लकडाउन खुकुलो बनाउन ३ रणनीति, मोडालिटी बनाउन कार्यदल

 न्यूज विराट
लकडाउन खुकुलो बनाउन ३ रणनीति, मोडालिटी बनाउन कार्यदल

काठमडौं, १३ वैशाख-सरकारले क्षेत्रगत रूपमा लकडाउन खुकुलो बनाउने तयारी गरेको छ । आर्थिक वर्षको अन्तिम त्रैमासमा रहेको अवस्थामा विकास निर्माणका काम र राजस्व दुवैमा प्रभाव परेपछि सरकारले यस्तो नीति तय गरेको हो ।

विश्‍व स्वास्थ्य संगठनले नेपाल अति उच्चजोखिमको सूचीबाट हटाएर उच्च जोखिमको सूचीमा राखेकै दिन उच्चस्तरीय समन्वय समितिको बैठकले क्षेत्र विशेषमा लकडाउन खुकुलो तथा थप कडाइ गर्ने निर्णयमा पुगेको हो ।

लकडाउनको अवधि १ देखि २ सातासम्म बढाउन मन्त्रिपिरषद्लाई सिफारिस गरेको समितिले अबको लकडाउन ३ रणनीतिबाट अघि बढाउने तयारी गरेको छ ।

कोरोना संक्रमित देखिएर सबै निको भएको र लकडाउनपछि पनि भारतबाट नेपाल आएका जिल्ला, कोरोना संक्रमित नदेखिएका जिल्ला र कोरोना संक्रमित देखिएको जिल्ला विभाजन गरी लकडाउनको नीति तय गरिने जनाइएको छ ।

अबको लकडाउन मोडालिटी तय गर्न शनिबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले कार्यदलसमेत खडा गरेको छ । मुख्यसचिव लोकदर्शन रेग्मीको संयोजकत्वमा गठन गरिएको कार्यदलले मोडालिटी तय गर्ने बताइएको छ । कार्यदलमा गृह सचिव, पर्यटन, अर्थ सचिवलगायत विभिन्न मन्त्रालयका सचिव र सुरक्षा निकायका प्रमुख सदस्य रहको बताइएको छ ।

सम्बन्धित समाचार

कानेपोखरीमा जग्गा खरिदमा घोटला : गाउँपालिकाको अध्यक्ष र वडाध्यक्षको कार्यकक्षमा तालाबन्दी

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाको अध्यक्ष राजमति इङ्गनाम र ६ नं. वडा कार्यालयका वडाध्यक्ष खडग बहादुर बस्नेतको कार्यकक्षमा तालाबन्दी गरिएको छ । गाउँपालिकाले खरिद गरेको १ बिगाहा जग्गामा भएको अनियमितताको विषय सत्य तथ्य सार्वजनिक नगराई...

सीमावर्ती भारतीय बजारमा २ सय ३८ नेपाली क्वारेन्टाइनमा

कोरोना भाइरस रोकथामका लागि पश्चिमी सीमानाका गड्डाचौकी पूर्णरूपमा बन्द गरिएपछि भारतीय सीमावर्ती बजारमा घर फर्कने नेपाली पुग्ने क्रम रोकिएको छैन । लकडाउनका कारण रोजगारी गुमेपछि भारतबाट फर्कनेहरुको सङ्ख्या बढ्न थालेको हो । सीमा प्रवेश अनुमति...

जहदामा माओवादी–कांग्रेस–जसपामा कार्यकर्ताको खडेरी, वडाध्यक्ष गीरी सहित एकैदिन ७४५ जना एमालेमा प्रवेश

विराटनगर, ६ भदौ । जनता समाजवादी पार्टीबाट निर्वाचित भएका जहदा गाउँपालिका वडा नंः ४ का वडाअध्यक्ष जयनरथ गिरी सहित ७ सय ४५ जना नेपाल कम्यूनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन् । जहदा गाउँपालिका–२ स्थित...

मोरङको धनपालथानमा सहकारी फोडि चोरी गर्ने तीन जना पक्राउ

विराटनगर । मोरङको धनपालथान गाउँपालिकामा सहकारी फोडी चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । धनपालथान गाउँपालिका – २ कुशमाहमा रहेको युवा विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ढोका फोडी नगद र ल्यापटप चोरी गरेको...

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिए शपथ

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार साँझ प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका हुन् । यसअघि २१ असारमा मुख्यमन्त्री नियुक्त भएका थापाले सभामुखको...

विराटनगरको अरनीको स्कुल देशभरीमै टप ट्वान्टीमा पर्न सफल

विराटनगर । विराटनगरस्थित अरनिको आवासीय सेकेण्डरी स्कुल देशभरीको टप ट्वान्टी भित्र पर्न सफल भएको छ । जुकेशन समाचारले गरेको सर्वेक्षण अनुसार अरनिको स्कुल देशभरीको ‘टप थटीन’ भित्र पर्न सफल भएको हो । एजुकेशन समाचारले हालै...

विद्युतको खपत घटेपछि कुलमानको आग्रह ‘ग्यास हैन इन्डक्सन चलाउनुस्’

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न लकडाउन घोषणा भएसँगै विद्युत्को माग (लोड) पनि ह्वातै घटेको छ । बढी विद्युत् खपत गर्ने कलकारखाना,होटल, व्यापारिक भवन, कार्यालयहरु बन्द भएपछि विद्युत्को माग ह्वातै घटेको हो ।...

प्रदेश १ मा संक्रमितको संख्या २ हजार १० पुग्यो

विराटनगर, ३२ साउन-प्रदेश १ मा आइतबार १ सय ३ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये ३४ महिला र ६९ पुरुष छन् । सवैभन्दा धेरै मोरङमा ९२, खोटाङमा ६, सुनसरीमा २, इलाममा १, र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्