नेपाल–भारत सीमानाकामा सीसीटिभी जडान गरिने

 न्यूज विराट
नेपाल–भारत सीमानाकामा सीसीटिभी जडान गरिने

प्रदेश–२ सरकारले नेपाल–भारत सीमानाकामा सीसीटिभी क्यामेरा जडान गर्ने भएको छ । लकडाउन तथा सीमानाका सिल गरिएको अवस्थामा पनि आवागमन नरोकिएपछि प्रदेश सरकारले आठै जिल्लाका विभिन्न नाकामा सीसीटिभी जडान गर्न लागेको हो ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोजसिंह कुशवाहाले सो जानकारी गराउँदै भने, ‘नेपाल–भारत सीमानाकामा सीसीटिभी क्यामेरा जडानका लागि करिब ५ करोड रुपैयाँ खर्च हुनेछ । सीमामा कडा निगरानीका लागि यो कदम उठाउन लागिएको हो ।’

भारतसँग जोडिएको खुल्ला सीमाका कारण भारतबाट रातिराति लुकिछिपी मानिस नेपाल छिर्ने गरेको र त्यसले गर्दा कोरोना सङ्क्रमण रोकथाममा झन कठिनाइ भएको भन्दै सीसीटिभी क्यामेरा अर्को विकल्पका रुपमा अघि सारिएको बताए ।

यस्तै, सीमानाकामा निगरानी बढाउनका लागि सुरक्षाकर्मीलाई १ सय साइकल दिने तयारीमा समेत प्रदेश सरकार जुटेको मन्त्री कुशवाहाले जानकारी दिए ।

१ हजार २६५ क्वारेन्टाइनमा

प्रदेश–२ मा शनिबार दिउँसोसम्म कोरोना भाइरस शङ्कास्पद ५ सय ५१ जनामा गरिएको स्वाब परीक्षणमा ५१२ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रादेशिक अस्पताल जनकपुरस्थित प्रयोगशालामा परीक्षण गरिएका मध्ये ३५ जनाको रिपोर्ट आउन बाँकी छ । ४ जनाको रिपोर्ट यसअघि नै पोजेटिभ आइसकेको छ । शनिबार मात्रै दिउँसोसम्म ६ जनाको स्वाब सङ्कलन गरिएको छ ।

त्यस्तै, आरडीटी किटबाट परीक्षणका लागि शनिबारसम्म १ हजार ८ सय २२ जनाको नमुना सङ्कलनमा १ हजार ८१९ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ३ जनाको रिपोर्ट पोजेटिभ यसअघि नै देखाइसकेको छ ।

प्रदेश–२ का स्वास्थ्य निर्देशनालयका अनुसार शनिबार मात्रै दिउँसोसम्म प्रदेशका आठवटै जिल्लाबाट ९ सय ४० जनाको आरडीटी सङ्कलन गरिएको हो । रासस

सम्बन्धित समाचार

प्रदेश १ लाई खेलकूदको हबको रूपमा अगाडी बढाइने

विराटनगर, ३ पुस । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले खेलकुद क्षेत्रलाई उच्च प्राथामिकतामा राख्दै प्रदेशलाई सबै विधाको खेलकूदको अबको रूपमा विकास गरेर अगाडी बढने बताएका छन् । विराटनगरमा शुक्रबारदेखि सुरू भएको प्रथम प्रदेश नंं...

प्रदेश १ मा आज अहिलेसम्मकै बढी १४५ संक्रमित थपिए

विराटनगर, १९ भदौ-प्रदेश १ मा शुक्रबार १ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । यो अहिले सम्मकै उच्च हो । मोरङमा ७०, सुनसरीमा ३४, झापामा २८, ओखलढुङ्गामा ४, उदयपुर, सोलुखुम्वु, भोजपुर र खोटाङमा १÷१...

बैंकको चर्को ब्याजदर घटाउनुपर्ने माग राख्दै उद्योगीद्धारा राष्ट्र बैंक अगाडि धर्ना

विराटनगर । बैंकको चर्को ब्याजदर घटाउनुपर्ने माग राख्दै उद्योगी व्यवयासीहरूले विराटनगरस्थित नेपाल राष्ट्र बैंकको कार्यालय अगाडी धर्ना दिएका छन् । मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश नं. १ को संयुक्त...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनले २५० जनालाई ख्वायो खाना

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले २५० जना भन्दा बढीलाई खाना खुवाएको छ । विराटनगरस्थित कोशी अस्पतालमा पुगेर सो क्लबले खाना खुवाएको हो । उपचारका लागि अस्पताल आएका विरामी, कुरुवा र सेवाग्राहीहरुलाई खाना खुवाइएको...

रोजगारी गुमाएकालाई सरकारले दिने छ रोजगारी

काठमाडौं, जेठ २-सरकारले कोरोना भाइरस र त्यसपछिको परिस्थितिको कारण रोजगारी गुमाएकोलाई नेपालमै रोजगारी दिने प्रतिबद्धता जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् । कोरोना भाइरसका कारण स्वदेशमै...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा बाढीपिडितलाई राहत वितरण

विराटनगर, ९ कात्तिक । बेमौसमी झरीका कारण आएको बढीबाट पीडित परिवारलाई रोटरी क्लब अफ विराटनगर डाउनडाउनले राहत वितरण गरेको छ । विराटनगर बखरीस्थित सिमराही टोलका बाढीपीडित परिवारलाई क्लबले राहतस्वरुप खाद्यान्न वितरण गरेको हो । क्लबले...

मोरङमा खुकुलो बनाउँदै असार १४ गतेसम्म निषेधाज्ञा थप

विराटनगर, ७ असार । मोरङमा जारी निषेधाज्ञा केही खुकुलो पार्दै एक साता लम्ब्याइएको छ । ८ गते राती १ बजेदेखि लागू हुने गरि असार १४ गते राति १ बजेसम्मका लागि थप गरिएको हो । यस...

प्रदेश १ मा थप १५ जनामा कोरोना, संक्रमितको संख्या ४४८ पुग्यो 

विराटनगर, ७ असार-प्रदेश १ मा आइतबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुनसरी, मोरङ, उदयपुर र झापामा ४ महिलासहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्