धरौटीमा छुटेलगत्तै व्यवसायी सुलभ अग्रवाल पुनः पक्राउ

 न्यूज विराट
धरौटीमा छुटेलगत्तै व्यवसायी सुलभ अग्रवाल पुनः पक्राउ

काठमाडौं, १८ वैशाख-स्वास्थ्य सामग्री कालो बजारी गरेको आरोपमा पक्राउ परेर धरौटीमा छुटेका व्यवसायी सुलभ अग्रवाल पुनः पक्राउ परेका छन् । कालो बजारीसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका व्यवसायी अग्रवाललाई प्रहरीले छुटेलगत्तै पक्राउ गरेको हो ।

अग्रवाल जिल्ला अदालतमा २५ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । रिहा हुनेबित्तिकै उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा पनि अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ गरिएको परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । अग्रवाललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग हरिहर भवनमा पठाइने उनले बताए ।

कोरोना भाइरसका कारण देश लकडाउनमा भएका बेला चीनबाट ल्याइएको थर्मोगनलाई बढी मूल्यमा बेचेपछि उनलाई प्रहरीले चैत २५ गते पक्राउ गरेको थियो । उनले ३ हजार पर्ने थर्मोगनलाई १५ हजारमा बेच्ने प्रयास गरेका थिए ।

सम्बन्धित समाचार

अर्थमन्त्रीबाट जनार्दनको राजीनामा मात्रै पर्याप्त हुन्न : शेखर कोइराला

जनकपुर, असार ३१ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अगामी निर्वाचनमा हतारमा दलीय गठबन्धन नगर्न नेतृत्वलाई आग्रह गर्नुभएको छ । जनकपुरधामस्थित पार्टी कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा नेता कोइरालाले स्थानीय तह र प्रतिनिधि सभाको निर्वाचन फरक रहेकोले...

पर्यटन पर्यटन क्षेत्रमा १५ खर्बको लगानी

संस्कृति पर्यटन तथा नागरि उड्यन मन्त्रालयले पर्यटन क्षेत्रमा करिब १५ खर्ब रुपैयाँ लगानी भएको जनाएको छ । कोरोनाको संक्रमण देखिन थालेपछि गरिएको अध्ययनको आधारमा पर्यटन क्षेत्रमा १५ खर्ब रुपैयाँभन्दा बढीको लगानी देखिएको जनाइएको छ ।...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा १५७ संक्रमित थपिए, ५३ जना डिस्चार्ज

विराटनगर, १४ असोज–पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४ जनाको मृत्यु भएको छ । सुनसरीका २ पुरुष, मोरङ र प्रदेश १ बाहिरका १÷१ पुरुषको मृत्यु भएको छ । हाल सम्म ७१ जनाको कोरोना संक्रमणबाट मृत्यु...

विराटनगरमा तेस्रो नेवा : महोत्सव माघ ६ र ७ गते हुने, २० वटा स्टलमा खानाको परिकार रहने

विराटनगर । विराटनगरमा तेस्रो नेवा: महोत्सव तथा पर्यटन हाट हुने भएको छ । झी पुचः (नेपाल भाषा तथा संस्कृति संघ) को आयोजनामा विराटनगरस्थित झी पुचः परिसर भित्र तेस्रो नेवाः महोत्सव हुने भएको हो । विराटनगरमा...

रंगेलीमा न्यायीक समिति र मेलमिलाप संयोकजहरुलाई क्षमता अभिबृद्धि तालिम

विराटनगर, २२ माघ । मोरङको रंगेलीमा रंगेलीमा न्यायीक समिति र मेलमिलाप संयोकजहरुलाई क्षमता अभिबृति तालिम सम्पन्न भएको छ । रंगेली नगरपालिकाको आयोजनामा सञ्चालित न्यायीक समितिका पदाधिकारी र मेलमिलाप केन्दका संयोजकहरुको दुई दिने क्षमता अभिबृद्धि तालिम...

थप १९५७ जनामा कोरोना पुष्टि, ११ जनाको मृत्यु

काठमाडौं, २५ माघ । नेपालमा थप १ हजार ९ सय ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ६ सय ९२  जनाको नमूना परीक्षण गर्दा थप १ हजार ९...

४३ हजार बढीको कोरोना परीक्षण, ४७ जनामा संक्रमण, ९ जना निको भएर घर फर्किए

काठमाडौं, ११ वैशाख-सम्भावित कोरोना भाइरस संक्रमणको आशंकामा बिहीबारसम्म ४३ हजार बढीको परीक्षण गरिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा ४३ हजार ७ सय २२ जनाको परीक्षण गरिएको जानकारी दिइएको हो । यी परीक्षण पीसीआर...

न्यूरो अस्पताल र विराटमा मेडिकल कलेजले कोरोना संक्रमितको निशुल्क उपचार गर्ने

विराटनगर, २४ भदौ–विराटनगरस्थित न्युरो अस्पताल र बुढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेजले कोरोना संक्रमितको निशुल्क उपचार गर्ने भएका छन् । कोभिड उपचारका लगि छुट्टै अस्पताल सञ्चालनमा ल्याएका दुवै स्वास्थ्य संस्थाले कोरोना संक्रमितको निशुल्क उपचार गर्ने भएका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्