काठमाडौं, १६ वैशाख-प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका अध्यक्षद्धय ओली र प्रचण्डबीच भेटवार्ता भएको हो ।दुई अध्यक्षद्धयबीचको भेटघाटमा के के विषयमा कुराकानी भयो भन्नेबारेमा केही बताइएको छैन । पछिल्लो समयमा पार्टीभित्र देखिएको विवादका विषयमा दुई अध्यक्षबीच कुराकानी भएको हो ।
महासचिव विष्णु पौडेलले आज बस्ने भनेको सचिवालय बैठक पनि अनिश्चित बनेको छ । सोमबार कोटेश्वरमा बसेको ओली र माधवकुमार नेपाल समूहबीचको छलफलमा आज सचिवालयको बैठक बोलाउने पौडेलले जानकारी गराएका थिए ।