मदिरा उत्पादनका लागि खाद्यान्न बिक्री गर्न रोक

 न्यूज विराट
मदिरा उत्पादनका लागि खाद्यान्न बिक्री गर्न रोक

पाँचथर, ४ बैशाख-पाँचथरको मिक्लाजुङ गाउँपालिकाले मदिराजन्य पदार्थ उत्पादन गर्ने व्यक्तिलाई खाद्यान्न बिक्री नगर्न व्यवसायी तथा स्थानीयवासीलाई आग्रह गरेको छ ।

लकडाउन लम्बिँदै जाँदा खाद्यान्न अभाव हुन सक्ने भएकाले गाउँपालिकाले मदिराजन्य सामग्री उत्पादन गर्ने उद्देश्यसहित हुने खाद्यान्न खरीदबिक्रीमा रोक लगाएको हो ।

गाउँपालिकाले मदिरा उत्पादन गर्ने व्यक्ति, समूह वा व्यवसायीलाई खाद्यान्न बिक्री नगर्न स्थानीय व्यवसायीलाई आग्रह गरेको छ । गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै खाद्यान्नको प्रयोग गरी मदिराजन्य पदार्थको उत्पादन गर्न पूर्ण रुपमा बन्देज गरेको छ ।

गाउँपालिकाको निर्देशन पालना नभए कानूनी कारवाही गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरुण राईले बताए । सो गाउँपालिकाले धान, मकै, कोदोलगायत स्थानीय खाद्य उत्पादन विक्री वितरण नगर्न समेत स्थानीयवासीलाई आग्रह गरेको छ । रासस

सम्बन्धित समाचार

मातृभूमिप्रति समर्पित हुदै गीतको विश्व लोकर्पण

मोरङ,११ असार-विदेशमा बसोवास गरेपनि मातृभूमि तथा जन्मभूमिप्रति समर्पित रहदै गीतमार्फत विराटनगरको महिमा वर्णन गर्दै आज एक यहाँ एक नेपाली गीतको विश्व लोकर्पण गरिएको छ। वेल्जियममा वसोबास गर्ने नेपाली चलचित्रका नायक धीरज सापकोटा र अनमोल मुरारी(पौडेल)द्वारा...

बक्राहा नदीले बगाएर महिलाको मृत्यु

विराटनगर, असार १२–मोरङको रतुवामाई नगरपालिका–५ गोबिन्दपुरकी ५५ बर्षीया माया देवी शाहको बक्राहा नदीले बगाएर मृत्यु भएको छ । बिहिवार अपरान्ह बक्राहा नदी नजिकै चौपाया चराईरहेकी शाह अचानक नदीले बताएर वेपत्ता भएकी थिइन् । नदीले बगाएर...

विराटनगरमा मोटर साइकलको ठक्करबाट एक जनाको मृत्यु

विराटनगर, २ असोज । विराटनगरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर–११ का ६० वर्षीय रामलखन साह रहेका छन् । शुक्रबार राति विराटनगरस्थित बि एफएम नजिकै उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश...

युरोपको एक मात्र देश, जहाँ छैन कोरोना भाइरसको डर

एजेन्सी चैत १४-पछिल्ला केही सातादेखि युरोप कोरोना भाइरसको महामारीको केन्द्र बनेको छ । केही देशमा सरकारले नागरिकलाई घरभित्रै बस्न भनिरहेको छ र देश नै लकडाउन गरिएको छ । भाइरस फैलिन नदिन प्रतिबन्धहरू लगाइएको छ ।...

मनमोहन प्राविधिक विश्वविद्यालयमा वातावरणीय प्रभावबारे छलफल

विराटनगर, ४ पुस-मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित मनमोहन प्राविधिक विश्वविद्यालय बनेपछि त्यसको त्यसले पार्ने वातावरणीय प्रभाव मुल्यांकन (ईआइए) का लागि छलफल सुरु भएको छ । विश्वविद्यालय निर्माण सम्पन्न हुँदा पर्ने सकारात्मक र नकारात्मक प्रभाव मुल्यांकनका विषयमा...

आज थप ५७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९१ पुग्यो

काठमाडौं, ३० वैशाख-आज नेपालमा थप ५७ जनामा कोरोना पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ५७ जनामा कोरोना पुष्टि भएको हो ।

नाट्यकला परिषदमा डोमी कामत

विराटरनगर । स्थानीय स्तरमा सवै भाषा भाषिका कविहरु बिच आपसी भाईचारको माध्यमले कला संस्कृतिलाई जर्गेना गर्ने विराट मैथिल नाट्य कला परिषदको अध्यक्षमा डोमी कामत चयन भएका छन् ।पूर्व निर्धारित कार्यक्रम मासिक काब्य गोष्ठीको अवसरमा आयोजना...

एउटा घरमा आगो लगाएर अर्के घरमा चोरी

विराटनगर, ३० माघ । धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ तेलियामा अज्ञात समूहले एक घरमा आगो लगाइ अर्को घरमा चोरीको गरेको छ । बिहीबार राती अज्ञात समूहले स्थानीय बीरबहादुर विश्कर्माको घरमा आगो लगाई उनको छिमेकी कृष्ण विशङ्खेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्