संकटलाई गम्भीरतापूर्वक नलिनु जनमतको अनादर : पूर्वराजा शाह

 न्यूज विराट
संकटलाई गम्भीरतापूर्वक नलिनु जनमतको अनादर : पूर्वराजा शाह

पूर्वराजा ज्ञानेन्द्र शाहले जनभावनामा सरकार गम्भीर नभएको आरोप लगाएका छन् । सामाजिक सञ्जाल ट्विटरमा निकै सक्रिय देखिएका शाहले सरकारले दैनिकी चलाउन नसकेर गाउँ फर्किन लागेकाे लस्करलाई उचित व्यवस्थापन गर्न नसकेको आरोप लगाएका हुन् ।

‘दैनिक जिविका चलाउन नसकेर शहर छाडी आफ्नो घरआँगन पुग्न लागेको निरीह जनलस्करलाई सरकारले यथाशीघ्र उचित व्यवस्थापन गर्न असफल भएको देखिन्छ’ उनले ट्वीटमा भनेका छन् ।

साथै, उनले प्रहरी प्रशासन पनि संवेदनशील घडीमा सहयोगी बन्न नसकेको बताएका छन् । प्रहरीबाटै स्वास्थ्यकर्मी कुटिएपछि विरोध भइरहेका बेला पूर्वराजा शाहले संकट र संवेदनाको क्षणमा प्रहरी प्रशासनको सहयोगी भावमा पनि कमी देखिएको भन्दै आलोचना गरेका हुन् ।

‘संकट र संवेदनाको क्षणमा प्रहरी प्रशासनको सहयोगी भावमा पनि कमी आउँदै छ । शासक वर्गले यस क्षणलाई गम्भीरतापूर्वक नलिनु जनमतको अनादर गर्नुसरह हो,’ उनले भने ।

सम्बन्धित समाचार

टि– २० रंगेली प्रिमियर लिग पुसको पहिलो साताबाट हुने

विराटनगर । प्रथम संस्करणको टि– २० रंगेली प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने भएको छ । खेलकुद विकास समिति रंगेलीको आयोजनामा पुस ८ गतेदेखि क्रिकेट प्रतियोगिता हुने भएको हो । आयोजकले रंगेलीमा शनिबार पत्रकार सम्मेलन गरी...

वीपी प्रतिष्ठानमा उपचाररत २ कोरोना संक्रमितको मृत्यु

विराटनगर, भदौ १२-वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत कोरोना संक्रमित २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा कमल गाउँपालिका-३ निवासी ८३ वर्षीय पुरुष र मोरङको बेलबारी नगरपालिका-५ निवासी ५६ वर्षीया महिला हुन् ।...

धनुषाको धनुषाधाम नगरपालिकाको मेयरमा कांग्रेसका मण्डल निर्वाचित

धनुषाको धनुषाधाम नगरपालिकाको मेयरमा कांग्रेसका बालेश्वर मण्डल निर्वाचित भएका छन् । एमालेका योगकुमार यादवलाई पराजित गर्दै कांग्रेसका बालेश्वर मेयरमा निर्वाचित भएका हुन् । मेयरमा निर्वाचित कांग्रेका बालेश्वरले ४ हजार ७१८ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका यादवले...

नेपाली भूमि फिर्ता ल्याउन भारतसँग वार्ता गर्नुपर्छः नेता कोइराला

मोरङ, २९ जेठ-नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाली भूमि फिर्ता लिन भारतसँग वार्ता गर्नुपर्ने बताएका छन् । पार्टी नेतृ शैलजा आचार्यको ११ औँ स्मृति दिवसका अवसरमा आज विराटनगरमा आयोजित कार्यक्रममा उनले लिपुुलेक, कालापानी...

दाहसंस्कार गरिसकेका वृद्धमा कोरोना संक्रमण पुष्टि

सिराहा, ६ भदौ-मृत्युपछि दाहसंस्कार गरिसकेका सिरहाका एक वृद्धमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३ दिनअघि गत ३ भदौमा मृत्यु भएका मिर्चैया नगरपालिका­४ निवासी ६८ वर्षीय वृद्धमा आज कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य...

छठ हेर्न गएका किशोरमाथि छुरा प्रहार गरी हत्या

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–७ मावा खोलानजिक छुरा प्रहार गरेर एक किशोरको हत्या गरिएको छ । झापाको दमक नगरपालिका–१० आमबाडी बस्ने धनबहादुर श्रेष्ठका छोरा १४ वर्षीय दियुस श्रेष्ठको आइतबार राती छुरा प्रहार गरी हत्या गरिएको...

नेपालमा थप १ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ हजार ४०१ पुग्यो

काठमाडौं, जेठ १७-नेपालमा थप १ सय ८९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले नेपालमा थप १ सय ८५ जना पुरुष...

प्रेमिबाटै मोरङको पथरीमा ज्ञानमतिको हत्या, आरोपि सार्वजानिक

विराटनगर । मोरङको पथरीशनिश्चरे – ७ लामा टोलीस्थित शौचालय गएकी १५ वर्षीया ज्ञानमति थुलुङ राईको हत्या आरोपमा पक्राउ परेका एक जना अभियुक्तलाई प्रहरीले सार्वजानिक गरेको छ । राईको हत्या आरोपमा प्रहरीले बाराको जितपुर सिमरा उपमहानगरपालिका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्