हिमपहिरोमा बेपत्ता २ कोरियनको शव फेला

 न्यूज विराट
हिमपहिरोमा बेपत्ता २ कोरियनको शव फेला

पोखरा, १४ वैशाख-अन्नपूर्ण पदमार्गमा आएकोे हिमपहिरोमा हराएकामध्ये थप २ जनाको शव फेला परेको छ । गत ३ माघ अन्नपूर्ण पदमार्गको हिँकु खोँचमा आएको हिमपहिरोमा हराएकामध्ये २ जना कोरियाली नागरिकको शव फेला परेको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए । सो हिमपहिरोमा ४ जना कोरियाका र ३ जना नेपाली हराएका थिए ।

हराएकामध्ये २ जना नेपाली गाइडको शव यसअघि नै फेला परिसकेको एसपी कार्कीले बताए । २ जना कोरियनको अन्नपूर्ण गाउँपालिकास्थित हिँकु खोँच र देउरालीको बीचमा पर्ने मोदी नदी किनारमा स्थानीयले शव फेला परेको उनले बताए ।

शव नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी भएको एसपी कार्कीले जानकारी दिए ।हिमपहिरोमा बेपत्ता भएका २ नेपालीमध्ये १ को शव चैतमै फेला परेको थियो । अर्का १ जनाको शव भने ४ दिनअघि फेला परेको थियो । अहिले हिउँ पग्लिएका कारण शव खोज्न थालिएको हो । हिमपहिरोमा परेका ३ जना अझै बेपत्ता छन् ।

सम्बन्धित समाचार

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४१९ संक्रमित थपिए

विराटनगर, २७ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा चार सय १९ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा तीन सय ४४, मोरङमा ५६, झापामा सात, उदयपुरमा छ, संखुवासभामा तीन, भोजपुर, पाँचथर र प्रदेश १ बाहिरका...

सुनको मूल्य घट्यो

काठमाडौं, २९ मंसिर । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ तोकिएको छ ।अधिल्लो दिन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा मा कारोबार भएको सुनको मूल्य प्रतितोला आज ५०० रुपैयाँले घटेको हो...

बढ्यो कोरोना, थप १ सय १३ जनामा संक्रमण

कोरोनाको संक्रमणदर बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकैदिन थप १ सय १३ जनामा संक्रमण पुष्टि भएको छ । २ हजार ७ सय २४ को परीक्षणमा १ सय १३ जनामा संक्रमण देखिएको हो...

कोरोनाको उपचाररत युवतीको स्वास्थ्यमा सुधार

फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएर कोरोना भाइरसको उपचाररत १९ वर्षीया युवतीको अहिले पनि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा रहेकी छिन् । उपचाररत ती युवती अस्पतालबाट डिस्चार्ज भएको भनी समाजिक...

दादुरा–रुबेलाको खोप अभियान, विराटनगरमा ५५ हजार बालवालिकालाई खोप लगाउने

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र यही फागुन १३ गते आइतबारदेखि दादुरा–रुबेलाको खोप अभियान सञ्चालन हुने भएको छ । अभियानभरीमा महानगरपालिका भित्र ५५ हजारलाई खोप लगाउने लक्ष्य रहेको छ । खोप अभियानका लागि सम्पूर्ण तयारी पूरा...

प्रधानमन्त्री ओलीले आज संसदलाई सम्बोधन गर्ने

काठमाडौं, २८ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदलाई सम्बोधन गर्ने भएका छन् । उनले बिहान ११ बजे लकडाउनको नयाँ स्वरूप, कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका कामबारेमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री...

गठबन्धन र प्रधानमन्त्रीका कारण न्यायलयमा समस्या:शंकर पोखरेल

नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले न्यायलय भित्र अहिले देखिएको समस्या गठबन्धन दल र प्रधानमन्त्रीको गलत निर्णयका कारण भएको बताएका छन् । उनले यो विवादमा न्यायाधीशहरुको यपृष्ठभूमि, उनीहरु बीचको गुटवन्दी, अदालतभित्रको न्यायिक विकृति, पछिल्लो...

भरतमोहन अधिकारीको दोस्रो स्मृती दिवसका अवसरमा १ सय २५ जना जेष्ठ नागरिक सम्मानित

विराटनगर, १८ फागुन । भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले अग्रज कम्युनिष्ट र ७० वर्ष देखि १०७ वर्ष सम्मका १ सय २५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मानित गरेको छ । विराटनगरमा आयोजित एक कार्यक्रम बीच नेकपा प्रचण्ड माधव...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्