उपचारपछि घर फर्किए ७ लाख १७ हजार कोरोना संक्रमित

 न्यूज विराट
उपचारपछि घर फर्किए ७ लाख १७ हजार कोरोना संक्रमित

काठमाडौं, ११ वैशाख-विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका ७ लाख १७ हजार बढी व्यक्ति उपचारपछि घर फर्किएका छन् ।

कोरोनाको संक्रमणबाट मुक्त हुनेमा सबैभन्दा बढी जर्मनीमा छन् । त्यहाँ १ लाख ५० हजार संक्रमितमध्ये ९९ हजार ४ सय व्यक्ति निको भइसकेका छन् ।

निरन्तर संक्रमण घटिरहेको जर्मनीमा ४६ हजार व्यक्ति मात्र अब मुक्त हुन बाँकी छन् । त्यहाँ अहिले झण्डै ३ हजार व्यक्तिको अवस्था गम्भीर रहेको छ ।

चीनमा ८२ हजार ७ सय संक्रमतिमध्ये ७७ हजार २ सय बिरामी उपचारपछि घर फर्किसकेका छन् ।वर्ल्डोमीटरका अनुसार चीनमा अहिले ९ सय ५९ व्यक्तिको उपचार भइरहेको छ । जसमध्ये ६३ जनाको अवस्था गम्भीर रहेको छ ।

स्पेनमा संक्रमितको संख्या २ लाख ८ हजार नाघेको छ । जसमध्ये झण्डै ८६ हजार व्यक्ति उपचारपछि घर फर्किएका छन् । कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ८४ हजार व्यक्ति संक्रमणबाट मुक्त भएका छन् । त्यहाँ संक्रमितको संख्या सबैभन्दा बढी ८ लाख ४८ हजार नाघेको छ ।

इटालीमा ५४ हजार, फ्रान्समा ४० हजार ६ सय, इरानमा ६३ हजार, ब्राजिलमा २५ हजार, स्विटजरल्याण्डमा १९ हजार, टर्कीमा १६ हजार, क्यानाडामा १३ हजार, अष्ट्रेलियामा ११, आयरल्याण्डमा ९ हजार संक्रमित उपचारपछि घर फर्किसकेका छन् ।

दक्षिण एसियाकाे भारतमा ४ हजार ३ सय, पाकिस्तानमा २ हजार, बंगलादेशमा ९२, अफगानिस्तानमा १६६, श्रीलंकामा १०५, माल्दिभ्समा १६, नेपालमा ७ र भुटानमा २ जना निको भएका छन् ।

गत वर्षको डिसेम्बरमा चीनबाट फैलिएको कोरोनाबाट विश्वका २१० का देश प्रभावित भइसकेका छन् । बिहीबार बिहानसम्म २६ लाख ३६ हजार व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको छ । जसमध्ये १ लाख ८४ हजार व्यक्तिले ज्यान गुमाएका छन् ।

सम्बन्धित समाचार

कांग्रेसले संसद्को विशेष अधिवेशन आह्वानका लागि दबाब दिने

काठमाडौं, १४ असोज-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदको विशेष अधिवेशन आह्वानका लागि सरकारसँग माग गर्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको केन्द्रीय पदाधिकारी र केही नेतासमेतको बैठकले सरकालाई विशेष अधिवेशन आह्वान गर्न...

कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ भव्य रुपमा उद्घाटन गर्दै

विराटनगर।कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ भव्य रुपमा उद्घाटन गरेको छ। गुराँसको राजधानी तेर्हथुमको तीनजुरे मिल्केमा पर्यटन वर्षको उद्घाटन गरिएको हो। सो कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कुमार कार्कीले प्रदेशबाट सन्देश प्रवाह...

लगानीकर्तालाई धितोपत्र बजार सम्बन्धी सचेतना

विराटनगर । झापाको विर्तामोडका लगानीकर्तालाई धितोपत्र बजार सम्बन्धी शिक्षा र सचेतना कार्यक्रम आयोजना गरिएको छ । नेपाल धितोपत्र बोर्ड र स्टक ब्रोकर एशोसिएसनको आयोजनामा शुक्रबार धितोपत्र बजार सम्बन्धी सचेतना कार्यक्रम गरिएको हो ।कार्यक्रममा विर्तामोडका लगानीकर्ताहरूले...

विराटनगरस्थित प्रतिभा पुरस्कार प्रतिष्ठानद्वारा आठ साहित्यकार पुरस्कृत

विराटनगर । चार दशकभन्दा लामो समयदेखि भाषा साहित्यको क्षेत्रमा सक्रिय विराटनगरस्थित प्रतिभा पुरस्कार प्रतिष्ठानले विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई नगदसहित सम्मान गरेको छ । बुधबार विराटनगरमा आयोजित कार्र्यक्रममा ‘प्रतिभा पुरस्कार’ अग्रज साहित्यकार प्रा.डा. लक्ष्मणप्रसाद गौतम,...

विराटनगर महानगरपालिका , पदाधिकारीको सुविधा तथा बैठक भत्तामै सकियो २ करोड ६० लाख

विराटनगर । विराटनगर महानगरपालिकाले गत आर्थिक वर्षमा लक्ष्य अनुसार आम्दानी गर्न नसकेको पाइएको छ । आर्थिक वर्ष २०७९÷०८० मा महानगरको संशोधित बजेट ४ अर्ब १७ करोड ९ लाख ९८ हजार रुपैयाँ थियो ।त्यसको तुलनामा महानगरपालिकाले...

सुनसरीको भोक्राहा गाउँपालिकामा बीउ उत्पादन तथा भण्डारण केन्द्र निर्माण हुने

विराटनगर, ३० माघ । सुनसरीको भोक्राहा गाउँपालिकाको वडा नम्बर २ मा बीउ उत्पादन तथा भण्डारण केन्द्र निर्माण हुने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत भोक्राहामा बन्न लागेको बीउ स्रोत केन्द्र (कृषि बिकास) को...

संविधान संशोधन विधेयकमाथि मतदान सुरु

काठमाडौं, ३१ जेठ-संविधान संशोधन प्रस्तावमाथि मतदान सुरु भएको छ । सभामुख अग्नि सापकोटाले संविधान संशोधन विधेयक निर्णार्थ प्रस्तुत गरेसँगै मतदान प्रक्रिया सुरु भएको हो । नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ पारित गर्न मत विभाजनका...

प्रेस युनियनद्धारा पत्रकारका समस्याबारे सरकारको ध्यानाकर्षण

विराटनगर, साउन ३१–काभिड–१९ को महामारीका बेला पत्रकार र संचार संस्था समस्यामा परेको भन्दै नेपाल प्रेस युनियनले सरकार तथा सरोकारवालासँग ९ सुत्रीय माग अघि सारेको छ । युनियनको सुनसरी शाखाको समन्वयमा प्रदेश १ का युनियनका विभिन्न...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्