काठमाडौं, ५ वैशाख-लक्षण नै देखिएको व्यक्तिबाट पनि कोरोना भाइरस सर्न सक्ने विज्ञले बताएका छन् । स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मलेनमा फोक्सो रोग तथा आइसियू विशेषज्ञ डा. अर्जुन कार्कीले कोरोना भाइरसको लक्षण नदिखिएको व्यक्तिबाट पनि सर्न सक्ने बताए ।
‘हावाबाट उडेर हाउने होइन । संक्रमित मानिसहरूको नजिक परियो र उनीहरूले खोक्दा खरी र त्यसमा लापबाही गरौँ भने सर्ने सम्भावना बढी हुन्छ । एकचोटी सरिसकेपछि कतिपयलाई लक्षण देखिन्छ । कति मानिसलाई लक्षण नदेखिने रहेको छ’ उनले भने ‘लक्षण नदेखिँदा पनि भाइरस सार्न सक्ने रहेछ । उसले खोकेको छ कि छैन, हाछ्यिँ गरेको छ कि छैन, बिरामी भएको छ कि छैन, भन्ने कारण उनीहरूको नजिक जानेकी नजाने छुट्याउन पुर्छ । किनकि लक्षण पटकै नदेखिएका मान्छेबाट पनि सार्न सक्ने सम्भावना भएकाले हामीले सकेसम्म भिडभाडमा नजाने जाने परे केही दूरीको अवस्थामा बसेर काम सिध्याएर घर फर्किने ।’
उनले नयाँ ठाउँको सतह छोएपछि साबुनपानीले हात धुन वा स्यानिटराइजर प्रयोग गर्न सल्लाह दिए । सुरक्षति उपाए नपनाइ हात अनुहारमा लगिए संक्रमण हुने सम्भावन बढी हुने उनको भनाइ छ । उनका अनुसार संक्रमित देशको अवस्था, वैज्ञानिकहरूको अनुसन्धानलाई आधार मान्दा संक्रमित १०० प्रतिशतमध्ये ८० प्रतिशत मानिसहरूले घरमै बसेर निको हुन सक्छ । २० प्रतिशत मानिसलाई भने च्याप्ने, स्वासप्रस्वासमा समस्यालगायतका लक्षण देखिन बताउँदै संक्रमणको शंका लाग्ना साथ परीक्षण गर्न आग्रह गरे ।