जानकी जन्मोत्सवमा सुनसान जन्मभूमि

 न्यूज विराट
जानकी जन्मोत्सवमा सुनसान जन्मभूमि

जनकपुर, १९ वैशाख-धार्मिक एवं पर्यटकीय नगरी जनकपुरधाममा जानकी जन्मोत्सव आज मनाइँदै छ । त्रेता युगमा वैशाख शुक्ल नवमीका दिन देवी जानकीको जन्म भएकाले जनकपुरधाममा जानकी जन्मोत्सव प्रत्येक वर्ष विशेष उत्सवका साथ मनाइने गरिन्छ । जन्मोत्सवका लागि जानकी मन्दिरलाई विशेष रूपले सजाइएको छ । लकडाउनका कारण आम श्रद्धालुलाई मन्दिरभित्र प्रवेश गर्न दिइएको छैन ।

‘यसपाली कसैलाई मन्दिर आउन हामीले भनेका छैनौँ घरबाट उत्सव मनाउन आग्रह गरेका छौँ,’ जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले भने, ‘पहिला आफ्नो जीवन बचाउनु पर्छ ।’

सीताको जन्मोत्सव वैशाख शुक्ल नवमी तिथिका दिन परे पनि मिथिलाञ्चलमा एक महिना पहिलादेखि नै यसको धुम रहेको छ । घर–घरमा सोहर (बच्चा जन्मको बेला मिथिलाञ्चलमा गाइने गीत) गाउने कार्य चैत देखि नै सुरु भएको हो । रातिमा घण्टौँ यस्ता गीतहरू महिला आ-आफ्ना घरमा गाउने गरिन्छ ।

जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा लकडाउनका बाबजूद पूरै उत्सवको महौल बनेको छ’ महन्थ राम तपेश्वर दास वैष्णव भन्छन्, ‘देवी सीताको जन्मोत्सवमा सरिक हुनेको छुट्टै महत्व रहेको छ त्यस कारण यो क्षणलाई कसैले छोड्न चाहँदैनन् । जनकपुरमा त यहाँ सम्म भनिन्छ कि जानकी नवमी, विवाह पञ्चमी, राम नवमी र झुलामा भगवान राम सीता वैकुण्ठबाट मिथिलामा आई हाल्नुहुन्छ । यसपाली कसैलाई मन्दिर आउन हामीले भनेका छैनौँ ।’

सम्बन्धित समाचार

संक्रमितको उपचारमा संक्रमित स्वास्थ्यकर्मीले सघाउँदै

विराटनगर, जेठ ८–विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा धनकुटाका ४ जना स्वास्थ्यकर्मी उपचाररत छन् । जेठ ४ गते पहिलो पटक जिल्ला अस्पताल धनकुटाकी एक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टी भएको थियो । स्वास्थ्यकर्मीमा कोरोना पुष्टी...

सिरहामा जेठ २१ गतेसम्मका लागि निषेधाज्ञा

सिरहा, ३१ वैशाख । कोरोना संक्रमण दिनदिनै बढ्दै गएपछि सिरहामा तीन साताका लागि निषेधाज्ञा जारी गरिएको छ । बिहीबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी आगामी...

आम्दानी घटेका सबै प्रकृतिका श्रमिकको कष्टकर जीवनप्रति दुःखी छुः प्रधानमन्त्री ओली

काठमाडौं, १९ वैशाख-प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका कारण उद्योग/व्यवसाय बन्द हुँदा आम्दानी घटेका कार्यरत श्रमिककाे कष्टकर जीवनप्रति आफू दुःखी भएको बताएका छन् । १३१औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री...

बूढानीलकण्ठ स्कुलको भव्य भयो ४१ औं अभिभावक दिवस, एक दर्जन बढी शिक्षक सम्मानित

विराटनगर । विराटनगर – २ मा रहेको बूढानीलकण्ठ सेकेन्डरी इंग्लिस बोर्डिङ स्कुलले विभिन्न कार्यक्रम आयोजना गरी ४१ औं अभिभावक दिवस मनाएको छ । स्कुल परिसरमा दुई दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरी शनिबार वार्षिक उत्सव तथा...

भेन्टिलेटर खरिदका कागजपत्र अख्तियारमा

अख्तियार अनुसन्धान आयोग कार्यालय कञ्चनपुरले महाकाली अस्पतालको भेन्टिलेटरलगायतका उपकरण खरिद प्रक्रियाका कागजपत्र नियन्त्रणमा लिएको छ । उपकरण खरिदमा अनियमितता भएको आरोप लागेपछि छानबिनका लागि अख्यिारले कागजपत्र नियन्त्रणमा लिएको हो । भेन्टिलेटरलगायतका उपकरण खरिदका कागजपत्र नियन्त्रणमा लिएर...

डा. बालकृष्ण साह समानुपातिक सांसदमा सिफारिस

विराटनगर । वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. बालकृष्ण साह समानुपातिक सांसदमा नेपाली काँग्रेसले सिफारिस गरेको छ । डा. साहलाई सुनसरी क्षेत्र नं. २ को (ख) बाट समानुपातिक सांसदमा सिफारिस गरेको हो । स्वास्थ्य...

इनरुवाबाट २५० केजी गाँजा सहित २ जना पक्राउ

विराटनगर, २१ माघ । सुनसरीको इनरुवा नगरपालिका–२ बलाहा नहरबाट २ सय ५० केजी गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । को १ च ९८५२ नम्बरको बलेरो गाडीमा ठुलो परीणाममा गाँजा तस्करी भईरहेको भन्ने...

भारतबाट फर्केर क्वारेन्टाइनमा बसेका बालकको मृत्यु

डडेल्धुरा, १८ जेठ-डडेल्धुरामा क्वारेन्टाइनमा बसेका १ बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको नवदुर्गा गाउँपालिका-३ का साढे ६ वर्षीय बालक रहेका छन् । प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार शनिबार राती १२ बजेतिर जिल्ला...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्