कृषि विश्वविद्यालयले उत्पादन गर्‍यो तितेपाती स्यानिटाइजर

 न्यूज विराट
कृषि विश्वविद्यालयले उत्पादन गर्‍यो तितेपाती स्यानिटाइजर

कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनले तित्तेपाती स्यानिटाइजर उत्पादन गरेको छ । विश्वविद्यालयको जैविक प्रविधि केन्द्रले उत्पादन गरेको स्यानिटाइजरमा इथानोल, ग्लिसिरोल, हाइट्रोजन पेरोअक्साइड र तितेपातीको समिश्रणबाट स्यानिटाइजर उत्पादन गरिएको हो ।

तितेपाती प्रयोग गरी बनाइएको स्यानिटाइजर पहिलो प्रयोग भएको विश्विद्यालयका उपप्राध्यापक सरोज सापकोटाले जानकारी दिए । सो स्यानिटाइजर विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार तयार पारिएको सापकोटाले बताए ।

केन्द्रले पहिलो चरणमा १८० लिटर स्यानिटाइजर उत्पादन गरेको र २० एमएलको बोतलमा प्याकिङ गरेको छ । स्यानिटाइजर सोमबारदेखि प्रयोगमा ल्याइएको छ । जिल्लाको नारायणगढ र नवलपुरको गैँडाकोट क्षेत्रका तरकारी तथा फलफूल बिक्री गर्ने व्यवसायी तथा कृषकलाई निःशुल्करूपमा वितरणसमेत गरिएको छ ।

सो अवसरमा विश्वविद्यालयका उपकुलपति प्रा डा शारदा थपलिया, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, जैविक प्रविधि केन्द्रका निर्देशक डा ईश्वरीप्रसाद कडरिया, कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकाललगायत  उपस्थित थिए ।

सम्बन्धित समाचार

ऋषि कट्टेलले जिते मुद्दा, ओली-प्रचण्डको नेकपा खारेज

काठमाडौं, फागुन २३-सर्वोच्च अदालतले ओली-प्रचण्डको नेपाल कम्युनिष्‍ट पार्टी (नेकपा) खारेज गरेको छ । अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता...

सेन्ट जोसेफ स्कूलमा लागुऔषधविरुद्ध सचेतना

विराटनगरको सेन्ट जोसेफ स्कूलमा लागुऔषधविरुद्ध समेतना मूलक कार्यक्रम आयोजना गरिएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले समाजमा शान्ति निर्माण र द्वन्द्व रोकथामका लागि सो स्कूलमा लागू पदार्थ दुरुपयोग सम्बन्धी एक कार्यशाला आयोजना गरेको हो...

कोशी प्रदेश सरकारको १०० दिनको उपलब्धी सार्वजानिक

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफू नियुक्त भएको एक सय दिनको उपलब्धि सार्वजनिक गरेका छन् । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा विशेष कार्यक्रम गरी उनले आफूले सय दिनभित्र गरेका ६० काम सार्वजनिक गरेका...

युवा उद्योगी प्रेम राठी सम्मानित

विराटनगर । विराटनगरका युवा उद्योगी प्रेम राठी सम्मानित भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ६९ औं प्रहरी दिवसको अवसर पारेर राठीलाई बुधबार सम्मान गरेको हो । सम्मानित भएका राठीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत...

तीन दिनभित्र तेक्वान्दो खेलको प्रशिक्षक नियुक्त हुन्छ : सदस्य सचिव वाग्ले

विराटनगर । खेलकुद विकास बोर्ड कोशी प्रदेशका सदस्य सचिव हंशराज वाग्लेले आइटिएफ तेक्वान्दो खेलको प्रशिक्षक तीन दिन भित्रमा नियुक्त गर्ने बताएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको छैटौं कोशी प्रदेश स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता बोल्दै...

खार्जीमा स्वच्छता सम्वन्धी सचेतना

विराटनगर, १४ वैशाख । विराटनगरस्थित खार्जीमा स्वच्छता सम्बन्धी सचेतनामुलक कार्यक्रम आयोजना गरिएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले खार्जीका विद्यार्थी र समुदायका लागि स्वच्छतासम्बन्धी सचेतना मूलक कार्यक्रम आयोजना गरेको हो । सो अवसरमा हात...

संघीय सांसदका ६९२ जनाको स्वाब संकलन, ५४ जनाको बाँकी

काठमाडौं, २६ वैशाख-आजदेखि सुरु हुने संघीय संसदको बजेट अधिवेशनअघि प्रतिनिधिसभा र राष्ट्रियसभाका २७५ जना सांसदको कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन गरिएको छ । हिजो र आज गरि २७५ जना सांसदसहित कूल ६९२ जनाको स्वाब...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्