सडकमा पैसा फालेर भागेका २ महिला पक्राउ

 न्यूज विराट
सडकमा पैसा फालेर भागेका २ महिला पक्राउ

जनकपुरधाम उपमहानगरपालिका-५ महावीर चौकको सडकमा पैसा फालेर भागेकी २ महिलालाई धनुषा प्रहरीले शनिबार पक्राउ गरेको छ । प्रहरीले सीसीटीभी फुटेजको आधारमा शनिबार जनकपुरधामको जानकी नगरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जना जनकपुरधाम उपमहानगरपालिका-७ निवासी मुस्लिम महिला आमुना खातुन र अलिना खातुन रहेकी छन् । उनी दुवै नातामा भाउजू र नन्द हुन । आज करिव अढाई बजे जानकी नगरस्थित मदरसाको पछाडिबाट उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएकोछ ।

पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर सोधपुछ तथा अनुसन्धान भइरहेको धनुषा प्रहरीका नायब उपरीक्षक रामेश्वर कार्कीले बताए ।

सीसीटीभी फुटेजमा मुख छोपेकी २ जना महिला देखिएपछि प्रहरीले ती महिलाको खोजी शुक्रबारदेखि शुरु गरेको थियो । शुक्रबार दिउँसो जनकपुरधाम उपमहानगरपालिका-५ महावीर चोकको सडकको विभिन्न ठाँउमा स्थानीयले पैसा देखे तर कसैले पनि पैसामा छुने आँट गरेनन । सडकमा १० र १ सयको नोट फालिएको अवस्थामा देखेपछि स्थानीय पैसा देख्नेबित्तीकै प्रहरीलाई खबर गरेको थियो ।

सम्बन्धित समाचार

इन्टरनेटमा देखिएका समस्या तत्काल समाधान गर्न निर्देशन

काठमाडौं, २४ कात्तिक-सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले इन्टरनेट सेवामा देखिएका सबै समस्या तत्काल समाधान गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गुरुङले सेवाग्राहीको गुनासो तत्काल सम्बोधन हुनेगरी इन्टरनेट सेवाको...

मोरङ प्रहरीलाई सफलता, एकै दिन ५९ फरार पक्राउ

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले एकै दिन ५९ जना फरार प्रतिवादी पक्राउ गरेको छ । मंगलबार अपराधमा संलग्न भएर लामो समयदेखि फरार रहेकाहरूलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए ।...

कोरोमा माहामारीमा पनि सामाजिक काममा अग्रसर रोटरी क्लब अफ विराटनगर डाउनटाउन

विराटनगर, २३ असोज–विश्वव्यपी माहामारिका रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ का बिच पनि रोटरी क्लब अफ विराटनगर डाउन टाउन सामाजिक कार्यमा अग्रसर बन्दै आएको छ । नियमित विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ विराटनगर...

‘विराट एक्स्पो’ २०७६ को तयारी सुरु

विराटनगर, माघ २३–उद्योग संगठन मोरङको आयोजना र नोवेल मेडिकल कलेजको मुख्य प्रायोजनमा विराटनगरमा कृषि, औद्योगिक तथा व्यापार एक्स्पो २०७६ को आयोजना हुने भएको छ । २ फागुनदेखि ९ दिनसम्म आयोजना हुने उक्त महोत्सव विराटनगर– २,...

कतारले पठाएको सामान नेपाल आइपुग्याे

काठमाडौं, १७ वैशाख-कतारले पठाएको स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । कतारले सहयोगस्वरूप प्रदान गरेको सामग्री रिसिभ गर्न लिन स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थल पुगेका थिए । कतारले व्यक्तिगत सुरक्षात्मक सामग्री (पिपिई), पिसिआर...

उदयपुरमा खुकुरी प्रहार गरी हत्या

विराटनगर, ७ साउन । उदयपुर त्रियुगा नगरपालिका १३ पोर्ताहा का ४५ बर्षीय मेमोरी भन्ने किसन सदाले त्रियुगा नगरपालिका ८ उत्राईटोल का ६५ बर्षीय महिकर चौधरीलाई खुकुरी प्रहार गरि हत्या गरेका छन् । हिजो बिहान सभा...

ढुकुटीमा प्रयाप्त भुक्तानी मौज्दात छ, बजेट खर्च गर्न समस्या हुँदैन : मुख्यमन्त्री राई

विराटनगर, ९ साउन । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारको ढुकुटीमा भुक्तानी मौज्दात पर्याप्त भएकाले चालू आर्थिक वर्षको बजेट खर्च गर्न कुनै समस्या नहुने बताएका छन् । बजेटको अभाव नभएकाले आर्थिक वर्षको सुरुबाटै...

अध्यादेश : राष्ट्रप्रमुख गोटी भएको शेखर कोइरालाको आरोप

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कोरोना भाइरस संक्रमणको घडीमा सरकार नागरिकको जीवन रक्षाप्रति गम्भीर नभएको आरोप लगाएका छन् । उनले नागरिकको रक्षा गर्न र एकताबद्ध हुनुपर्ने बेला उल्टै लकडाउनको अवसर छोप्दै राजनीतिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्