काभ्रेपलाञ्चोकको ‘क्वारेन्टाइन’ खाली

 न्यूज विराट
काभ्रेपलाञ्चोकको ‘क्वारेन्टाइन’ खाली

काभ्रेपलाञ्चोक, ३ बैशाख-कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथामका लागि काभ्रेपलाञ्चोकमा स्थापना गरिएका सबै ‘क्वारेन्टाइन’ अहिले खाली अवस्थामा रहेका छन् ।

काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमा स्थापना गरिएको सबै क्वारेन्टाइन विगत एक हप्तादेखि खाली अवस्थामा रहेका हुन् । कोरोना भाइरस सङ्क्रमण न्यूनीरकण तथा रोकथामका लागि यहाँका स्थानीय तहमा स्थापना गरिएका सबै क्वारेन्टाइन अहिले खाली अवस्थामा रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्र झाले बताए ।

उनका अनुसार विदेशबाट हालसम्म काभ्रेपलाञ्चोकमा घर फर्किएका मण्डनदेउपुर नपाका ८ जनाबाहेक सबैलाई एकान्तबास (होम क्वारेन्टाइन)मा नै राखिएको छ । घर फर्केका सबैको प्रारम्भिक स्वास्थ्य परीक्षण गरी एकान्तबास मै बसाइएको हो ।

स्थानीय तहले हालसम्म २ सय ८८ शय्याको क्वारेन्टाइन स्थापना गरेका छन् । तीमध्ये धुलिखेलमा ६५, बनेपामा ५०, पनौतीमा १०, नमोबुद्धमा १८ र पाँचखाल नगरपालिकामा ११ शय्या तथा रोशी गाउँपालिकामा १०, महाभारतमा ३५, भुम्लुमा ३०, बेथानचोकमा १०, तेमालमा ४ र खानीखोला गाउँपालिकामा १५ शय्याको क्वारेन्टाइन निर्माण गरिएको छ ।

धुलिखेल अस्पतालमा ८ र बनेपास्थित शिरमेमारियल अस्पतालमा ५ शय्याको आइसोलेसन कक्षको पनि निर्माण भएको छ । काभ्रेपलाञ्चोकमा ६ नगरपालिका र ७ गाउँपालिका छन् ।

कार्यालयका अनुसार माघ महिनायता ४ सय ५१ जना विदेशबाट घर फर्किएको तथ्याङ्क छ । तीमध्ये चैत महिनामा मात्रै २ सय ५१ जना विदेशबाट घर फर्किएको पाइएको छ ।

घर फर्किएकाको स्थानीय तहको समन्वयमा ¥यापिड डायग्नोष्टिक टेष्ट ९आरडीटी० भइरहेको बताइएको छ । विदेशबाट घर फर्किएकामध्ये हालसम्म १ सय ८९ को आरडीटी भएको छ ।

यसैबीच, परीक्षणका क्रममा मङ्गलबार दुई युवामा कोरोना भाइरस सङ्क्रमणको शङ्का देखिएकाले दुबै जनालाई धुलिखेल अस्पतालस्थित आइसोलेशन कक्षमा राखिएको डा. झाले बताए ।

कारोना भाइरसको शङ्कामा आइसोलेशनमा राखिएका बेथानचोक गाउँपालिका–५ का २८ वर्षीय युवा ९ चैतमा घर फर्किएका थिए ।७ चैतमा गते दुवईबाट घर फर्किएका मण्डनदेउपुरका अर्का २३ वर्षीय युवा नगरको होम क्वारेन्टाइनमा बसेर घर फर्किएका हुन् । रासस

सम्बन्धित समाचार

उद्धार र राहतसम्बन्धी मापदण्ड संशोधन, विपदमा परी मृत्यु भए २ लाख राहत

काठमाडौं, ७ साउन-सरकारले प्रकोप पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड संशोधन गरेको छ । ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले प्रकोप पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड-२०६४ लाई संशोधन गरी विपद् पीडित उद्धार र राहतसबन्धी मापदण्ड २०७७ स्वीकृत...

कोरोनाबाट पर्साका २ जनाको मृत्यु

काठमाडौं, २१ साउन-नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सामा थप २ जनाको कोरोनाका कारण मृत्यु भएको हो । मन्त्रालय प्रवक्ता डा. जागेश्वर गोतमका अनुसार...

इँटाभट्टामा जिउँदै जलाउने घटनाका अभियुक्त पूर्वमन्त्री आलमलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

बम तथा विस्फोटक पदार्थ प्रयोग गरेर मानिस मारेको आरोप लागेर पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मोहम्मद अफताव आलमलाई थुनामुक्त गराउन सर्वोच्च अदालतले अस्वीकार गरेको छ । सुष्मालता माथेमा र नहकुल...

विकास निर्माणको वातावरण मिलाउन महासङ्घको आग्रह

नेपाल निर्माण व्यवसायी महासङ्घले लकडाउनको समयमा सुरक्षा अपनाएर विकास निर्माणका काम गर्ने वातावरण मिलाउन सरकारलाई आग्रह गरेको छ । लकडाउनका कारण विकास निर्माण कार्य ठप्प हुन पुगेकाले यसका लागि चाहिने सम्पूर्ण सामग्री आपूर्ति भएका निर्माण...

टि –२० क्रिकेट प्रतियोगितामा कर्णाली र लुम्बिनी प्रदेश विजयी

विराटनगर । राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा कर्णाली र लुम्बिनी विजयी भएका छन् । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा शनिबार भएको पहिलो खेलमा कर्णाली प्रदेशले विभागिय टोली एपिएफ क्लवलाई ५१ रनले पराजित गरेको छ । जितसँगै कर्णाली...

काठमाडौं थप ४ पसललाई जरिमाना

काठमाडौं, २५ वैशाख-दोहोरो बिल जारी गरेवापत आज २ बिक्रेतालाई कारवाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नियमित बजार अनुगमनका क्रममा खाद्य पदार्थलाई बढी मूल्यमा बिक्री वितरण गरेको र दोहोरो बिल जारी गरेको भेटिएपछि...

मास्कमा बढी मूल्य असुल्ने फार्मेसीलाई २ लाख जरिमाना

काठमाडौं, १३ वैशाख-विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसलाई न्यूनीकरण गर्नका लागि सरकारले लागू गरेको लकडाउनका बेला बढी मूल्य लिएर सामान बेचेको गुनासो बढेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनलाई तीव्रता दिएको छ । अनुगमनका...

एमसिसी नेपालको हितमा छ :अध्यक्ष थापा

काठमाडौं, फागुन ६–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संयुक्त राज्य अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) आयोजना नेपालको हितमा रहेको बताएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश नं ५ ले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्