पुनर्कर्जासम्बन्धी कार्यविधि परिमार्जन गर्दै राष्ट्र बैंक

 न्यूज विराट
पुनर्कर्जासम्बन्धी कार्यविधि परिमार्जन गर्दै राष्ट्र बैंक

काठमाडौं, १९ वैशाख-साना तथा घरेलु व्यवसायीलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले पुनर्कर्जासम्बन्धी कार्यविधि परिमार्जन गर्ने तयारी गरेको छ ।साना तथा घरेलु व्यवसायीलाई प्राथमिकता दिनेगरी पुनर्कर्जा कार्यविधि बनाइने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताएका हुन् ।पुनर्कर्जाको प्रकृया धेरै लामो भएकाले प्रयोगमा नआएको र ठूला खालका ऋणीहरूले मात्रै पहुँच रहेकाले कार्यविधि परिमार्जन गरिन लागेको उनले बताए ।

‘अहिलेको प्रोसेस धेरै लामो भयो । ठूला खालका ऋणीहरूले मात्रै हिजो पाएको जस्तो देखियो । सानोभन्दा सानो ग्राहकले पनि पाउने गरी कार्यविधि बनाउँदैछौँ’ उनले भने, ‘सामान्य पुनर्कर्जामा २ प्रतिशत व्याज छुट हुन्छ । हिजो राष्ट्र बैंकले ३ र अन्य बैंकहरूले ७ प्रतिशत ब्याज लिँदै आएका थिए । अहिले त्यसलाई घटाएर राष्ट्र बैंकले २ र अन्य बैंकले ५ प्रतिशतमा दिनुपर्ने छ ।’

सरकारले पुर्नकर्जाको सीमा पनि विस्तार गरेको छ । पुनर्कर्जाको सीमा विस्तार गरी १ खर्ब पुर्‍याउने निर्णय सरकारले गरेको हो । पुनर्कर्जा कोषबाट प्रवाह हुने कर्जाको ब्याजदर घटाउने व्यवस्थाका लागि नेपाल राष्ट्र बैंकले व्यवस्था मिलाउनुपर्ने र साना तथा घरेलु उ

सम्बन्धित समाचार

विराटनगरमा ४ सहित प्रदेश १ मा १० जनामा कोरोना संक्रमण

विराटनगर, १५ पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १० जनामा कोरोना संक्रण भएको छ । ३३५ जनाको पीसीआर परीक्षण गर्दा ९ र १११ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास...

कटहरी १ नम्बर वडा कार्यालय आफ्नै भवनमा, छिटो र क्षरितो सेवा सुरु गर्न जोड

विराटनगर । मोरङको कटहरी गाउँपालिका – १ नम्बर वडा कार्यालय आफ्नै भवनमा सरेको छ । ७२ लाख २० हजार ३८६ रुपैयाँ लागतमा निमार्ण भएको भवन आइतबारबाट आफ्नै नवनिर्मित भवनबाट सेवा सुरू गरेको हो । नवनिर्मित...

धरौटी शुल्क नलिई संक्रमितको उपचार गर्न सरकारको निर्देशन

काठमाडौं, १६ कात्तिक-सरकारले सरकारी अस्पताललाई धरौटी शुल्क नलिएर कोरोना भाइरस (कोभिड-१९) संक्रमितको उपचार गर्न निर्देशन दिएको छ ।सरकारी निर्देशनअनुसार भन्दै विभिन्न सरकारी अस्पतालले सूचना नै प्रकाशन गरी धरौटी रकम माग गरेपछि सरकारले यस्तो निर्देशन दिएको...

युवा सङ्घद्वारा सांसद गिरीलाई कारबाही गर्न माग

काठमाडौं, २८ जेठ-राष्ट्रिय युवा सङ्घ नेपालले सङ्घीय सांसद सरिता गिरीलाई कारबाहीको माग गरेको छ । सङ्घका संयोजक रामप्रसाद सापकोटा र सहसंयोजक रमेश पौडेलले आज विज्ञप्ति जारी गर्दै सङ्घीय सांसद गिरीले संवैधानिक, राष्ट्रहित प्रतिकूल एवं देशको...

कार्यान्वयनमा आएन घरभाडा छुट

काठमाडौं, १५ वैशाख-शङ्खमूल बस्दै आएकी शर्मिला तामाङले घरबेटीले पटकपटक ताकेता गरेपछि गत साता घरभाडा तिरिन् । कहिले भारी बोक्ने त कहिले भाँडा माझ्ने गरी आफ्नो जीविकोपार्जन गर्दै आएकी उनलाई खानै धौधौ परेको थियो । काठमाडौंको...

प्रदेश, जिल्ला र स्थानीय तहमा पनि लकडाउनमा कडाइ

सरकारले लकडाउनलाई थप कडाइ गर्ने भएको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश, जिल्ला र स्थानीय तहबाट समेत लकडाउन कडाइका साथ लागूू गर्ने निर्णाय गरेको हो । यसअनुसार एक जिल्लाबाट अर्को जिल्लामा पनि जाज पाइनेछैन...

संसारकै सम्पन्न शहरमा थाङ्नाको मास्क

एजेन्सी, चैत १५-अमेरिकाको समृद्ध राज्य न्यूयोर्क यतिबेला इतिहासको सबैभन्दा खतरनाक महामारीसँग जुधिरहेको छ । कोरोना भाइरसबाट शुक्रबार मात्र ८५ न्यूयोर्कवासीले ज्यान गुमाएका छन् । अहिलेसम्म न्यूयोर्कमा ४० हजार मानिस कोरोना संक्रमित भएको पाइएको छ ।हालत...

कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु, मृतकको संख्या १२०२ पुग्यो

काठमाडौं, २८ कात्तिक-पछिल्लो २४ घण्टाको अवधिमा थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधिमा १३ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो । योसँगै कोरोनाका कारण मृत्यु हुनेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्