आज लकडाउनको ३३औँ दिन

 न्यूज विराट
आज लकडाउनको ३३औँ दिन

काठमाडौं, १२ वैशाख-विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि लागू गरिएको लकडाउनको आज ३३ औं दिन पुगेको छ । गत चैत ११ गतेबाट देशभर लकडाउन लागू गरिएको हो ।

लकडाउनका कारण सहरी क्षेत्रको दैनिक जनजीवन सबैभन्दा बढी प्रभावित भएको छ । तर, पनि काठमाडौं उपत्यकालगायतका ठूला सहरहरूमा मानिसले लकडाउनको पालना गरेका छन् । सहरका मुख्य सडकहरू सुनसान छन् । शनिबार पनि अत्यावश्यक सेवाका सवारीसाधन चलेका छन् । कार्यालय, यातायात, पर्यटन, धार्मिक मठ मन्दिरलगायतका सबै क्षेत्र बन्द छन् ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत अत्यावश्यक सेवामा कार्यरत कर्मचारीहरूका सवारीसाधन फाट्टफुट्ट चलेका छन् । लकडाउनको पूर्ण पालना गराउन सुरक्षाकर्मीले गर्ने जाँचलाई कडाइ गरेको छ । चोकचोकमा बसेर नेपाल प्रहरीले सवारी साधन र पैदल यात्रीको चेकजाँच गरिरहेका छन् ।

सहरका भित्रि सडक पनि सुनसान छन् । पसलहरू बन्द रहेका छन् । तर, केही अत्यावस्यक खाद्य सामग्री विक्री गर्ने पसल र औषधि पसलहरु सञ्चालनमा आएका छन् । मानिसहरु आफ्नो घर नजिकको पसल सम्म पुगेर सामग्री खरिद गर्ने गरेका छन् ।

सम्बन्धित समाचार

प्रहरी हवल्दार गुणराज अधिकारी सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी हवल्दार गुणराज अधिकारीलाई सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले अधिकारीलाई माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो । विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना...

नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुग्याे, एकै दिन थपिए ११ संक्रमित

काठमाडौं, ९ वैशाख-कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ४१ पुगेको छ । उदयपुर जिल्ला मात्रै कोरोना भाइरस संक्रमितको संख्या लगातार बढेर २३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिउँसोको नियमित पत्रकार सम्मलेनमा थप १...

भएपछि स्थानिय त्रसित विराटनगरमा इन्धन ट्यांकर बिष्फोट

विराटनगर, १२ भदौ-नेपाल आयल निगमको इन्धन ढुवानी गर्ने ट्याङकर विराटनगरमा शुक्रबार सँझ बिष्फोट भएको छ । नेपाल आयल निगम प्रदेश १ कार्यालयबाट झण्डै ५०० मिटर उत्तरमा रहेको राम अवतार मोटर्स ग्यारेजमा ट्यांकर विष्फोट भएको हो...

कोशी पर्यटन वर्ष २०८२ : मस्कट, नारा र लोगो सार्वजनिक

विराटनगर । कोशी पर्यटन वर्ष २०८२ को लागि मुख्य नारा, लोगो र मस्कट सार्वजनिक भएको छ । पर्यटन वन तथा वातावरण मन्त्रालयले बुधबार एक कार्यक्रम आयोजना गरी नारा, लोगो र मस्कट सार्वजानिक गरेको हो ।...

जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार पौडेललाई

विराटनगर, ११ वैशाख । यस वर्षको जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार मकालु टेलिभिजनका समाचार सम्पादक कमल पौडेललाई समर्पण गरिएको छ । प्रेस चौतारी मोरङले आज विराटनगरमा कार्यक्रम गरी १५ हजार ५१ हजार रुपैयाँ राशिको जनार्दन...

क्वारेन्टाइनका लागि अस्पतालको अलपत्र भवन पनि प्रयोगमा ल्याउने तयारी

जनकपुरधाम उपमहानगरपालिका- १३ मा ५० बेडको क्वारेन्टाइन स्थापना गरिने भएको छ । मणिपाल शिक्षण अस्पतालका लागि निर्माणाधीन अवस्थामै अलपत्र रहेको भवनमा आइसोलेसन कक्ष निर्माण गर्न लागिएको हो । यसको पूर्वाधार निर्माण, उपकरण तथा चिकित्सकलाई तालिम...

कोरोनाविरुद्ध खोपको आशा, युरोपले ४० करोड डोज पाउने

एजेन्सी, जेठ ३२-कोरोना भाइरसको खोप बन्ने कार्य पूर्ण नहुँदै युरोपका लागि इन्क्लुसिभ भ्याक्सिन अलायन्सले औषधि निर्माता कम्पनी अस्त्राजेनेकासँग सम्झौता गरेको छ । यो सम्झौताअनुसार खोप बनेपछि युरोपले ४० करोड डोज प्राप्त गर्ने जर्मन सरकारले जानकारी...

ओली-प्रचण्डको कुर्सीको नयाँ व्यवस्थापन

काठमाडौं, २० वैशाख-सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद समाधान गर्ने उद्देश्यका साथ सचिवालय बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा सुरु भएको छ । आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको कुर्सी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्