कोरोना परीक्षण आंकडा ५० हजारनजिक, ४९ जना संक्रमित, १२ जना निको भएर घर फर्किए

 न्यूज विराट
कोरोना परीक्षण आंकडा ५० हजारनजिक, ४९ जना संक्रमित, १२ जना निको भएर घर फर्किए

काठमाडौं, १३ वैशाख-नेपालमा कोरोना भाइरस परीक्षणको आँकडा करिब ५० हजार नजिक पुगेको छ । आरडीटी र पिसिआर विधिबाट गरी अहिलेसम्म ४९ हजार ३ सय ३६ जनाको कोरोना परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार पीसीआर विधिबाट ९ हजार ६ सय ६६ र आरडीटी विधिबाट ३९ हजार ६ सय ७० जनाको परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ९ सय ४५ वटा नमुना परीक्षण गरिएको प्रवक्ता देवकोटाले बताए।

सुदुरपश्चिम प्रदेशमा आरडिटी परीक्षण सबैभन्दा बढी गरिएको छ । शनिबारसम्म त्यहाँ १० हजार २ सय ४ वटा नमुना परीक्षण भएका छन् । यसैगरी प्रदेश नम्बर १ मा ४ हजार १ सय ६०, प्रदेश नम्बर २ मा ४ हजार ४४ र बागमती प्रदेशमा ७ हजार ४ सय ६७ नमुना परीक्षण भएका छन्।

गण्डकी प्रदेशमा ४ हजार ८ सय ६१ प्रदेश नम्बर ५ मा २ हजार ९ सय ५० र कर्णाली प्रदेशमा ४ हजार ९ सय ७४ वटा परीक्षण भएका छन् । उनका अनुसार नेपालमा शनिबारसम्म ४९ जनामा कोरोना संक्रमण पोजेटिभ देखिँदा १२ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

देशभरी शनिबारसम्म १४ हजार ७ सय ३१ जना क्वारेन्टाइनमा रहेका छन् । सबैभन्दा बढी प्रदेश नम्बर ५ मा ७ हजार ९ सय ५६ र बागमती प्रदेशमा १ सय ३१ जना क्वारेन्टाइनमा रहेका छन् । उपत्यकामा ३ गरी बाहिर ८४ गरी ८७ जना आइसोलेसनमा रहेको प्रवक्ता देवकोटाले बताए।

सम्बन्धित समाचार

सम्भव हुने कार्यक्रम मात्र गरेर निजामती दिवस मनाउन निर्देशन

काठमाडौं, ६ भदौ-सरकारले कोरोना भाइरस (कोभिड-१९) को कारणले यस वर्षको निजामती सेवा दिवस सम्भव हुने कार्यक्रम मात्र गर्न संघ, प्रदेश र स्थानीय तहलाई निर्देशन दिएको छ ।      निजामती सेवा दिवस मूल समारोह समितिका...

मध्य रातमा प्रहरीको हतियार लुट्ने ६ जना मोरङबाट पक्राउ

विराटनगर । सुनसरीको बर्जूमा डियुटिमा खटिएको सादा पोषकको दुई जना प्रहरीको हतियार लुट्ने गिरोहका मुख्य नाइकेसहित ६ जना पक्राउ परेका छन् । शुक्रवार साढे १२ बजे डियुटिमा खटिएको प्रहरीको चाइनिज पेस्तोल लुट्ने लुटेरा समूहका मुख्य...

फुस छानो फेर्न एक अर्ब ३६ करोड विनियोजन

झापा, ३१ भदौ-झापा क्षेत्र नम्बर ५ मा अब कोही पनि नागरिकले फुसको छानोमा बस्नु नपर्ने भएको छ । सबै विपन्न नागरिकका लागि सरकारले खरको छानो हटाउँदै जस्ता पाताको छानो लगाइदिन शुर गरेसँगै झापा क्षेत्र नम्बर...

स्वास्थ्य समाग्री लिन चार्टर्ड विमान चीन जाँदै 

काठमाडौं, जेठ ५-नेपाली सेनाले चीनबाट ल्याउने स्वास्थ्य सामग्री लिन आज चार्टर्ड विमान चीन जाने भएको छ । चीनको ग्वान्जाओबाट स्वास्थ्य समाग्री ल्याउन नेपाल एयरलान्सको वाइडवडी जहाज सोमबार बेलुकी चीन जाने लागेको हो । चीनबाट स्वास्थ्य...

परीक्षणको दायरा फराकिलो बनाऊ : सभापति देउवा

नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमणको तत्काल परीक्षण व्यापक बनाउन सरकारको ध्यानाकर्षण गराए । उनले सुदूरपश्चिम प्रदेशका केही ठाउँमा कोरोना संक्रमितको संख्या बढेपछि यसलाई गम्भीरता साथ लिनुपर्ने उल्लेख गरे । सुदूरपश्चिम...

मकै बारीमा शव फेला, हत्याको आशंका

महोत्तरी, २९ वैशाख-महोत्तरीको गौशाला नगरपालिका–४ बिर्ताका ४६ वर्षीय दिलीप ठाकुर आइतबार साँझ मृत फेला परेका छन् । बिर्ता बस्तीकै मकै बारीमा ठाकुरको शव साँझ फेला परेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । मृतक ठाकुरको...

रुकुम घटना र सीमा विवादमा सांसदका चासो 

काठमाडौं, १९ जेठ-प्रतिनिधिसभाका सांसदहरुले सीमा विवाद समाधान र रुकुम  घटनाको छानबिन लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्ने सांसदहरुले रुकुममा भएको अमानविय घटना र सीमा विवाद समाधानको विषयमा सरकारको ध्यानाकर्षण गराएका...

गुरुङ राष्ट्रिय परिषद विराटनगरको अध्यक्षमा कविमान, प्रचार सचिवमा भली

विराटनगर । तमु ह्युला छोँज धीं गुरुङ राष्ट्रिय परिषद नगर ईकाई कमिटी विराटनगरको अध्यक्षमा कविमान गुरूङ चयन भएका छन् । विराटनगरमा आइतबार भएको भेलाबाट कविमानलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।कमिटिको वरिष्ठ उपाध्यक्षमा विश्व...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्