मन्त्रिपरिषद्ले गर्‍यो करछुटसहितका यी १३ निर्णय

 न्यूज विराट
मन्त्रिपरिषद्ले गर्‍यो करछुटसहितका यी १३ निर्णय

काठमाडौं, १८ वैशाख-गत १४ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले अर्थ, श्रम, रोजगार, सामान्य प्रशासन र स्वास्थ्य क्षेत्रमा विभिन्न निर्णयहरू गरेको छ ।आज सार्वजनिक गरिएको निर्णयमा सार्वजनिक खरिद (दशौँ संशोधन) नियमावली, २०७७ स्वीकृत गर्ने निर्णय गरेको छ भने कोभिड- १९ का कारण प्रभावित क्षेत्रहरूका लागि राहत, करछुट तथा सुविधा स्वीकृत गरेको छ ।

यसरी नै कोभिड-१९ को संक्रमण रोकथाम, नियन्त्रण र उपचार तथा सोको कारणबाट अर्थतन्त्रमा पर्न सक्ने क्षति न्यूनीकरण गर्न आवश्यक स्रोत व्यवस्थापन गर्न थप अन्तर्राष्ट्रिय सहायता परिचालन गर्न अर्थ मन्त्रालयलाई स्वीकृति दिने निर्णय पनि गरेको छ ।

मन्त्रिपरिषद्ले महाकाली लोकमार्ग (दार्चुला-टिङ्कर सडक)को कुल १ सय ३४ किलोमिटरमध्ये ठेक्का व्यवस्थापन हुन बाँकी ८७ किलोमिटर (घाँटीबगर-टिङ्कर) खण्डको ट्रयाक निर्माण कार्य नेपाली सेनामार्फत गराउन स्वीकृति दिने, ईपीएस प्रणालीअन्तर्गत कोरियामा काम गर्ने अनुमति प्राप्त वैध प्रवेशाज्ञा भएर हाल बिदामा नेपालमा रहेका व्यक्तिहरू स्वेच्छाले आफ्नो काममा फर्की जान चाहेमा निजहरूको स्वास्थ्य परीक्षण गराई उनीहरूकै खर्चमा चार्टर्ड उडानबाट जान स्वीकृति दिने निर्णय पनि गरेको छ ।

सम्बन्धित समाचार

विराटनगर १० नम्बर वडाद्धारा अपाङ्गता भएका व्यक्तिलाई ह्युलचियर वितरण

विराटनगर । विराटनगर महानगरपालिका १० नम्बर वडा कार्यालयले अपाङ्गता भएका व्यक्तिहरुलाई ह्युलचियर सहित अन्य विभिन्न समाग्रीहरु वितरण गरिएको छ । विराटनगर –१० स्थित जेसिज भवनमा एक कार्यक्रम आयोजना अपाङ्गता भएका व्यक्तिहरुलाई ह्युलचियर सहित अन्य विभिन्न...

सप्तकोसी नगरपालिकामा अनियमिमता बढेको भन्दै जनप्रतिनिधि आन्दोलित

सप्तरीको सप्तकोसी नगरपालिकामा व्यापक अनियमिमता भएको भन्दै जनप्रतिनिधिसहित चारवटा राजनीतिक दलले संयुक्त रूपमा आन्दोलन थालेका छन् । एकलौटी ढंगले अघि बढेका नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत मिलेर एक करोडभन्दा बढी रुपैयाँको अनियमिमता गरेको आरोप लगाउँदै...

विकासशील देशमा थप ५० कराेड खाेप वितरण गर्ने अमेरिकाको घोषणा

एजेन्सी, ७ असोज । अमेरिकाले विकासशील देशहरूलाई कोरोना भाइरसविरुद्धको फाइजर खोपको थप ५० करोड मात्रा सहयोग गर्ने भएको छ । अर्को वर्षबाट थप ५० करोड फाइजर खोप विकासशील मुलुकहरूलाई बाँड्ने राष्ट्रपति जो बाइडेनले घोषणा गरेका...

अझै सिल भएन सप्तरीमा कोरोना भेटिएका युवकको गाउँ

सप्तरी, ३१ वैशाख-सप्तरीको डाक्नेश्वरी नगरपालिका-३ हटैलका १ युवकमा कोरोना संक्रमणको पुष्टि भएपछि सिल गरिएको सुनिए पनि बस्तीमा हालसम्म सेनिटाइजसम्म नगरिएको स्थानीयहरूले गुनासो गरेका छन् । बस्तीमा संक्रमित भेटिएसँगै आफूहरू त्रसित भएको अवस्थामा हालसम्म जनप्रतिनिधीले कुनै...

मंगलबारदेखि निजी सवारीमा जोर–बिजोर लागू गर्ने तयारी

सरकारले काठमाडौं उपत्यकामा मंगलबारदेखि निजी सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गर्ने तयारी गरेको छ । स्मार्ट लकडाउन लगाउने तयारी गरेको सरकारले निजी सवारीसाधनमा जोर–बिजोर प्रणाली गर्ने तयारी गरेको हो । ‘निजीको हकमा जोर–बिजोर गर्ने विषयमा छलफल...

मुक्ति कृषि सहकारीको अध्यक्षमा पुनः आचार्य सर्वसम्मत

विराटनगर । मोरङको कानेपोखरी २ को मुक्ति कृषि सहकारी संस्थाको अध्यक्षमा पुनः अर्जुन आचार्य सर्वसम्मत चयन भएका छन् । आचार्य स्थापना कालदेखि निरन्तर अध्यक्ष हुँदै आएका छन् । शुक्रबार सम्पन्न आठौं साधरणसभाको अवसरमा भएको निर्वाचन...

राप्रपामा मनोनयन दर्ता आज, थापा र लिङ्देन प्यानलसहित चुनावी मैदानमा

काठमाडौं, मंसिर १७ । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । मतदाताको विवाद टुंग्याएको राप्रपाले आज मतदाता नामावलीमाथि दावी विरोध पश्चात उम्मेदवारी दर्ता हुनेछ । निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतका...

एसईईको नतिजा ३ दिनभित्र

काठमाडौं, ३२ साउन-माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा ३ दिनभित्र सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले दुई तीन दिनभित्र सार्वजनिक गर्ने जानकारी दिए । २० साउनभित्र नै नतिजा सार्वजनिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्