सनसिटीका एकै परिवारका २ जनामा कोरोना देखिँदा १ जनामा भने दोस्रो पटक पनि नेगेटिभ

 न्यूज विराट
सनसिटीका एकै परिवारका २ जनामा कोरोना देखिँदा १ जनामा भने दोस्रो पटक पनि नेगेटिभ

काठमाडौं, ३ वैशाख-काठमाडौंको पेप्सीकोला टाउनप्लालिङमा रहेको सनसिटी अपार्टमेन्टमा गरिएका र्‍यापिड टेस्टमा २९८ जनामा नेगेटिभ रिपोर्ट आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मलेनमा सनसिटीमा गरिएको र्‍यापिड टेस्टमा २९८ जनाको नेगेटिभ रिपोर्ट आएको प्रवक्ता विकास देवकोटाले बताएका हुन् । संक्रमित बस्दै आएको ‘ए’ ब्लकमा गरिएको टेस्टमा सबैको नमुना नेगेटिभ आएको हो ।

उनले संक्रमित आरडिटी टेस्टमा ३ जनामा पोजेटिभ देखिए पनि पिसिआर विधिमा २ जनामा मात्रै पोजेटिभ देखिएको उनले बताए । अर्का व्यक्तिको पुन: परीक्षणमा पनि पोजेटिभ नदेखिएको उनको भनाइ छ । त्यस्तै, उनीहरूको सम्पर्कमा आएका सहयोगीहरूको पनि आरडीटी नेगेटिभ आएपछि पिसिआर विधिबाट परीक्षण गर्न लागिएको उनले बताए ।

गत चैत ८ गते सनसिटी अपार्टमेन्ट वेलफेयर सोसाइटीको चुनावमा संक्रमित परिवारका एक सदस्यले सहभागिता जनाएकाले अपार्टमेन्टमा रहेका सबैको परीक्षण थालिएको थियो । सनसिटी अपार्टमेन्टमा रहेका ५ वटा ब्लकमा ५ सय परिवारका करिब १ हजार ५ सय जना बस्दै आएका छन् ।

सम्बन्धित समाचार

संखुवासभा सामूहिक हत्याकाण्ड : अर्का एकजना पनि पक्राउ

विराटनगर, ३१ भदौ । संखुवासभा सामूहिक हत्या प्रकरणमा थप एक जना पक्राउ परेका छन् । यसअघि मुख्य आरोपीका रुपमा सार्वजनिक गरिएका २५ वर्षीय लोकबहादुरका भाइ नरेशलाई पनि नियन्त्रणमा लिइएको प्रदेश १ प्रहरी प्रमुख अरुण विसीले...

देशभर एकै दिन थपिए १ हजार ४५४ संक्रमित

काठमाडौं, २६ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ४ सय ५४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका...

लागुऔषध सहित १ जना पक्राउ

विराटनगर, ६ फागुन । मोरङ बेलबारी ११ का ४३ बर्षीय प्रकाश बस्नेत लागुऔषध सहित पक्राउ परेका छन् । आज दिउसो १ बजे बिराटनगर १६ स्थितबाट उनलाई लुपिजेसिक १४ एम्पुल, डाईजापाम १४ एम्पुल, एभिल १४ एम्पुल,...

कोरोना सचेतना शन्देशबारे गलत प्रचार गरेको भन्दै पत्रकार संगठनहरुको आपत्ती

विराटनगर, जेठ २०–कोरोना भाइरसको महामारीको कारण संकटमा रहेका सञ्चार माध्यमलाई प्रदेश सरकारले दिएको कोरोना सचेतना सन्देशको बारेमा गलत प्रचार भएको भन्दै नेपाल पत्रकार महासंघसहित पत्रकारका संगठनहरुले आपत्ती जनाएका छन् । स्वरोजगारमूलक सञ्चार माध्यमलाई प्रदेश सरकारले...

शंख फुकेर कोरोनाविरुद्धको संघर्षमा सीके राउतको ऐक्यबद्धता

जनकपुरधाम, २ वैशाख-कोरोना भाइरसविरुद्धको संघर्षमा ऐक्यबद्धता प्रदर्शन गर्न भन्दै जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आज शंख बजाएका छन् । उनले जनकपुरधामस्थित आफ्नै निवासमा शंख र घण्टी बजाएका छन् । शंख र घण्टी बजाएको दृश्य...

राष्ट्रिय टी–२० क्रिकेटको उपाधि आर्मीलाई

विराटनगर । प्रथम कोशी प्रदेश टी–२० क्रिकेट प्रतियोगिताकोे उपाधि विभागीय टिम त्रिभुवन आर्मी क्लबले जितेको छ ।आर्मीले शनिबार भएको फाइनल खेलमा कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गर्दै उक्त उपाधि जितेको हो । उपाधीसँगै आर्मीले नगद...

मोरङमा ४१ सहित प्रदेश १ मा ८५ संक्रमित थपिए

विराटनगर, ९ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४१, सुनसरीमा २५, झापामा १२, ताप्लेजुङमा एक र प्रदेश १ बाहिरका छ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ...

१४ अर्बको लगानीमा केशलिया करिडोर निर्माण हुँदै

विराटनगर । केन्द्र र प्रदेश सरकारले बजेट विनियोजन गरेसँगै केशलिया व्युटिफिकेसन सहित कोरिडोर निर्माण कार्यको सुरुवात भएको छ । मंगलबार विराटनगरमा आयोजित बुढी तथा केशलिया नदी कोरिडोर तथा संरक्षण योजनाका संर्दभमा छलफल तथा अभिमुखीकरण कार्यक्रममा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्