भानु कलेजमा अनलाइन कक्षा

 न्यूज विराट
भानु कलेजमा अनलाइन कक्षा

विराटनगर, बैशाख १५–विराटनगर–१९ स्थित भानु मेमोरियल कलेजले कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी अनलाईन कक्षा सुरु गरेको छ । कोभिड–१९ को कारण देशमा लकडाउन भई रहेको अवस्थामा कलेजमा अध्ययनरत कक्षा ११ र १२ का विज्ञान तथा व्यवस्थापन संकायका छात्र—छात्राहरुलाई लक्षित गरि भर्चुअलकक्षा सञ्चालन गरेको हो ।

भर्खरै शुरुवात गरिएकोले केही विद्यार्थीहरु यसमा आइनसके पनि लगभग ८० प्रतिशत विद्यार्थीहरु सहभागी भएका छन् । कक्षामा कारणवशः अनुपस्थित हुने विद्यार्थीहरु समेत यो विधिको पठन–पाठनमा सहभागी हुने भएकोले प्रभावकारीतामा अझ वृद्धि हुने देखिएको छ ।

घरैमा बसेर सम्वन्धित विषय शिक्षकसँग लाइभ कुराकानी गर्दै विषय वस्तुमा आएका समस्या सजिलै समाधान गर्न सकिने जनाइएको छ । वास्तवमा यो विधी मार्फत अध्ययन गर्दा फरक अनुभूती हुने कक्षा १२ मा अध्ययनरत छात्रा श्रीजा पौडेलले बताइन् ।

अनलाइन कक्षाको शुरुवातले विद्यार्थीहरुमा पढाइलाई निरन्तरता दिन सहयोग हुनुको साथै त्यतिकै समय खेर फालिरहेका जस्ता भएका विद्यार्थीहरुलाई काम शुरु भए जस्तो अनुभव भएको लाहानबाट अभिभावक सुर्यनारायण चौधरीले टेलिफोन मार्फत बताउदै राम्रो कार्यको शुरुवात गरेकोमा कलेज व्यवस्थापनलाई धन्यवाद दिए ।

हाललाई प्ले स्टोरबाट डाउन लोड गरिएको जुम एप्लिकेशनको सहायताले कक्षा सञ्चालनभइरहेको छ । यसले लकडाउनको समयमा आ–आफ्नो घरैमा बसी विद्यार्थीहरुमा पठन–पाठनमा लाग्न सहयोग हुने कलेजका प्राचार्य मोहनकुमार श्रेष्ठले बताए ।

सम्बन्धित समाचार

मोरङमा १०० सहित प्रदेश १ मा ७६५ जनामा कोरोना संक्रमित थपिए

विराटनगर, २३ साउन । प्रदेश १ मा ७६५ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५ जनाको पीसीआर परीक्षणगर्दा ३१२ र १ हजार ४३४ जनाको एन्टिजेन परीक्षणगर्दा ४५३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास...

कोशी प्रदेशमा एमालेले टुंग्यायो तीन मन्त्री र एक राज्यमन्त्री

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।...

रोटरीको लोगो भएको जुटको झोला वितरण

विराटनगर । प्लास्टिक झोलालाई होइन भनौ अभियान अन्तर्गत जुटबाट निर्मित झोला वितरण गरिएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले आदर्श विद्यालयमा आयोजना गरेको तीन महिने सिलाई तालिम पूरा गरेका प्रशिक्षार्थीहरूलाई २० वटा वातावरणमैत्री जूटका...

कांग्रेस नेता कोइरालाद्वारा ३९ सय मास्क वितरण

विराटनगर, चैत ९–विराटनगर महानगरपालिकाको वडा नम्बर १२ का विभिन्न टोलमा ३ हजार ९ सय थान मास्क वितरण गरिएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सो वडाका १३ वटा टोलमा मास्क वितरण गरेका...

‘चिकित्सक र स्वास्थ्यकर्मीलाई पीसीआर परीक्षण गराएर मात्रै काममा लगाउनू’

काठमाडौं, २८ साउन-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फ्रन्टलाइनमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अनिवार्य पीसीआर परीक्षण गराएर कामकाजमा लगाउन अस्पतालहरूलाई निर्देशन दिएको छ । मन्त्रालयलेका सहप्रवक्ता समीरकुमार अधिकारीले बुधबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले कोभिड-१९ को संक्रमण...

रुकुम पश्चिमका १ जनामा पनि देखियो कोरोना संक्रमण

सुर्खेत, ६ असार-कर्णाली प्रदेशको १० जिल्लामध्ये कोरोना संक्रमण नदेखिएको रुकुम पश्चिममा १ जनामा कोरोना संक्रमण देखा परेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा १ जनामा कोरोना देखिएको हो । राप्ती स्वास्थ्य विज्ञान...

विराटनगर महानगरमा सरसफाई अभियानलाई तीब्रता

विराटनगर, २४ भदौ । विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा सरसफाई अभियानलाई तीव्रता दिएको छ । प्रत्येक शुक्रबार विहानको समयमा सरसफाई अभियान अनुसार आज विराटनगर महानगरपालिकाको बस पार्क क्षेत्रमा सफाई अभियान सञ्चालन गरियो । बस पार्क टोल...

खतरानाक लागुऔषधसहित एक पक्राउ

विराटनगर, साउन १४–मोरङबाट प्रहरीले खतरनाक र नयाँ प्रकृतिको लागुऔषधसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । विश्व बजारमा महंगो र खतरनाक मानिएको मेथान्टामाइन आइस नामक लागुऔषधसहित मोरङको सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरका ४२ वर्षीय रामप्रसाद पोखरेल पक्राउ परेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्