वैशाख कृष्ण औँसी आज, सामाजिक दूरी कायम गरेर आमाको अनुहार हेर्न सुझाव

 न्यूज विराट
वैशाख कृष्ण औँसी आज, सामाजिक दूरी कायम गरेर आमाको अनुहार हेर्न सुझाव

काठमाडौं, ११ वैशाख-वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने दिन आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुसी पारी मनाइँदै छ ।

यो वर्ष कोरोना महामारी भएकाले सामाजिक दूरी कायम गरेर आमाको अनुहार हेर्दा राम्रो हुने स्वास्थ्यकर्मीले बताएका छन् । आमाको अनुहार हेर्ने अति पवित्र दिनमा सबैले सामाजिक दूरी कायम गरेर मात्र आमाको अनुहार हेर्दा राम्रो हुने काठमाडौंको पिङ्गलास्थानस्थित रामघाट स्वास्थ्य केन्द्रकी डा. उरुसा पौडेलले सुझाव दिइन् ।

शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा लिइन्छ । वैशाख कृष्णपक्ष औँसीका दिनलाई नेपालीले मातातीर्थ औँसी अर्थात् मातृऔँसीका रुपमा समेत मनाउँछन् ।

छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा तागतिला खानेकुरा खान दिएर आशीर्वाद थाप्ने चलन छ । यसो गरेमा मातृ ऋणबाट मुक्त भइने जनविश्वास छ ।

आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्डसहित श्राद्ध तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवंगत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।

शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देव ऋण, मनुष्य ऋण र पितृ ऋण तिर्नैपर्छ भनिएको छ । पितृ ऋण तिर्न मातापितालाई जीवित हुँदा सम्मानपूर्वक खुसी राख्ने मृत्युपश्चात् श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान छ ।

आजको दिन दिवंगत आमाको सम्झनामा यहाँस्थित थानकोट मातातीर्थमा मेला लाग्छ । तर, यो वर्ष लकडाउनका कारण मेला प्रभावित भएको छ ।

आमा नहुने नरनारी आज बिहानै उक्त तीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव) को दर्शन र पूजा गर्दछन् । आमा बित्नेले सके प्रत्येक वर्ष, नसके एकपटक मातातीर्थमा श्राद्ध गर्नुपर्ने मान्यतासमेत छ ।

मातातीर्थको उत्पत्तिका सम्बन्धमा प्रचलित एउटा कथा यस्तो छ । कथा अनुसार धेरै वर्ष पहिले त्यस ठाउँमा गाईवस्तु चराउने चौर थियो । एक दिन एउटा गोठालाले सो चौरमा फ्याँकेको रोटीको टुक्रा हरायो ।

उसले अचम्म मानी रोटीको अर्को टुक्रा पनि फ्याँक्यो, त्यो पनि हरायो । अरू गोठालाहरूले पनि रोटीका टुक्रा फ्याँके, तिनमध्ये आमा जीवित हुनेले फ्याँकेको रोटी त्यहीँ रही आमा नहुनेले फ्याँकेका रोटीमात्र अलप भए ।

कथाअनुसार पहिलोचोटी रोटी फ्याँक्नेकी आमा पनि थिइनन् । त्यो दिन वैशाख कृष्णपक्षको औँसी थियो । दोस्रो दिन भने अघिल्लो दिनको जस्तो रोटी हराएन ।

सो कुरा चाल पाई गाउँलेहरूले औँसीका दिन मृत आमा त्यस ठाउँमा आई आफ्ना छोराछोरीले दिएको चिज खाँदा रहेछन् भन्ने विश्वास गरेर त्यस ठाउँमा कुण्ड बनाइ त्यसको नाम मातातीर्थ राखे ।

यसरी हरेक वर्ष आजकै दिन आमा नहुनेहरूले त्यहाँ गई कुण्डमा नुहाएर मीठामीठा खाद्यपदार्थ चढाई मातृ दिवस मनाउन थाले र मातातीर्थ मेला लाग्न थाल्यो ।

औँसीलाई पितृको तिथि मानिन्छ । भदौ कृष्ण औँसीमा बाबुको मुख हेर्ने पर्वका रुपमा मनाइन्छ । यस दिन बाबुलाई मीठा चीजबीज खान र राम्रा कपडा लगाउन दिइन्छ । बाबुको मुख हेर्ने दिन उपत्यकाको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वरमा दिवंगत पिताको सम्झनामा श्राद्ध गरिन्छ ।

सम्बन्धित समाचार

पार्टीको हितका लागि नेतृत्वको दाबी छाडेँ : पशुपतिशमशेर जबरा

काठमाडौं, १५ मंसिर । राप्रपा अध्यक्ष पशुपति शमशेर जबराले पार्टीको हितका लागि आफूले नेतृत्वको दाबी छोडेको जानकारी दिनुभएको छ । काठमाडौंमा बुधबारबाट सुरु भएको पार्टीको एकता महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले केही दिनअघिसम्म नेतृत्वमा गरेको दाबी अहिले...

