्य वितरण गरिएको बताए ।

संघले यहाँ रहेका दीर्घरोगको औषधी, भिटामिन, आँखामा समस्यामा भएकालाई आँखामा लगाउने औषधी र खाद्यान्य सहयोग गरेको हो । आश्रममा रहेका वृद्धाहरूलाई प्रेसर, सुगर कोलिस्टोर, थाइराइटल र आँखामा समस्या विरामीलाई एक महिनासम्म पुग्ने औषधी र खाद्यान्य वितरण गरिएको औषधी व्यवसायी संघ मोरङका अध्यक्ष लक्ष्मी तिम्सिनाले जानकारी दिए ।

संघका अध्यक्ष तिम्सिना, उपाध्यक्ष ढकाल, महासचिब दिनेश ठाकुर, कोषाध्यक्ष विजय राजवंशी, सचिब हरिराज रेग्मीलगायत र अन्य पदाधिकारीहरूको उपस्थीतिमा औषधी र खाद्यान्य वितरण गरिएको थियो ।

यस अघि पनि मोरङ जिल्लाका औषधी व्यवसायीहरूले विराटनगर– ८ स्थित विराटेश्वर वृद्धाआश्रमा रहेको जेष्ठ नागरिकहरूलाई औषधी र सेनिटाइजर वितरण गरेका थिए । महामारीको रूपमा फैलिएको कोरोना भाइसर (कोभिड—१९) संक्रमणबाट बच्न पाँच लिटर सेनिटाइजर, फिमेल, दिर्घरोगको औषधी र आठ वटा ग्यास सिलेण्डर वितरण गरेका थिए । यस अघि संघले विराटेश्वर विद्धा आश्रममा पनि खाद्यान्न तथा औषधि वितरण गरेको थियो ।

सम्बन्धित समाचार

विराटनगरमा ४१ सहित प्रदेश १ मा १२५ जनामा कोरोना संक्रमण

विराटनगर, २७ पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२५ जनामा कोरोना संक्रमण भएको छ । ३९० जनाको पीसीआर परीक्षण गर्दा ८८ र २५१ जनाको एन्टिजेन परीक्षण गर्दा ३७ जनामा कोरोना संक्रमण भएको सामाजिक...

सरकारको नीति : १० वर्षमा दोब्बर कृषि उत्पादन

काठमाडौं, २ जेठ-वर्षअघि ५ वर्षमा कृषिमा आत्मनिर्भर नीति लिएको सरकारले नीति परिवर्तन गरेको छ । सरकारले आगामी १० वर्षमा  कृषि उत्पादनलाई अहिलेको भन्दा दोब्बर बनाउने नीति लिएको छ आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक...

प्रदेश १ मा थप ७ जनामा कोरोना पुष्टि, प्रदेश भरी संक्रमितको संख्या ६६ पुग्यो

विराटनगर, जेठ ७–प्रदेश १ मा ६६ जनालाई कोभिड—१९ पुष्टि भएको छ । आजथप ७ जनामा कोभिड—१९ पुष्टि भएको हो । प्रदेश प्रयोगशालामा गरिएको परीक्षणमा झापाका ५, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको प्रयोगशालमा धनकुटामा...

कपिलवस्तुका २ जनामा पनि देखियो कोरोना संक्रमण, संक्रमितको संख्या १०१ पुग्यो

काठमाडौं, २५ वैशाख-कपिलवस्तुका २ जनामा पनि कोरोना भाइरस पुष्टि भएको छ ।  आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो । आज देखिएका कोरोना संक्रमित कपिलवस्तु–८ का १६ वर्षका र २२...

कोरोना झन खतरनाक हुँदै गएको डब्लुएचओको चेतावनी

एजेन्सी, जेठ २७-संसारभरको धेरै देशमा कोरोना भाइरसका संक्रमितको संख्यामा कमी आइरहेका बेला विश्व स्वास्थ्य संगठनले यो संक्रमण थप खतरनाक हुँदै गएको चेतावनी दिएको छ । डब्लुएचओका महानिर्देशक टेड्रोस एडहानम गेहब्रेससले सो कुरा बताएका हुन् ।...

उदयपुरमा चट्याङ लागेर वृद्धको मृत्यु

उदयपुर, २ जेठ-उदयपुरमा चट्याङ लागेर १ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा उदयपुरको कटारी नगरपालिका–३ राजावासका ६१ वर्षीय लिबहादुर सुनुवार रहेका छन् । बिहीबार दिउँसो जंगलमा गाईवस्तु चराउन गएका सुनुवार साँझपख घर फर्कने क्रममा...

म्यानमारमा रिहा भए ६ सयभन्दा बढी प्रदर्शनकारी

म्यान्मारमा ‘कू’ विरोधी प्रदर्शनमा लागेका ६ सयभन्दा मानिसलाई बुधबार रिहा गरेको जेलका एक वरिष्ठ अधिकारीले एएफपी समाचार समितिलाई बताएका छन् । ‘हामीले आज इन्सेन जेलबाट ३६० जना पुरुष र २६८ जना महिलालाई रिहा गरेका छौँ,’...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्