ललितपुर, ४ वैशाखगोदावरी नगरपालिकाले सुत्केरी मसला स्वरुप गुँदपाक तरण गरेको छ । कोभिड–१९ का कारण हाल मुलुक बन्दाबन्दी परेका बेला सुत्केरीलाई तागत पुर्याउन नगरपालिकाले गुँदपाक वितरण गरेको हो ।
गोदावरीमा प्रतिसुत्केरी आधा किलो गुँदपाकसहित अन्य राहत सामग्री पनि वितरण गरिएको नगरपालिका उपप्रमुख मुना अधिकारीले बताइन् । बन्दाबन्दीका बेला दूधेबालकको आमाकाे शरीरमा तागत चाहिन्छ भनेर यस कामलाई अघि बढाइएको अधिकारीले जानकारी दिइन् । नगरपालिकाबाट ५ सय ५३ महिलाले सुत्केरी मसलाका रूपमा गुँदपाक लिइसकेको प्रवक्ता मिलन सिलवालले बताए ।
गोदावरीले २ जनाको परिवार, २ भन्दा माथिको परिवार र ४ जनामाथिको परिवारलाई प्रतिपरिवार क्रमशः ५, १० र १५ किलो चामल, आधा, एक र डेढ लिटर तेल र चिउरा, १ पोका नुन तथा २ वटा साबुन वितरण गरिरहेको सिलवालले बताए । गोदावरीमा करिब १० हजार व्यक्ति तथा परिवारलाई राहत वितरण गरिने बताइएको छ । रासस