कुर्सी रक्षार्थ पार्टी फुटाउने प्रधानमन्त्री ओलीको कसरतबाट जोगियौँ : राजेन्द्र महतो

 न्यूज विराट
कुर्सी रक्षार्थ पार्टी फुटाउने प्रधानमन्त्री ओलीको कसरतबाट जोगियौँ : राजेन्द्र महतो

काठमाडौं, ११ वैशाख-नेता राजेन्द्र महतोले २ पार्टी एक भएको जानकारी निर्वाचन आयोगमा गराएको र एकताको बाँकी काम लकडाउन पछि पूरा गर्ने बताएका छन् । राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी एकीकृत भई बनेको ‘जनता समाजवादी पार्टी नेपाल’ निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएपछि पत्रकारसँग बोल्दै उनले विगत १ वर्षदेखिको प्रक्रियालाई टुङ्गोमा पुर्‍याएको बताएका हुन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कुर्चीको रक्षाका लागि राजपा र समाजवादी पार्टीलाई फुटाउन कसरत गरिरहेकाले त्यसबाट जोगाउन आफूहरू सफल भएको बताए ।

‘समाजवादी पार्टी’ र राजपा भनेको एकीकृत भइरहेको अवस्थामा एकताबद्ध भएर शक्ति निर्माण गर्नुपर्ने अवस्थामा कहाँ फुटाउने कुरा गरेको प्रधानमन्त्रीले, यो सरकारले अनि हामी चाहीँ त्यो एकता प्रकृयालाई टुङ्ग्याइदिनु पर्छ भनेर हिजो राति बसेर २ वटै पार्टीका उपलब्ध नेताहरू बसेर एकता प्रकृयालाई टुङ्ग्याएका छौँ’ उनले भने ‘राजपा र समाजवादी पार्टी, जनता समावजादी पार्टी नेपालको नाउँमा हामी एकीकृत भएका छौं । र त्यो जानकारी हामी निर्वाचन आयोगलाई दिन आएका छौँ ।’

सम्बन्धित समाचार

सप्तरीका सङ्क्रमितमा पनि लक्षण देखिन थाल्यो

सप्तरी, १२ साउन-सप्तरीमा कोभिड-१९ को लक्षण देखिएका सङ्क्रमित भेटिन थालेका छन् । यसअघि लक्षण नभएका सङ्क्रमितहरू हुने गरेकामा अहिले आउने सङ्क्रमितमा कोभिड–१९ को लक्षण देखिन थालेको चिकित्सकहरूले बताएका छन् । पछिल्लोपटक आउने सङ्क्रमितमध्ये १५ प्रतिशतमा...

ऋचा मेमोरियल टी–२० क्रिकेटको उपाधि त्रिभुवन आर्मीलाई

विराटनगर । प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टिम त्रिभूवन आर्मीले जितेको छ । विराटनगर जुट मिलको खेल मैदानमा आइतबार सम्पन्न भएको फाइनलमा घरेलु टिम एनबीएससीलाई ६ विकेटले हराउँदै आर्मीले उपाधि...

२२ बुँदे माग राख्दै कांग्रेसले पठायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

विराटनगर, असार २–नेपाली कांग्रेस मोरङले विभिन्न माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । क्वारेन्टाइन व्यवस्थित गर्नुपर्ने, जिल्लामा कोरोना उपचारका लागि अस्पतालको व्यवस्था गर्नुपर्ने, लकडाउन पीडित जनतालाई राहतको व्यवस्था गर्नुपर्ने लगायतका माग राखि कांग्रेस मोरङले मोरङका...

मंसिर २३ गतेसम्ममा जग्गा वर्गीकरण गरिसक्न मन्त्रालयको परिपत्र

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी मंसिर २३ भित्र देशभरका सबै स्थानीय तहभित्रका जग्गाहरूको वर्गीकरण गरिसक्न परिपत्र गरेको छ । मन्त्रालयले मंगलबार एक विज्ञप्ती जारी गर्दै आगामी मंसिर सम्ममा कम्तिमा कृषि क्षेत्र र...

कोरोनाबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ४२ पुग्यो

काठमाडौं, ७ साउन-नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनुषाका ६० वर्षीय पुरुष र ४९ वर्षीया चिनियाँ महिलाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा....

१ वर्षभन्दा कम सजाय पाएका कैदीलाई कैदमुक्त गरिने

कोरोना भाइरस संक्रमणबाट बच्न १ वर्षभन्दा कम सजाय पाएर जेलमा रहेका कैदीलाई रिहा गरिने भएको छ । सर्वोच्च अदालतको शुक्रबार बसेको पूर्ण बैठकले १ वर्षभन्दा कम सजाय पाएर जेलमा रहेका कैदीलाई कैदवापतको रकम लिएर कैदमुक्त...

पेट्रोलको भाउ प्रतिलिटर ७ रुपैयाँ घट्यो

विराटनगर । नेपाल आयल निगमले पेट्रोलको भाउ प्रतिलिटर ७ रुपैयाँ घटाउने निर्णय गरेको छ । यस्तै डिजेल तथा मट्टितेलमा प्रतिलिटर पाँच घटाउने भएको हो । इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलको मूल्यमा...

विराटनगरमा फागुन २२ गतेदेखि महिला क्रिकेट हुने

विराटनगर । महिला क्रिकेट विकास गर्न र अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर तेस्रो “इक्युवालिटि कप क्रिकेट २०२४” को आयोजना हुने भएको छ । आज विराटनगरमा आयोजकले पत्रकार सम्मेलन गरि प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्