महोत्तरीमा नीलगाई मृतावस्थामा फेला

 न्यूज विराट
महोत्तरीमा नीलगाई मृतावस्थामा फेला

महोत्तरी, ३ बैशख-महोत्तरीको गौशाला नगरपालिकामा जङ्गली जनावर नीलगाई मृतावस्थामा फेला परेको छ ।जिल्ला वन कार्यालयका अनुसार गौशाला नगरपालिका—१ स्थित एभरेष्ट चिनी मिलमा नीलगाई मृतावस्थामा फेला परेको हो ।

वनमा डढेलो लागेका कारण वनबाट भागेर चिनी मिलमा लुकेर बसेको नीलगाई सोही चिनी मिलमा मृतावस्थामा फेला परेको जिल्ला वन कार्यालयका प्रमुख हेमन्त साहले बताए । अहिले दैनिक रुपमा वनमा डढेलो लाग्ने गरेकाले आगोको डरले वन्यजन्तुहरु वन छाडेर गाउँवस्तीतिर पस्ने गरेका छन् ।

सोही क्रममा १ वैशाखमा चिनीमिलमा पसेर फँसेको नीलगाई मृत फेला परेको प्रमुख साहले बताए । नीलगाई चिनी मिलमा फँसेको जानकारी पाएपछि स्थानीयवासीको सहयोगमा जिल्ला वन कार्यालयबाट उद्धारका लागि पुगेका टोलीले सो नीलगाई मृतावस्थामा फेला पारेको उनले जानकारी दिए । रासस

सम्बन्धित समाचार

‘कालापानीसँगै भारतले मिचेका सबै भूमि फिर्ता ल्याउन पहल गरियाेस्’ 

काठमाडाैं, १२ असार-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी सदस्यहरूले भारतसँगको सीमा विवाद समाधानका लागि प्रभावकारी पहल गर्न पार्टी र सरकारको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार सुरू स्थायी कमिटी बैठकमा सदस्यहरूले भारतले अतिक्रमण...

पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा पुग्यो नेपाल

काठमाडौं, असोज २७ । नेपाल साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । साफको इतिहासमा बुधबार पहिलो पल्ट नेपालले फाइनल यात्रा तय गरेको हो । नेपाललाई फाइनल पुग्न एक अंक चाहिएकोमा बंगलादेशलाई राउन्ड रोबिनको आफ्नो अन्तिम खेलमा १–१...

अध्यादेशका बारेमा पार्टीलाई केही जानकारी छैनः खनाल

नेकपा वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राजनीतिक दलसम्बन्धी अध्यादेशका बारेमा पार्टीलाई केही जानकारी नभएको बताएका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकमा पार्टी फुटाउन सहज हुने गरी संसदीय दल वा केन्द्रीय समितमा ४० प्रतिशत सदस्य पुगे...

कृष्णदासको थुनछेक बहस आज सकिएन

विराटनगर, पुस १३–अनुयायी बलात्कारको अभियोग लागेका कृष्णबहादुर गिरी उपरको थुनछेक बहस भोलिलाई सारिएको छ । आज कार्यालय समय सम्म थुनछेक वहस नसकिएपछि गिरीलाई लगाइएको अभियोग उपरको थुनछेक भोली सम्मकालागि सारिएको सुनसरी जिल्ला अदालतले जनाएको छ...

सडकमा पैसा फालेर भागेका २ महिला पक्राउ

जनकपुरधाम उपमहानगरपालिका-५ महावीर चौकको सडकमा पैसा फालेर भागेकी २ महिलालाई धनुषा प्रहरीले शनिबार पक्राउ गरेको छ । प्रहरीले सीसीटीभी फुटेजको आधारमा शनिबार जनकपुरधामको जानकी नगरबाट पक्राउ गरेको हो । पक्राउ परेका दुवै जना जनकपुरधाम उपमहानगरपालिका-७...

दुई तिहाइको बेलुन फुटिसक्यो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको दुई तिहाइको बेलुन फुटिसकेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले सच्चिने छाँट नदेखाएको बताए ।अहिलेसम्म राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्न नसकेको...

६८ फर्मको जरिमाना ४० लाख रुपैयाँ

काठमाडौं,  १७ भदौ-वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनबाट ४० लाख रुपैयाँ राजश्व संकलन गरेको छ । विभागले १ भदौदेखि १५ गतेसम्म बजार अनुगमनका क्रममा अनैतिक क्रियाकलाप गर्ने पसललाई कारावाहीस्वरुप जरिमाना गर्दा १५...

प्रहरी र सशस्त्र प्रहरीको एकीकृत अनुगमन र मूल्यांकन विधि बनाउँदै गृह मन्त्रालय

काठमाडौं, २४ माघ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको एकीकृत अनुगमन तथा मूल्यांकन कार्यढाँचा बनाउने तयारी गरेको छ । मातहतका दुवै सुरक्षा निकायको एकीकृत अनुगमनले सुरक्षा निकायहरूको कार्यसम्पादनमा प्रभावकारिता वृद्धि हुने भन्दै एकीकृत...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्