मेलम्चीको काम जारी, फिनिसिङ कार्य अन्तिम चरणमा

 न्यूज विराट
मेलम्चीको काम जारी, फिनिसिङ कार्य अन्तिम चरणमा

काठमाडौं, १९ वैशाख-बन्दाबन्दीको १ महिना बिते पनि काठमाडौंवासीको आशाको केन्द्र राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको सुरुङको अन्तिम विन्दु सुन्दरीजलमा काम जारी छ । आयोजनामा सुरुङभित्र र सुरुङबाट पानी निस्कने स्थानमा ढोका राख्ने व्यवस्था भइरहेको सुन्दरीजल साइड हेर्ने इञ्जीनियर रामजी लामिछानेले जानकारी दिए । आयोजनामा २८ जना कामदारले नियमित काम गरिरहेका छन् ।

सुन्दरीजलमा भइरहेको कामको नियमितरूपमा अनुगमन एवं मूल्याङ्कनसमेत भइरहेको उनले बताए । बिहीबार मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्री, निर्माण कम्पनी सिनो हाइड्रो र परामर्शदाता कम्पनी इप्तिसाका प्रतिनिधिबीच सुन्दरीजलका कामको स्थलगत अनुगमनपछि अझ गतिका साथ काम अघि बढाउने विषयमा सहमति भएको थियो । १ महिनामा सुन्दरीजलको काम सक्ने सहमति छ ।

सुन्दरीजलमा ८ करोड ५० लाख लिटर पानी प्रशोधन केन्द्र निर्माण भइसकेको छ । उति नै क्षमताको अर्को संरचना निर्माण अन्तिम चरणमा पुगेको छ । १ महिनामा सुन्दरीजलको प्रशोधन केन्द्रको काम पनि सक्ने गरी काम भइरहेको जनाइएको छ । असार मसान्तसम्म मेलम्ची खोलाको दैनिक १७ करोड ७० लाख लिटर पानी सुन्दरीजलमा झार्ने आयोजनाको लक्ष्य छ । पानी झरेपछि सुन्दरीजलका २ प्रशोधन केन्द्रमा परीक्षण गरी उपत्यकामा वितरण गरिने छ ।

सम्बन्धित समाचार

रौतहट बम विस्फोटन प्रकरण: आलमका सहयाेगी पक्राउ

काठमाडौं, २५ जेठ-प्रहरीले रौतहट बम विस्फोट घटना एक अभियुत्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको सिम्राैनगढ नगरपालिका–४ का ५५ वर्षीय मुक्ति साह छन् । उनलाई प्रदेश २ को प्रहरी टोलीले शनिबार पक्राउ गरेको प्रदेश...

६८औं राष्ट्रिय सहकारी दिवस दीप प्रज्वलन कार्यक्रमको आयोजना भव्य रुपमा सम्पन्न

विराटनगर, चैत १९ – "मर्यादित सहकारीः समुन्नत समाज" नाराका साथ ६८औं राष्ट्रिय सहकारी दिवस दीप प्रज्वलन कार्यक्रमको आयोजना भव्य रुपमा सम्पन्न भएको छ। दिवसको पूर्वसन्ध्यामा चैत १९ गते साँझ विराटनगर महानगरपालिका, महेन्द्रचोकमा दीप प्रज्वलन कार्यक्रमको...

आफैले बोकेको पेस्तोलले गोली हानी हवल्दारद्वारा आत्महत्या

सुनसरी, १६ असार-सुनसरी जिल्ला अदालतमा कार्यरत एक प्रहरी हवल्दारले आफैँले बोकेको पेस्तोलबाट गोली हानेर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार जिल्ला अदालत सुनसरीमा कार्यरत उर्लावारी नगरपालिका घर भएका ओमप्रकाश खतिवडाले सोमबार आत्महत्या...

प्रदेश १ बाट मंगलबार ३८ जना डिस्चार्ज, ६ संक्रमित थपिए

विराटनगर, असार ३०–प्रदेश १ मा मंगलबार एकै दिन ३८ जना डिस्चार्ज भएका छन् । विराटनगर स्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १३ महिला र ६ पुरुष, उदयपुरको चौदण्डिगढी स्थित कोभिड–१९ आईसोलेसन केन्दबाट ६ महिला...

प्रदेश १ मा सोमबारसम्म ३२ सय ६८ जनाको कोरोना परिक्षण

विराटनगर, बैशाख ८–प्रदेश १ मा सोमबारसम्म तीन हजार २ सय ६८ जनामा कोरोना परीक्षण भएको छ । सरकारले दू्रत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने पीसीआर विधिबाट कोरोना संक्रमण भए नभएको धमाधम परीक्षण गरिरहेको छ...

असिना पानीले हिउँदे बाली नष्ट

सुर्खेत, ६ वैशाख-शनिबार बिहान परेको हावाहुरीसहितको असिना पानीले कालिकोटको नरहरीनाथ गाउँपालिका गहुँबाली नष्ट गरेको छ । वर्षासँगै आएको असिना पानीले तरकारी, फलफूल तथा हिउँदे गहुँबालीमा ठूलो क्षति पुगेको हो । हावाहुरी र असिना पानीले पाक्न...

आज तीन वटा प्रदेशमा पानी पर्नसक्ने

काठमाडौं, २८ माघ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा अन्य भूभागमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश भने...

माइक्रोसफ्टले पूर्ण रूपमा बन्द गर्दै इन्टरनेट एक्सप्लोरर

एजेन्सी, ७ जेठ । कुनैबेला इन्टरनेट ब्राउजरको क्षेत्रमा एकछत्र राज गरेको माइक्रोसफ्टको इन्टरनेट एक्सप्लोरर अन्ततः बन्द हुने भएको छ । सन् २०२२ को जुन १५ देखि इन्टरनेट एक्सप्लोररको सपोर्ट बन्द गर्ने घोषणा माइक्रोसफ्टले गरेको छ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्