अध्यादेश फिर्तालगत्तै निकट नेताहरूसँगको भेटमा ओली

 न्यूज विराट
अध्यादेश फिर्तालगत्तै निकट नेताहरूसँगको भेटमा ओली

काठमाडौं, १३ वैशाख-प्रधानमन्त्री केपी शर्मा ओली आफूनिकटका नेताहरूको भेटलाई तीव्रता दिएका छन् । पछिल्ला समसामयिक घटनालाई लिएर उनले आफूनिकटका नेता तथा कार्यकर्तासँग भेट गरेका हुन् ।

अध्यादेश फिर्ता लिएपछिको अवस्थाबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न ओलीले भेटघाटलाई तीव्र पारेको उच्च स्रोतको भनाइ छ ।प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल प्रधानमन्त्री ओलीलाई भेटेर बाहिरिएको स्रोतले बतायो । स्रोतका अनुसार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भने बोलाइएको छैन । उनी प्रधानमन्त्री ओलीका विश्वास पात्रका रूपमा चिनिन्थे ।

पटकपटकका निर्णयहरूले ओलीको नैतिकतामाथि निरन्तर प्रश्‍नहरू उठिरहेका बेला उनले हाल तीव्र पारेको भेटघाटलाई लिएर केही विश्लेषकहरूले उनले जिम्मेवारीमुक्त हुन खोजेका त होइनन् भन्ने आँकलन पनि गरिरहेका छन् ।

हिजो अध्यादेश फिर्तालगत्तै प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गरेका थिए । छलफलकै क्रममा अर्का अध्यक्ष पुष्पकमल दाहाल पनि पुगेका थिए ।

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट उत्पन्न संकटका बेला प्रधानमन्त्री ओलीले पार्टी फुटाउन सहज हुने गरी अध्यादेश ल्याउने र फिर्ता गर्ने गरेपछि उनलाई नेकपाकै कार्यकर्ता तथा नेताले घेराउ गरेका छन् । चौतर्फी विरोधपछि सरकारले फिर्ता लिएको अध्यादेश शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट खारेज भइसकेको छ ।

सम्बन्धित समाचार

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा उपेन्द्र कोइराला

काठमाडौं, ९ भदौ-राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा प्रा.डा. उपेन्द्र कोइरालालाई नियुक्त गरिएको छ । बैंकको संचालक समितिले डा. कोइरालालाई अध्यक्षमा नियुक्त गरेको हो । पूर्वअध्यक्ष निर्मलहरि अधिकारीलाई मन्त्रिपरिषदको बैठकले राजस्व बाेर्डको सदस्यमा नियुक्त गरे पनि वाणिज्य बैंकको...

सुरु भयाे कक्षा १२ काे परीक्षा

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा देशभर एकै साथ सुरु गरेको छ । आज बिहान ८ बजेदेखि ७७ जिल्लाका एक हजार २९२ परीक्षा केन्द्रमा एकै साथ सो तहको परीक्षा शान्तिपूर्ण रूपमा सुरु...

सुनसरीमा बुधबार ६७ संक्रमित थपिए

विराटनगर, १७ भदौ–सुनसरीमा बुधबार अहिलेसम्मकै धेरै ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार ५६ जनामा कोरोना संक्रमण देखिएको सुनसरीमा बुधबार ६७ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । स्वास्थ्य...

९० दिन अन्तरिक्षमा बसेर पृथ्वी फर्किए चीनका तीन अन्तरिक्षयात्री

एजेन्सी, २ असोज । मानवसहितको अन्तरिक्ष अभियान पूरा गरी चीनका तीन अन्तरिक्षयात्री पृथ्वी फर्किएका छन् । यसलाई चीनको अहिलेसम्मको सबैभन्दा लामो अन्तरिक्ष अभियान भनिएको छ । उनीहरू ९० दिनसम्म एउटा अन्तरिक्ष केन्द्रमा बसेका थिए । टियाहे...

पर्सामा थप २ कोरोना संक्रमितको मृत्यु

वीरगन्ज, ६ भदौ-वीरगन्जमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दुबै पर्सा जिल्लाकै हुन् । जिल्लाको बहुदरमाइ नगरपालिकाको डकैला बहुअरीका ६१ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो ।  गण्डक बहुअरीस्थित...

तयारी मदिरा पैठारीको बन्देज हट्यो

काठमाडाैं, २५ असोज-सरकारले तयारी मदिराको पैठारीमा लगाएको पूर्ण बन्देज हटाएको छ । २२ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले तयारी मदिरा पैठारीमा लगाएको पूर्ण बन्देज हटाएको सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।  २४ चैत २०७६ मा...

विराटनगरमा नयाँ महिला नेतृत्वको आशा : कला डाँगी विद्यार्थी राजनीतिबाट उदाएकी नेतृ

विराटनगर । नेकपा एमाले विराटनगर महानगरको दोस्रो अधिवेशन मंगलबार उद्घाटन भएको छ । अधिवेशनलाई लिएर नेतृत्व चयनको दौडमा उम्मेदवारहरू घोषणा भइसकेका छन्। यसपटकको अधिवेशनमा विशेष चर्चा पाएकी छन् महिला उपसचिव पदकी उम्मेदवार कला डाँगी, जसको...

अखिल नेपाल ट्रेड युनियन महासंघको उपमहासचिवमा राय

विराटनगर । अखिल नेपाल ट्रेड युनियन महासंघको केन्द्रीय उपमहासचिवमा ओपेन्द्र कुमार राय निर्वाचित भएका छन् । अखिल नेपाल ट्रेड युनियन महासंघको ८औ राष्ट्रिय महाधिवेशनबाट कोशी प्रदेश बाट राय उपमहासचिबमा निर्वाचित भएका हुन् ।महासंघको उपाध्यक्षमा भुपाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्