प्रदेश १ मा २८ कोरोना संक्रमित

 न्यूज विराट
प्रदेश १ मा २८ कोरोना संक्रमित

मोरङ, ११ वैशाख-प्रदेश–१ मा कोरोना सङ्क्रमितको संख्या २८ पुगेको छ । पछिल्लो कोभिड–१९ परीक्षणमा २ महिलामा संक्रमण देखिएसँगै पोजिटिभको संख्या २८ पुगेको प्रदेश–१ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्थापित सूचना डेस्कले जनाएको छ ।

पोजिटिभ पुष्टि भएकामध्ये १६ नेपाली नागरिक र १२ जना भारतीय छन् । उनीहरुकोे उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केबाट थ्रोट स्वाब नमुना सङ्कलन गरी परीक्षण गरिएको हो ।

उनीहरुको उपचार विराटनगर–१० स्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रदेशमा हालसम्म ८ सय २३ जनाको स्वाब पीसीआर विधिबाट परीक्षण गरिएको छ भने द्रुत गतिको आरडीटी विधिबाट ३ हजार ५९२ जनाको रगतको नमुना सङ्कलन गरिएको छ । प्रदेश अन्तर्गतका विभिन्न स्थानमा रहेका आइसोलेसन शय्यामा बस्नेको संख्या ३४ रहेको छ भने क्वारेन्टाइनमा १ हजार ७० छन् । रासस

सम्बन्धित समाचार

आज बडादसैंको सातौं दिन, शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै

काठमाडौँ,  ७ कात्तिक-आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैंघरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती...

भोलिसम्म प्रधानन्यायाधीशको राजीनामा नआए थप आन्दोलन गर्छौं:बार एसोसिएसन

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिए थप आन्दोलन गर्ने चेतावनी दिएको छ । बिहीबार पत्रकार सम्मेलन गरी बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भोलि (शुक्रबार) सम्म प्रधानन्यायाधीश जबराले राजीनामा नदिए थप आन्दोलन गर्ने चेतावनी...

ऋचा मेमोरियल टी–२० क्रिकेट : एनबीएससीको दोस्रो जित, दिल्ली दुई खेलमा जित बिहनी

विराटनगर । घरेलु टिम एनबीएससी विराटनगरले प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा लागातार दोस्रो जित हात पारेको छ । लागातार जित हात पार्ने क्रममा एनबीएससीले पाहुना टिम दिल्ली युनाईटेड क्रिकेट क्बलमाथि ३२ रनको...

फोनपेको दुबई ट्रिपका विजेता घोषणा

काठमाडौं, फागुन १३–नेपालको अग्रणी मोबाइल भुक्तानी नेटवर्क कम्पनी फोनपेले ‘पैसा लिने र तिर्ने, दुबई उड्ने’ योजनाअन्तर्गतका मासिक विजेता घोषणा गरेको छ । दुबई ट्रिपका लागि ग्राहकको तर्फबाट सुप्रिया शाक्य र मर्चेन्टका तर्फबाट हिमालयन किराना पसल...

२१ जेठदेखि नयाँ शैक्षिकसत्र सुरु गर्न माग

काठमाडौं १६ जेठ-निजी विद्यालयहरुले २१ जेठदेखि नयाँ शैक्षिकसत्र सुरु गर्न सरकारलाई आग्रह गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन् नेपाल (नेशनल प्याब्सन), राष्ट्रिय अभिभावक महासंघ, अभिभावक संघ...

जिल्ला अस्पतालको परिणाम देखिनुपर्याेः मन्त्री घिमिरे

विराटनगर, २४ कात्तिक–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जिल्ला अस्पतालहरुले परिणाम देखिनेगरि काम गर्नुपर्ने बताएका छन् । उनले अस्पतालहरुले विस्तार गरेको सेवाका बारेमा स्थानीयले थाहा पाउने गरि काम गर्न समेत निर्देशन दिए ।...

यहीे पुस्ताले समृद्धिको तला थप्ने जिम्मेवारी वहन गर्छ : प्रधानमन्त्री ओली 

काठमाडौं, १ असार-प्रधानमन्त्री केपी शर्मा ओलीले भावी पुस्ता सक्षम हुन आवश्यक रहेको बताएका छन् । आज विद्यालय तहका बालबालिकाको सिकाइ निरन्तरता लक्षित कार्यक्रम सुरू भएको घोषणाका सन्दर्भमा बोल्दै उनले आगामी पुस्ताले समृद्धिको तला थप्ने जिम्मेवारी...

सक्षम जनशक्तिलाई अब राहत होइन, श्रम र रोजगारी

काठमाडाैं, २८ वैशाख-उपत्यका नगरपालिका फोरमले सक्षम जनशक्तिलाई श्रम र रोजगारीसँग जोड्दै अर्थतन्त्रलाई चलायमान बनाउन संघीय सरकारलाई सहयाेग गर्ने निर्णय गरेको छ । उपत्यकाका दुई महानगर र १६ नगरपालिकाका मेयर–उपमेयरहरूको साझा संस्था नगरपालिका फोरमको बैठकले यस्तो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्