अध्यादेशले कोरोना विरुद्धको लडाईँलाई अझ कमजोर बनायो : सांसद मण्डल

 न्यूज विराट
अध्यादेशले कोरोना विरुद्धको लडाईँलाई अझ कमजोर बनायो : सांसद मण्डल

विराटनगर, बैशाख ९–पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सदस्य शिवकुमार मण्डलले विपदका बेला सरकारले सोमबार जारी गरेको अध्यादेशले कोरोना विरुद्धको लडाइलाई कमजोर बनाएको बताएका छन् ।

उनले प्रधानमन्त्रीको उक्त कदम बेमौसमको बाजा भएको बताउँदै विपन्न, असाहय र सडकमा अलपत्र जनताको उद्धारमा लाग्नुपर्ने भएपनी अध्यादेश ल्याएर कोरोना विरुद्धको लडाइलाई बल नपुग्ने बताएका हुन् ।

उनले प्रधानमन्त्रीको यस्तो कदमले सरकार र पार्टीलाई कमजोर बनाएको बताए । सांसद मण्डलले अध्यादेश ल्याउने कदमले प्रधानमन्त्री ओली र सिंगो नेकपाको शाख कमजोर बनाएको दावी गरे ।

उनले अध्यादेश ल्याएर प्रधानमन्त्री केपी शर्मा ओली निहित स्वार्थमा डुब्ज खोजेको आरोप पनि लगाए । उनले विश्वनै कोरोना भाइरसको महामारीबाट आक्रान्त बनिरहेका बेला आवश्यकतानै नरहेको राजनितिक दल सम्बन्धी अध्याधे संशोधन गरेर प्रधानमन्त्री ओली निहित स्वार्थमा डुब्न खोजेको आरोप लगाएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै केन्द्रीय सदस्य तथा विराटनगर महानगरपालिकाका इन्चार्जसमेत रहेका नेता मण्डलले कोरोना भाइरसको लडाइमा सवैदल यतिबेला ए जुट हुनुपर्नेमा दल फुटाउने र जोड्ने तर्फ लाग्नु गलत भएको बताए ।

‘यतिबेला कुनै पार्टी फुट्ने वा जुट्ने समय होइन । अहिले राष्ट्रिय विपदबाट कसरी बच्ने? कसरी पार लगाउने?संक्रमणको विरुद्ध कसरी एकजुट हुने भन्ने विषयमा केन्द्रीत हुनुभन्दा आवश्यकतानै नभएको विषयमा समय खेर फाल्न खोजिएको छ ।’ उनले भने,‘खान नपाएका असाहय, अशक्त जनतालाई चाहिँ कसरी राहत वितरण गर्ने, कसरी पहल गर्ने । यतातिर छलफल छलफल गर्नुको सट्टा अध्यादेश मार्फत पार्टी फोड्ने र जोड्ने कुराले पक्कै पनि राज्य वा सरकारलाई बल होइन कमजोर बनाउने कार्य गरेको छ । यस्तो कार्यले सरकार वा राष्ट्र सफल हुने भन्दा पनि आफ्नो अनुकुलको अवस्था कायम राख्न निहित स्वार्थमा प्रधानमन्त्री डुब्न खोजेको भान भएको छ । यो गलत कृयाकलाप हो ।’

उनले विपदका बेला सवै नेता र दलहरु एक जुट भएर कोरोना भाइरस विरुद्धको लडाइमा लाग्नुपर्नेमा अध्यादेश ल्याएर प्रधानमन्त्री राजनितिक अकर्मण्यताको दिशामा अघि बढ्न खोजेको आरोप लगाए ।‘ सट्टा सवै एक जुट भएर कोरोना विरुद्धमा उभिनुपर्ने आजको आवश्यकता हो । तर, अध्यादेशको विषयले मुलुकमा राजनितिक शुन्यता र राजनितिक अकर्मण्यता दिशातिर जान खोजेको देखियो । यसले दल र गणतन्त्रलाई बलियो बनाउदैन ।’ उनले भने,‘संघिय लोकतान्त्रीक गणतन्त्रमा दलहरुको विश्वासलाई कायम गराउनुको सट्टा अध्यादेश मार्फत जनतामा वितृष्ण पैदा गर्ने गतिविधि भएको छ र यो गतिविधिले मुलुकलाई गलत दिशमा अघि बढाउन खोजेको हो कि भन्ने आशंका उब्जाएको छ ।’