लायन्स क्लब अफ विराटनगर युनिकद्वारा विद्यालयलाई फिल्टर र शैक्षिक सामाग्री हस्तान्तरण

विराटनगर । लाइन्स क्लब अफ बिराटनगर युनिकले लायन बर्ष २०२३-२०२४ को पहिलो दिन जुलाई १ तारिकको  अवसरमा विद्यालयलाई फिल्टर र स्टेशनरी वितरण गरेको छ ।  विराटनगर कोचाखालस्थित आधारभूत विद्यालयलाई क्लबले स्वच्छ पिउने पानीको लागि लागि...

पोखरिमा डुबेर एक किशोरको मृत्यु

बिराटनगर, ३२ साउन-मोरङ बिराटनगर महानगरपालिका–१४ मा स्थित पोखरीमा डुबेर १६ बर्षीय किशोरको मृत्यु भएको छ ।आइतबार बिहान सवा ९ बजेको समयमा उक्त स्थानमा रहेको माई पोखरीमा पौडी खेल्ने क्रममा अचानक डुबेर बेपत्ता भएका विराटनगर–१५ का...

एमसीसी संसदबाट पारित नहुँदासम्म एमसीए नेपालका काम रोक्ने नेकपाको निर्णय

काठमाडौं, १७ जेठ-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संसदबाट अमेरिकन सहयोग एमसीसी अनुमोदन नहुँदासम्म एमसीए नेपालअन्तर्गतका कामलाई तत्काल रोक्ने निर्णय गरेको छ । शनिबार बसेको नेकपा सचिवालय बैठकले संसदबाट एमसीसी अनुमोदन हुने/नहुने निर्णय नहुँदासम्म एमसीए नेपालअन्तरगतका काम...

कोरोनाबाट मृत्यु भएकी महिलाको शिशु अस्पतालबाट डिस्चार्ज

काठमाडौं, ९ जेठ-कोरोना भाइरका कारण मृत्यु भएकी महिलाले जन्माएकी शिशुलाई धुलिखेल अस्पतालले डिस्चार्ज गरेको छ । उनको परिवार र शिशुको रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज गरिएको हो । ‘आज डिस्चार्ज गरिको हो’, अस्पतालका डा. सुमन...

विराटनगरको अरनीको स्कुल देशभरीमै टप ट्वान्टीमा पर्न सफल

विराटनगर । विराटनगरस्थित अरनिको आवासीय सेकेण्डरी स्कुल देशभरीको टप ट्वान्टी भित्र पर्न सफल भएको छ । जुकेशन समाचारले गरेको सर्वेक्षण अनुसार अरनिको स्कुल देशभरीको ‘टप थटीन’ भित्र पर्न सफल भएको हो । एजुकेशन समाचारले हालै...

नेकपा अध्यक्ष पोखरेलको पहलमा मन्त्री घिमिरेले गरे रतुवामाईका क्वारेन्टाइन निरिक्षण

विराटनगर, जेठ २२–प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले मोरङको रतुवामाई नगरपालिकामा रहका क्वारेन्टाइनहरुको निरिक्षण गरेका छन् । संविधानसभा सदस्य तथा नेकपा मोरङका अध्यक्ष ऋषिकेश पोखरेलको पहलमा स्वास्थ्य प्राविधिक टोलीका साथमा पुगेका मन्त्री...

शनिबारदेखि भेडेटारमा व्यवसायीक रुपमा ‘जिप फ्लाईङ’

विराटनगर, फागुन २२–यही शनिबारदेखि धरान–४ स्थित भेडेटारबाट देविथानसम्म जिप फ्लाइङको व्यवसायिक रुपमा सुरुवात हुने भएको छ । करिब ७ महिना अघिदेखी वल्र्ड वाइड ग्रुप नेपाल प्रा.लि.धरान–४ ले निर्माण सुरु गरी जिप फ्लाइङको सुरुवात गर्न लागेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्