सप्तरीमा मृग मार्ने २ जना पक्राउ

 न्यूज विराट
सप्तरीमा मृग मार्ने २ जना पक्राउ

जनकपुर, १९ वैशाख-लकडाउनका बेला प्रदेश–२ को वन क्षेत्रमा जंगली जनावरको सिकार र काठको तस्करी बढेको छ । डिभिजन वन कार्यालय सप्तरीले सक्रियता बढाएपछि सिकारी र तस्कर पक्राउ पर्न थालेका छन् ।

यसैबीच, जिल्लाको अग्नीसाइर कृष्णासवरण गाउँपालिका–५ स्थित महुली खोलाबाट मारेको रतुवा मृगसहित २ जनालाई पक्राउ गरिएको छ । गस्तीमा रहेका सशस्त्र वन रक्षकले गोलीको आवाज सुनेपछि त्यस क्षेत्रमा जाँदा मृग मारेर लैजाँदै गर्दा २ जनालाई पक्राउ गरिएको डिभिजन वन कार्यालय सप्तरीका प्रमुख सन्तोषकुमार झाले जानकारी दिए ।

मृगलाई मार्ने समूहमा रहेका केही हतियारधारी व्यक्ति भने भागेका छन् । उनीहरुको खोजी भइहरेको प्रमुख झाले बताए । मृगसहित पक्राउ गरिएका दुबै जना उदयपुरको भुल्के र जोगीदह क्षेत्रका बासिन्दा हुन् । उनीहरुलाई डिभिजन वन कार्यालय अन्तर्गतको महुली सवडिभिजनमा राखिएको छ ।

लकडाउन अवधिमा प्रदेश–२ मा चोरीसिकारी तथा वन तस्करीमा संग्लन ३५ जना पक्राउ परिसकेको छन् । अहिले प्रदेशका ८ वटै जिल्लामा डिभिजन वन कार्यालयले विशेष सर्तकर्ता अपनाएको प्रदेश वन निर्देशनालयका अधिकृत सुरेश शर्माले जानकारी दिए ।

यसैबीच, सप्तरीमा अवैध रुपमा मारिएको बँदेल सुरक्षाकर्मी समेतले खाएको खुलेको छ । लकडाउनकै क्रममा केही दिन अघि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको भारदह क्षेत्रमा एउटा जंगली बँदेल स्थानीयले मारेको र त्यसको मासु भारदहस्थित सशस्त्र प्रहरीको पोष्टमा रहेका सुरक्षाकर्मीसहित अन्यत्र पनि भाग लगाएर वितरण गरिएको थियो ।

भारदहस्थित सशस्त्र प्रहरी पोष्टका सशस्त्र प्रहरी निरीक्षक वैद्यनाथ झाले बँदेल कहाँ र कसरी मारिए भन्ने कुरा थाहा नभए पनि आफूलाई ७ किलो मासु आएको र २०/२२ जना सुरक्षाकर्मी मिलेर खाएको स्वीकार गरेका छन् ।

सम्बन्धित समाचार

धनकुटामा थप ५ जनामा कोरोना संक्रमण

विराटनगर, जेठ ६-धनकुटामामा मंगलबार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ४ स्वास्थ्यकर्मी र १ जना सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको हो । सोमबार धनकुटा अस्पतालमा...

पश्चिमाञ्चल अस्पतालमा स्यानिटाइजर टनेल, ५ सेकेन्डमा होलबडी स्प्रे

पोखरा, ८ वैशाख-विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्नका लागि पोखरा महानगरपालिकाले पोखराका विभिन्न ठाउँमा स्वचालित स्यानिटाइजर टनेल सञ्चालनमा ल्याएको छ । महानगरले यसै क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको पूर्वपट्टिको गेटमा...

आज २६३८ जनामा कोरोना, सक्रिय संक्रमितको संख्या ३६ हजार नाघ्यो

काठमाडौं, २८ असोज-गत २४ घण्टामा नेपालमा २ हजार ६ सय ३८ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । १३ हजार ९ सय ४७ को पीसीआर गर्दा आज देशभर २ हजार ६ सय ३८  नयाँ...

बी डिभिजन क्रिकेट : झोराहाट र होराइजन विजयी

विराटनगर । मोरङ जिल्ला स्तरिय वि डिभिजन क्रिकेट प्रतियोगिता अन्तरगत विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको खेलमा झोराहाटको ग्रामथान क्रिकेट क्लव र होराइजन क्रिकेट ब्लव विराटनगर विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । पहिलो खेलमा झोराहाटले...

एईईमा ४ जीपए ल्याउने शिरीन भट्टराईलाई बुढानीलकण्ठ स्कुलको सम्मान

विराटनगर । एसईईको परीक्षामा ४ जीपीए ल्याउने विद्यार्थी शिरीन भट्टराईलाई विराटनगर – २ स्थित बुढानीलकण्ठ अ. मा. वि. ले सम्मान गरेको छ । स्कुल परिसरमा मंगलबार एक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो । एसईईको...

शनिबार नेकपाले बोलायो सचिवालय बैठक

काठमाडौं, ५ असार-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शनिबार सचिवालय बैठक बोलाएको छ ।विभिन्न समसामयिक विषयमाथि छलफल गर्न नेकपाले शनिबार बिहान ९ बजे सचिवालय बैठक बोलाएको हो । बैठकमा मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) बारे निर्णय हुन सक्ने...

विराटनगरमा ५ देखि ११ वर्षसम्मका बालकालिकालाई कोरोनाविरुद्धको खोप

विराटनगर, १६ साउन । विराटनगरमा मंगलबारदेखि बालबालिकाहरुलाई कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ । महानगरपालिकाले जारी गरेको सूचना अनुसार ५ वर्षदेखि ११ वर्षसम्म उमेरसमुहका बालबालिकालाई कोरोना भाइरसविरुद्धको दोस्रो मात्र लगाइने भएको हो । फाइजर खोजको...

वैशाख कृष्ण औँसी आज, सामाजिक दूरी कायम गरेर आमाको अनुहार हेर्न सुझाव

काठमाडौं, ११ वैशाख-वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने दिन आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुसी पारी मनाइँदै छ । यो वर्ष कोरोना महामारी भएकाले सामाजिक दूरी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्