पहुँच र पावरको भरमा मात्र योजना छनौट नहोस् : सांसद मण्डल

 न्यूज विराट
पहुँच र पावरको भरमा मात्र योजना छनौट नहोस् : सांसद मण्डल

विराटनगर, बैशाख १९–पूर्वमन्त्री तथा प्रतिनिधसभाका सदस्य शिवकुमार मण्डलले पहुँच र पावरका आधारमा मात्र योजना छनौट नगर्न सरकारलाई सुझाव दिएका छन् ।

आगामी बजेटको विषयवस्तुमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सांसदहरुसँग भएको छलफलमा उनले यस्तो बताएका हुन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ र सांसदहरुबिच भएको छलफलमा उनले शक्ति र पहँुचका आधरमा एउटै निर्वाचन क्षेत्रमा बढी योजना पर्ने परिपाटीको अन्त्य हुनुपर्ने बताए ।

सांसद मण्डलले बिगतमा मन्त्रीहरुले आफ्नै निर्वाचन क्षेत्रमा मात्र अत्याधिक योजना पार्ने गरेकाले अबदेखि कुनै एक निर्वाचन क्षेत्रको मात्र नभई समग्र देशको मन्त्री बन्नुपर्नेमा जोड दिए ।

उनले योजना छनौट गर्दा देशको समग्र विकासका आधारमा योजनाहरुलाई सम्बोधन गर्नेगरी बजेट बिनियोजन हुनुपर्ने बताए । सांसद मण्डलले नितिगत समस्या र झण्झटिलो खरिद ऐनका कारण विकास निर्माणमा ढिलासुस्ती भइरहेको बताउँदै खरिद ऐन संशोधन र आवश्यक कानुनहरुमा भएको झन्झटिलो व्यवस्था अन्त्य गरिनुपर्नेमा समेत जोड दिए ।

सम्बन्धित समाचार

एनटीसीका ग्राहकले विनाब्यालेन्स ५० मिनेट कुरा गर्न पाउने

काठमाडौं, ८ वैशाख-नेपाल टेलिकमका ग्राहकले शून्य ब्यालेन्समा पनि करिब ५० मिने कुरा गर्न पाउने भएका छन् । लकडाउनको कारण आफन्तसँग कुराकानी गर्न नपाएका ग्राहलाई केन्द्रित गरेको यस्तो योजना ल्याइएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको...

प्रतिवन्धित लागु औषध ब्राउन सुगर सहित १ जना पक्राउ

विराटनगर, २८ माघ ।सुनसरीको धरान उपमहानगर पालिका-१६ स्थितबाट प्रतिवन्धित लागु औषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान-१६ का २४ बर्षीय प्रबिण भुजेल रहेका छन । हिजो बेलुकी साढे...

थप ६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७३ पुग्यो

काठमाडौं, जेठ ३-नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमित बर्दिया नार्खु-११ की २८ वषीया महिला,...

ओखलढुङ्गामै र्‍यापिड परीक्षण गर्ने तयारी

ओखलढुङ्गा, ४ वैशाख-ओखलढुङ्गामै कोरोनाको र्‍यापिड परीक्षण हुने भएको छ । प्रदेश नं १ सरकारले कोरोना परीक्षणका लागि आवश्यक स्वाथ्य सामग्री उपलब्ध गराएपछि जिल्लामै कोरोनाको र्‍यापिड परीक्षण गर्ने तयारी थालिएको हो । प्रदेश सरबारबाट र्‍यापिड डाइग्नोस्टिक...

उपत्यका भित्रिने नाकामा थप कडाइ

काठमाडौं २४ वैशाख-जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले काठमाडौं उपत्यका भित्रिने मुड्खु, नागढुङ्गा, साँखु,...

सौन्दर्यकर्मी यूनियनद्वारा भारती कामतलाई छात्रवृत्ति प्रदान

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल (नाबुन) विराटनगर महानगर कमिटिले आफ्नो वार्षिकोत्सवको अवसरमा सामुदायिक विद्यालयकी एक जेहेन्दार छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ ।विराटनगर २ स्थित जनता नमुना माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा आठकी छात्रा भारती कुमारी...

रतुवामाईमा रसायनिक मल अभाव

विराटनगर, बैशाख २१–मोरङको रतुवामाई नगरपालिकामा रसायनिक मल अभाव भएपछी कृषकहरु यतिबेला चिन्तीत बनेका छन् । धान जोन र मकैको ब्लक क्षेत्र रहेको सो नगरपालिकामा कृषकहरु यतिबेला रासायनिक मल नपाएर हैरान भएका हुन् । चैते धान...

तेस्रो संस्करणको मिल्स गोल्डकप फागुन २७ गतेबाट, बिजेतालाई २ लाख ११ हजार

विराटनगर । तेस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।फागुन २७ देखि चैत ४ गतेसम्म विराटनगरस्थित जुट मिलको खेल मैदानमा मिल्स गोल्डकप हुने भएको हो । प्रतियोगिताको बिजेता र उपबिजेता हुने टिमलाई यसपटक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्