सम्बन्धित समाचार

व्यवसायीले भने : यथास्थितमा सार्वजनिक यातायात चलाउँदैनौँ

काठमाडौं, २५ असार-व्यवसायीले यथास्थितिमा सार्वजनिक यातायात चलाउन नसकिने बताएका छन् । सरकारले सामाजिक दूरी कायम गरी एकै जिल्लामा सवारी साधन चल्न दिने निर्णय गरेलगत्तै व्यवसायीले यथास्थितिमा यातायात चलाउन नसकिने बताएका हुन् । यातायात व्यवसायीले साविक...

सुनको मूल्य ९९ हजार पुग्यो

काठमाडौं, १५ साउन-बिहीबार सुनको मूल्य ह्वात्तै बढेको छ । आज प्रतितोला ९ सय ३५ रुपैयाँ बढेको हो । बुधबार ९८ हजार ५ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ९९ हजार रुपैयाँ तोकिएको छ...

ललिता निवास प्रकरण : काग्रेसद्धारा प्रदेश १ को संसद बैठक अबरुद्ध

विराटनगर, माघ २६–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश १ को प्रदेशसभा बैठक पनि अबरुद्ध गरेको छ । आजको बैठक सुरु भए लगत्तै नेपाली कांग्रेसका सांसद उठेर बैठक अवरुद्ध गरेका थिए । प्रतिपक्षका सांसद उठेर विरोध...

काठमाडौं उपत्यकामा आज २ सय ५२ जनामा कोरोना

काठमाडौं, ११ कात्तिक-मंगलबार काठमाडौं उपत्यकामा २ सय ५२ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजर उपत्यकामा १ सय ५५ पुरुष र ९७ महिला गरी २ सय ५२ जनामा...

गाउँघरमा उत्पादित अन्न र फलफूल प्रयोग गरी कुपोषण हटाउनु पर्छ

विराटनगर, ८ असार । मोरङको दक्षिण क्षेत्रमा मातृ तथा बाल बालिकामा देखिएको कुपोषण न्यूनिकरणमा पालिकाले विशेष बजेट छुट्याउनु पर्ने देखिएको छ । गरीवी, अशिक्षा चेतनाको कमिका कारण यस क्षेत्रमा गर्भवती महिलाको मृत्यु र बाल कुपोषण...

विराटनगरमा जसपा ठाकुर पक्षको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण

विराटनगर, २३ साउन । जनता समाजवादी पार्टी नेपाल (जसपा) को आधिकारीकता उपेन्द्र यादव समुहले पाएपछि जिल्ला तहमा पनि त्यसको असर परेको छ । यादवले आधिकारीकता पाएपछि महन्थ ठाकुर र राजेन्द्र महतो समुह अहिले मधेश दौडाहमा...

मोटरसाइकल दुर्घटनाबाट एक जनाको मृत्यु

विराटनगर, २३ असोज । झापा अर्जुनधारा नगरपालिका २ भेलेनी चौक छेउ  स्थित भित्री सडक खण्डमा मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालकको घटना स्थलमानै मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक झापा अर्जुनधारा नगरपालिका ६...

नेपालमा एकै दिन १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १४ जेठ-नेपालमा एकै दिन १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरानको बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा ११ जनामा पोजिटिभ देखिएका छन् । कोसी अस्पतालमा गरिएको परीक्षणमा १७ जनामा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्