जनकपुर, ४ वैशाख-प्रदेश–२ का ८ वटै जिल्लामा र्यापीड डायग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट बुधबारसम्म ४ सय १९ जनाको परीक्षण गरिएको छ । कोरोना भाइरस संक्रमणको पहिचानका लागि गरिएको आरडीटी टेस्ट अन्तर्गत धनुषाको १८ वटा स्थानीय तहमध्ये गणेशमान चारनाथ नगरपालिकामा ९ जनाको मात्र आरडीटी टेस्ट गरिएको छ भने महोत्तरीको औरही नगरपालिकामा ११ र बलवा नगरपालिकामा १५ गरी २६ जनाको र्यापीड टेस्ट सम्पन्न भएको छ ।
सर्लाहीको चन्द्रनगर गाउँपालिकामा ५०, हरिपुर नगरपालिकामा २ र कोडैना नगरपालिकामा ५ गरी कुल ५७ जनाको र्या्िपड टेस्ट किट मार्फत परिक्षण गरिएको छ । प्रदेश–२ मा सबैभन्दा बढी रौतहटमा १ सय ६९ जनाको र्यापीड टेस्ट किट मार्फत् जाँच गरिएको छ ।