भारतमा कोरोना संक्रमितको संख्या २८ हजार नजिक, एकै दिन ५० भन्दा बढीको मृत्यु

 न्यूज विराट
भारतमा कोरोना संक्रमितको संख्या २८ हजार नजिक, एकै दिन ५० भन्दा बढीको मृत्यु

एजेन्सी, बैशाख १५-भारतमा लकडाउन जारी रहे पनि कोरोना भाइरस संक्रमितको संख्या भने निरन्तर बढिरहेको छ ।वर्ल्डोमीटरका अनुसार गएको २४ घटामा मात्रै त्यहाँ १ हजार ६ सय ७ जना संक्रमित थपिँदा ५६ जनाले ज्यान गुमाएका छन् ।

योसँगै भारतमा कुल संक्रमितको संख्या २७ हजार ८ सय ९० पुगेको छ । त्यहाँ सोमबार बिहानसम्म ८ सय ८१ जनाले ज्यान गुमाएका छन् ।भारतमा हालसम्म साढे ६ हजार व्यक्ति उपचारपछि घर फर्किएका छन् । हालसम्म त्यहाँ ६ लाख २५ हजार बढी व्यक्तिमा कोरोना परीक्षण भएको छ ।

दक्षिण एसियाको अर्को बढी कोरोना प्रभावित पाकिस्तानमा संक्रमितको संख्या १३ हजार ३ सय नाघ्दा २८१ जना जनाले ज्यान गुमाएका छन् । पाकिस्तानमा आइतबार ६ सय संक्रमित थपिँदा १२ जनाले ज्यान गुमाए । सोमबार बिहानसम्म पाकिस्तानमा झण्डै ३ हजार संक्रमित निको भइसकेका छन् ।

बंगलादेशमा ५ हजार ४ सय, अफगानिस्तान १ हजार ५ सय, श्रीलंकामा ५२३, माल्दिभ्समा २१४, नेपालमा ५२ र भुटानमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा देखिएको कोरोना हालसम्म विश्वका २१० देश प्रभावित भइसकेका छन् । सोमबार बिहानसम्म यो भाइरसबाट २९ लाख ९४ हजार व्यक्ति संक्रमित भएका छन् । जसमध्ये ८ लाख ७९ हजार व्यक्ति निको हुँदा २ लाख ६ हजार संक्रमितको भने मृत्यु भएको छ ।

सम्बन्धित समाचार

कोशिमा न्यूनतम साझा कार्यक्रम सार्वजनिक

विराटनगर । कोशी प्रदेश सरकारलाई एमाले र काँग्रेसको संयुक्त कार्यदलले आफ्नो न्यूनतम साझा कार्यक्रम हस्तान्तरण गरेको छ । नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धनको प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम बनाउन गठित कार्यदलले बुझाएको न्युनतम साझा...

सजग हुन सके ८० प्रतिशत कोरोनाका बिरामी घरमै निको हुन्छन्

काठमाडौं ३० चैत-कोरोना फैलिएको ४ महिना बढी भयो । हालसम्म पनि कुन औषधि खायो भने ठीक हुन्छ भन्ने वैज्ञानिक आधार नपाइएको डाक्टरहरूले बताउने गरेका छन् । हामीले यो सामग्री तयार पार्दासम्म विश्वमा करिब १७ लाख...

कोरोना कोषमा जम्मा भयो २ अर्ब १३ करोड

काठमाडौं, १३ वैशाख-सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २ अर्ब १३ करोड १० लाख ९१ हजार ७४७ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार शुक्रबार अपराह्नसम्म...

मलेसियामा साहलाई १० वर्ष जेल र १० कोर्रा, मृत्युदण्डबाट पाए माफ

काठमाडौं, २ साउन-मलेसियामा गाँजा तस्करीको अभियोगमा पक्राउ परेका एक नेपाली तथा दुई मलेसियन नागरिकलाई सुनाइएको मृत्युदण्डको सजाय नहुने भएकाे छ । उनीहरूलाई उच्च अदालतले गाँजा तस्करीको अभियोगमा दुई वर्षअघि मृत्युदण्डको फैसला गरे पनि अब मृत्युदण्डकाे सट्टामा...

बुटवलमा उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु

बुटवल,  ८ असोज-बुटवलको कोरोना विशेष अस्पतालमा उपचारत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना विशेष अस्पतालका फोकल पर्सन डा.सुर्दशन थापाका अनुसार नवलपरासी पश्चिम र कपिलवस्तुका एक–एक जनाको मृत्यु भएको हो ।  कपिलवस्तु बुद्धभुमि...

नेपालमा थप १२३९ जनामा कोरोना पुष्टि, १३ जनाको मृत्यु

काठमाडौं, ७ असोज । नेपालमा थप १ हजार २ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार २ सय ३९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा...

विराट गोल्डकपको तयारी पुरा, बिजेतलाई २० लाख १५ हजार

विराटनगर । विराटनगरमा चैत ९ गतेदेखि सुरू हुने सातौँ विराट गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । विराटनगरस्थित सहिद मैदानमा सुरु हुने रात्रिकालीन विराट गोल्डकपको तयारी पुरा भएको आयोजकले सोमबार पत्रकार सम्मेलन गरी जानकारी...

वृद्धको मृत्युपछि विराटनगरको आइसिपी क्षेत्र तनावग्रस्त, दश राउण्ड अश्रु ग्यास प्रहार

विराटनगर । विराटनगर – १८ आइसीपी रोडमा माल बाहक गाडीको ठक्करले साइकलमा सवार एक जनाको मृत्यु भएपछि त्यस क्षेत्र तनावग्रस्त बनेको छ ।मृतकका आफन्तले लापरवाहीपूर्ण सवारी चलाउने चालकलाई कारवाही र परीवारलाई क्षतिपूर्ती दिनुपर्ने भन्दै आइसीपी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्